कृष्ण केसी, नारायणगढ ।
अखिल नेपाल जनजाति सम्मेलन चितवनको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
सम्मेलनका केन्द्रीय सदस्य जितबहादुर थापाको प्रमुख आतिथ्यमा २०८३ साउन २४ गते आइतबार सो कार्यक्रम सम्पन्न भएको हो ।
अधिवेशनमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गाना, अखिल नेपाल टे्रड युनियन महासङ्घका (अन्टुक) का केन्द्रीय सदस्य डम्मर केसी र रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय उपााध्यक्ष मोहराज चालिसेको आतिथ्य रहेको थियो ।
त्यस्तै अधिवेशनमा राजमो नेतृ देवी शर्मा, राजमो चितवनका अध्यक्ष अमरबहादुर क्षेत्री, नेकपा (मसाल) चितवनका प्रवक्ता भविश्वर शर्मा, रक्तिमका जिल्ला अध्यक्ष कृष्ण केसी, जातीय समता समाज नवलपुरका नेता गोविन्द विक, अखिल नेपाल बुद्धिजीवी सङ्घ चितवनका सदस्य यादवविलास पन्थ, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घ चितवनका गङ्गा शर्मा, राजमोका विष्ण्ॉ पौडेल र अखिल नेपाल महिला सङ्घकी पुष्पा थापाको पनि आतिथ्य रहेको थियो ।
सूर्य थापाको सञ्चालन तथा लालबहादुर थापाको अध्यक्षतामा अगाडि बढेको उक्त कार्यक्रममा जनजाति सम्मेलनका केन्द्रीय सल्लाहकार मीनबहादुर रानामगर र पार्षद पुष्पा रानामगरको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो ।
कार्यक्रममा सहभागीलाई खगी थापामगरले उपस्थित सहभागीलाई स्वागत गर्नुभएको थियो ।
अधिवेशनले लाबहादुर थापा अध्यक्ष रहनुभएको सात पूर्ण र दुई वैकल्पिक सदस्यसहित नौ सदस्यीय जनजाति सम्मेलनको जिल्ला समिति गठन गरेको छ
समितिको उपाध्यक्षमा हीरा थापा, सचिवमा पदमबहादुर थापा, कोषाध्यक्षमा सूर्यबहादुर थापा, सदस्यमा जङ्गबहादुर थापा, जितबहादुर थापा रहनुभएको थियो ।
समितिमा एक पूर्ण सदस्य र दुई जना वैकल्पिक सदस्यको स्थान हाललाई रिक्त राखिएको आयोजकले जानकारी दिएको छ ।
नवनिर्वाचत अध्यक्ष थापाले शपथ ग्रहण गर्नुभएको उक्त अधिवेशनमा समितिलाई राजमो केन्द्रीय सदस्य डममर पुरीले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।
अधिवेशनमा रक्तिमका कलाकारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।


