• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, साउन १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

राजमोको बाइसौँ पार्टीस्कुलमा डा. सुमन्त बन्जाडेद्वारा प्रशिक्षण

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

हिन्दु राष्ट्रको पक्षमा छैनौँ, त्यसले राजसंस्था फर्काउँछ : प्रधानमन्त्री बालेन

‘स्रष्टाका आँखामा प्युठान’ विमोचन हुँदै

नेपालका आदिवासी जनजातिको अवस्था

कुवेतमा ड्रोन आक्रमणमा एक नेपालीको मृत्यु, दूतावासद्वारा दुःख व्यक्त

सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न अन्टुकको माग

भाडा नतिरेपछि सार्वजनिक पुस्तकालयसहितका ‘स्टल’ बन्द

फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

लोकप्रिय समाचार

  • १. मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

  • २. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ३. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ४. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ५. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ६. शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी

  • ७. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • ८. राज्यसत्ता

  • ९. १२ मे १९८६ को आन्दोलनमा पक्राउ परेका ९५ जनालाई सम्मान गरिने

  • १०. जनजाति मुक्ति आन्दोलन

नेपालका आदिवासी जनजातिको अवस्था


  •   शुक्रबार, साउन १५, २०८३ मा प्रकाशित
    • दीपनारायण गोले

    नेपालका आदिवासी जनजातिको अवस्था केवल सांस्कृतिक विविधताको कथा मात्र होइन, यो शोषणदमनका विरुद्ध अधिकार र सङ्घर्षको इतिहास पनि हो । हिमालदेखि तराईसम्म मेची–महाकालीसम्म फैलिएर बसेका मगर, तामाङ, गुरुङ, नेवार, थारू, लिम्बू, राई, शेर्पालगायतका सयौँ आदिवासी जनजातिले यो देशको पहिचान निर्माणमा महŒवपूर्ण योगदान दिएका छन् तर विडम्बना ! यहीँ पहिचानका बाहकलाई राज्यको मूलधारबाट लामो समयसम्म बाहिर पारिएका छन् ।

    Advertisement

    ऐतिहासिक रूपमा हेर्दा नेपालमा राज्यसत्ताको केन्द्रीकरणले आदिवासी जनजातिलाई अधिकारविहीन बनाउने काम भयो । भूमि, भाषा, शिक्षा र रोजगारीमा उनीहरूको पहुँच सीमित गरिदियो । उनीहरूको मौलिक भाषा र संस्कृतिमाथि दमन गरियो । राज्यको तर्फबाट नै “एक भाषा, एक धर्म, एक संस्कृति” को नीति लादियो । यसले जनजातिहरूको आत्मसम्मान र अस्तित्वमाथि नै गम्भीर प्रकारको चोट पुर्‍याउने काम गरिदियो ।

    आज पनि देशको अवस्था पूर्ण रूपमा परिवर्तन भएको छैन । संविधानसभाबाट लेखिएको संविधानले समावेशिता र समानताको कुरा गरे पनि व्यवहारमा विभेदको नीति जीवितै छ । शिक्षा, स्वास्थ्य, रोजगारी र राजनीतिक प्रतिनिधित्वमा आदिवासी जनजाति अझैसम्म पछाडि नै छन् । विशेष गरी दुर्गम क्षेत्रमा बसोबास गर्ने समुदाय अझ बढी उपेक्षित छन् । गरिबी, अशिक्षा र बेरोजगारीले उनीहरूको जीवन झन् कष्टकर छ तर आदिवासी जनजाति समुदाय चुप लागेर बसेका छैनन् । उनीहरू आफ्‌नो पहिचान र अधिकारका निम्ति सङ्घर्षरत छन् । विभिन्न आन्दोलन, सांस्कृतिक जागरण र राजनीतिक सहभागिताजस्ता सवालमा अग्रमोर्चामा रेहर आफ्‌नो आवाज बुलन्द गराउँदै आएका छन् र गराउने आशा पनि गर्न सकिन्छ । यो आदिवासी जनजातिको अधिकारको लागि पनि हो । यो आफ्‌नो अस्तित्वको लडाइँ पनि हो ।

    प्रश्न उठ्छ, के यो राज्यले साँच्चिकै नेपालका आदिवासी जनजातिलाई न्याय दिएको छ ? के समावेशी लोकतन्त्र आदिवासी जनजातिका लागि अनुभूति भएको छ त ? होइन, ती त केवल कागजमा सीमित छन ? के सरकारले यसलाई व्यवहारमा लागु गर्न सक्दैन ? वास्तविकता यो हो– आजको एक्काइसौँ शताब्दीसम्म पनि हाम्रो देशमा मान्छेले मान्छेलाई पशुसरहको दृष्टिकोणले हेर्ने गरिएको पाइन्छ । जबसम्म मानिसमा प्रगतिशील सामाजिक चेतनाको विकास हुँदैन; फलस्वरूप जबसम्म आदिवासी जनजातिले समान अवसर, सम्मान र अधिकार प्राप्त गर्दैनन्‌; तबसम्म साँचो अर्थमा लोकतन्त्रको अर्थ आमजनताले अनुभूति गरेको मानिँदैन ।

    यसकारण अब समय आएको छ, शोषणको जन्जिर तोड्ने, विभेदको पर्खाल भत्काउने र समानताको नयाँ युग निर्माण गर्ने । आदिवासी जनजातिको आवाजलाई दबाएर होइन, उनीहरूको अधिकार सुनिश्चित गरेर मात्रै देश शान्ति र समृद्धिको अवस्था कायम हुन सक्दछ । यस्तो स्थिति निर्माण हुनुभन्दा अगाडि नवउदारवादी संसदीय व्यवस्था भित्रबाट आदिवासी जनजातिको मुद्दालाई समाधान गर्न सकिँदैन । यसको विकल्प भनेको वर्गीय चेतनाको विकास गरी नयाँ जनवादी क्रान्तिबाट समानतामूलक समाज निर्माणको प्रयास मात्रै हो । त्यसैले आदिवासी जनजातिलाई पनि राज्यका सबै तहमा सम्मानजनक रूपमा सहभागी गराएर उत्तिकै जिम्मेवारीबोधको भावना विकास गराउन सक्नुपर्दछ ।

    सदियौँदेखि नेपालका आदिवासी जनजातिले आफ्‌नो अस्तित्व, अधिकार र पहिचानको निम्ति लड्दै आएका छन्‌ । उनीहरूको सङ्घर्षलाई अहिले पनि जोगाउनुपर्ने आवश्यकता छ । यसो गरेर मात्रै आदिवासी अधिकार र पहिचान जोगाउन सकिन्छ । त्यसका विपरीत अमेरिकी साम्राज्यवादद्वारा लादिएको भाषा र धर्मको परिणामस्वरूप नेपालका आदिवासी जनजातिको भाषा, धर्म र संस्कृति नष्ट भइरहेको छ नै, त्यो सिलसिला अझ अगाडि बढ्नेछ ।

    अहिलेसम्म नेपालको केन्द्रीकृत सामन्ती राज्यसत्ताले केही आदिवासी जनजातिका भाषा, धर्म र संस्कृति लोप गराइसकेको अवस्था छ । अन्य केही आदिवासी जनजातिको भाषा, संस्कृति जुन बाँकी छ, त्यो पनि समाप्त हुने स्थितिमा छ । त्यो बाटोलाई रोकेर सीमान्तकृत आदिवासी जनजातिको भाषा, संस्कृतिको रक्षा गर्नमा राज्यको ध्यान जानुपर्दछ ।

    नेपालका हामी आदिवासी जनजातिहरू अब सचेत भएनन् भने भोलिका दिनमा हाम्रो अस्तित्व मेटिने निश्चित छ । यसरी त हाम्रो पहिचान सधैँका लागि मर्ने निश्चित छ । अब सही अर्थमा नेपालका आदिवासी जनजातिहरू जुट्ने बेला आएको छ, उठ्ने बेला आएको छ । आफ्‌नो भाषा, धर्म, अधिकार र पहिचानको अस्तित्व जोगाउन निम्ति सबै एकजुट हुन आवश्यक छ ।

    अखिल नेपाल जनजाति सम्मेलनले सम्पूर्ण आदिवासी जनजातिको भाषा, संस्कृतिसहितको पहिचानको पक्षमा आवाज उठाउँदै आएको छ । उनीहरूलाई अरू जातिसरह मानव विकास सूचकाङ्कमा ल्याउन माग गरिरहेको छ । जनजाति सम्मेलनको यो मागलाई अझ सशक्त बनाउनुपर्दछ ।

    शुक्रबार, साउन १५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हिन्दु राष्ट्रको पक्षमा छैनौँ, त्यसले राजसंस्था फर्काउँछ : प्रधानमन्त्री बालेन
    ‘स्रष्टाका आँखामा प्युठान’ विमोचन हुँदै
    सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न अन्टुकको माग
    साम्प्रदायिक द्वन्द्वबाट सार्वभौमिकतामाथि आँच पुग्ने तीन किसान सङ्गठनको ठहर
    सिराहा र जनकपुरसम्म फैलियो अशान्ति, एक जनाको मृत्यु
    सुनसरी घटनामा सरकार नैतिक रूपमा जिम्मेवार : राष्ट्रिय जनमोर्चा

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ४.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ५.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    • ६.
      शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी

    भर्खरै

    • १.
      राजमोको बाइसौँ पार्टीस्कुलमा डा. सुमन्त बन्जाडेद्वारा प्रशिक्षण

    • २.
      नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

    • ३.
      हिन्दु राष्ट्रको पक्षमा छैनौँ, त्यसले राजसंस्था फर्काउँछ : प्रधानमन्त्री बालेन

    • ४.
      ‘स्रष्टाका आँखामा प्युठान’ विमोचन हुँदै

    • ५.
      नेपालका आदिवासी जनजातिको अवस्था

    • ६.
      कुवेतमा ड्रोन आक्रमणमा एक नेपालीको मृत्यु, दूतावासद्वारा दुःख व्यक्त

    • ७.
      सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न अन्टुकको माग

    • ८.
      भाडा नतिरेपछि सार्वजनिक पुस्तकालयसहितका ‘स्टल’ बन्द

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.