• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

सपना बोकेर उडेका युवा किन बाकसमा फर्किन्छन् ? 


  •   सोमबार, असार १५, २०८३ मा प्रकाशित
  • नवीन बस्याल

    Advertisement

    नेपालीका वैदेशिक रोजगारीको इतिहास नयाँ होइन । हिजोका दिनमा नेपाली रोजगारीका लागि भारतका विभिन्न सहर र सैनिक सेवामा जाने गर्थे । समय परिवर्तनसँगै रोजगारीका गन्तव्य पनि बदलिँदै गए । आज नेपाली युवाहरू खाडी मुलुकदेखि युरोप, अमेरिका, दक्षिण कोरिया, जापान र अस्ट्रेलियासम्म विश्वका विभिन्न कुनामा पसिना बगाइरहेका छन् । श्रम गरिरहेका छन् ।

    नेपाल सरकारले संस्थागत रूपमा वैदेशिक रोजगारीका लागि १११ देश खुला गरेको भए पनि विभिन्न माध्यम, व्यक्तिगत पहुँच, भिजिट भिसा तथा भारतको बाटो प्रयोग गरेर नेपालीहरू विश्वका १५० भन्दा बढी देशमा पुगेको अनुमान छ । यो तथ्याङ्कले नेपालीको विदेशप्रतिको आकर्षण मात्र होइन, स्वदेशमा अवसरको अभाव कति गहिरो छ भन्ने पनि देखाउँछ । देशमा उचित प्रकारको रोजगार र श्रमको मूल्य नहुनु नै नेपाली विदेश जानुपर्ने वाध्यता छ ।

    केही दिनअघि मात्र अध्ययनका लागि जापान पुगेका एक नेपाली युवाले आत्महत्या गरेको खबर सार्वजनिक भयो । यस्ता खबर अहिले नयाँजस्ता लाग्न छाडेका छन् तर प्रत्येक घटनाले एउटा परिवारको संसार उजाडिरहेको हुन्छ । कुनै आमाले आफ्‌नो सन्तान गुमाएकी हुन्छिन्‌† कुनै बुबाले आफ्‌नो बुढेसकालको सहारा गुमाएका हुन्छन्‌† कुनै श्रीमतीले आफ्‌नो जीवनसाथी गुमाएकी हुन्छिन् र कुनै बालबालिकाले आफ्‌नो भविष्यको आधार गुमाएका हुन्छन् । समाचारमा त्यो केवल एउटा सङ्ख्या हुन सक्छ तर त्यो सङ्ख्या पछाडि एउटा सिङ्गो जीवनको कथा लुकेको हुन्छ ।

    खाडी मुलुकका मरुभूमिमा ५० डिग्रीभन्दा माथिको तापक्रममा पसिना बगाउने लाखौँ नेपाली युवाका सपना विलासिता होइन । उनीहरूको सपना केवल एउटा घर बनाउने, परिवारलाई सुख दिने, छोराछोरीलाई राम्रो शिक्षा दिलाउने र आमाबुबाको अनुहारमा खुसी देख्ने मात्र हुन्छ तर विडम्बना त्त् ती सपना पूरा गर्ने सङ्घर्षकै बिच कतिपय युवाहरू दुर्घटना, रोग, मानसिक तनाव र अत्यधिक श्रमका कारण बाकसभित्र बन्द भएर स्वदेश फर्किन्छन् । यो अचेल बढ्दो क्रममा छ । यसका लागिसरकार नै जिम्मेवार छ ।

    म स्वयम् जापानमा जीवनयापन गरिरहेको एक नेपाली श्रमिक हुँ । बाहिरबाट हेर्दा जापानको जीवन निकै व्यवस्थित र आकर्षक देखिन्छ तर वास्तविकता सधैँ तस्बिरमा देखिएजस्तो हुँदैन । भाषा, संस्कृति, कामको दबाब, घरपरिवारको सम्झना र भविष्यको चिन्ताबिच धेरै नेपाली मौन सङ्घर्ष गरिरहेका छन् । कानुन बलियो भएका देशमा समेत श्रमिकले अनेक चुनौती भोगिरहेका छन् भने अन्य देशको अवस्था अझ जटिल हुन सक्छ ।

    नेपालका युवाहरू विदेशिनुको मुख्य कारण रहर होइन, बाध्यता हो । स्वदेशमै रोजगारी, उत्पादन, उद्योग र उद्यमको वातावरण सिर्जना गर्न राज्य प्रभावकारी हुन नसक्दा युवाहरू आफ्‌नो भविष्य खोज्न विदेशिन बाध्य भएका छन् । वर्षौँदेखि सरकार फेरिए† व्यवस्था फेरियो† घोषणापत्र फेरिए† भाषण फेरिए तर युवाले खोजेको अवसर भने अझै फेरिएको छैन ।

    आज नेपालको गाउँघर नियाल्ने हो भने अधिकांश घरका युवा विदेशमा छन् । गाउँका चौतारी सुनसान छन्‌† खेतबारी बाँझिँदै गएका छन्‌† वृद्ध आमाबुबा मोबाइलको घण्टी कुरेर बसिरहेका छन् । कतिपयले आफ्‌ना सन्तानलाई वर्षौंसम्म प्रत्यक्ष देख्न पाएका छैनन् । कतिपयले आफ्‌ना नातिनातिनाको आवाज फोनमै सुनेर चित्त बुझाएका छन् अनि कतिपयले भने विमानस्थलमा बाकसभित्र फर्किएको आफ्‌नै सन्तानको शव बुझ्‌नुपरेको छ ।

    देशको भविष्य केवल सडक, पुल र भवनले निर्माण हुँदैन । देशको भविष्य युवाको ऊर्जा, श्रम, सिप र सपनाले निर्माण हुन्छ तर आज त्यही ऊर्जा विदेशतिर बगिरहेको छ । रेमिट्यान्सले अर्थतन्त्र धानेको हुन सक्छ तर आफ्‌ना युवाहरू गुमाएर आएको समृद्धि कहिल्यै पूर्ण हुन सक्दैन ।

    यदि हामी अझै पनि दल, नेता र व्यक्तिको अन्धसमर्थनमै सीमित रहने हो भने परिस्थितिमा अपेक्षित सुधार आउन कठिन हुनेछ । प्रश्न गर्ने, जवाफदेहिता खोज्ने र नतिजा माग्ने संस्कार विकास नगरी समृद्ध नेपाल निर्माण गर्न सकिँदैन ।

    आज नेपाली युवाको ठुलो हिस्सा विदेशमा छरिएको छ । यदि यही अवस्था निरन्तर रहिरह्यो भने भोलिको पुस्ताले नेपालमै आफ्‌नो भविष्य देख्ने आधार क्रमशः कमजोर हुँदै जानेछ । खालि गाउँ, वृद्ध आमाबुबा, रेमिट्यान्समा आश्रित अर्थतन्त्र र विदेशतिर बगिरहेको युवाशक्ति कुनै पनि राष्ट्रका लागि गर्वको विषय हुन सक्दैन।

    सपना बोकेर आकाशमा उडेका युवाहरू बाकसमा फर्किने होइन, सफलताको कथा बोकेर आफ्‌नै देशमा सम्मानपूर्वक बाँच्न पाउने वातावरण निर्माण गर्नु राज्यको पहिलो दायित्व हो, किनकि हरेक पटक एउटा युवा बाकसभित्र फर्किंदा केवल एउटा परिवार मात्र रुँदैन, राष्ट्रले पनि आफ्‌नो भविष्यको एउटा हिस्सा गुमाइरहेको हुन्छ । यदि आज पनि हामीले यसलाई सामान्य घटना ठानेर बेवास्ता गरिरह्यौँ भने भोलि इतिहासले हामीलाई क्षमा गर्ने छैन । युवाहरू देशको वर्तमान मात्र होइनन्, भविष्य पनि हुन् । उनीहरूलाई अवसर, सुरक्षा र सम्मान दिन नसक्ने राज्यले समृद्धिको सपना देख्न त सक्छ तर त्यसलाई वास्तविकतामा बदल्न सक्दैन ।

    अब समय आएको छ, युवाहरू किन विदेशिन बाध्य छन् भन्ने प्रश्नको उत्तर खोज्ने, वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउने र स्वदेशमै सम्मानजनक अवसर सिर्जना गर्ने, किनकि देशको विकास भाषणले होइन, युवाको विश्वासले सम्भव हुन्छ । अन्ततः प्रश्न फेरि उहीँ आएर रोकिन्छ : आखिर कति युवाहरू बाकसभित्र फर्किएपछि राज्य गम्भीर बन्नेछ ? कति आमाबुबाले आफ्‌ना सन्तानको शव बुझाएपछि जिम्मेवार निकायको मन पग्लिनेछ र कति सपना अधुरा बनेपछि हामीले बुझ्‌नेछौँ कि युवा ढल्नु भनेको एउटा व्यक्ति मात्र ढल्नु होइन, देशको भविष्य ढल्नु हो ?

    सोमबार, असार १५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ३.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ५.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ६.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ७.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ८.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.