• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

आईपीएलमा चिनियाँ प्रायोजकलाई लिएर भारतमा विवाद


  •   मङ्गलबार, साउन २०, २०७७ मा प्रकाशित
  • काठमाडौं । यसपटक कोरोनाभाइरस महामारीका कारण सम्पूर्ण इण्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिता संयुक्त अरब इमिरेट्समा गर्ने गरि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले तयारी गरिरहेको छ ।

    Advertisement

    उसले विगतमा आइपीएलको प्रायोजक रहेका चिनियाँ कम्पनी यथावत रहने गरि योजना गरिरहेको छ ।

    तर केही समययता भारत र चीनबीच द्वन्द्व चर्किएको र भारतमा चिनियाँ कम्पनी बहिष्कार गर्ने माग उठिरहेका कारण अहिले त्यो विषय चर्को विवादमा परेको छ।

    चिनियाँ मोबाइल कम्पनी भिभो आईपीएलको मुख्य प्रायोजक रहँदै आएको छ ।

    जम्मू–कश्मीरका पूर्व मुख्यमन्त्री ओमर अब्दुल्लाले एकातिर देशमा चिनियाँ सामानको बहिष्कार भइरहेको र अर्कोतर्फ चिनियाँ कम्पनीलाई नै आइपीएलको प्रायोजनमा निरन्तरता दिइएको भन्दै बीसीसीआ आलोचना गरेका छन् ।

    अब्दुल्लाले ट्वीटमा लेखेका छन्, ‘बीसीसीआइ/आइपीएल सञ्चालक परिषद्ले चीनको ठूलो कम्पनीसहित सबै प्रायोजकलाई निरन्तरता दिने निर्णय गरेको छ । मलाई त ती मूर्खहरूको बारे दुस्ख लागेको छ जसले कौसीबाट टिभी फ्याँकेका थिए । तिनले यहि दिन देख्न बाँकी थियो।’

    उनले केही समय अगाडि चिनियाँ सामानको बहिष्कार गर्दै टिभी फुटाएका घटना स्मरण गर्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका हुन्।

    यसबीच विपक्षी काङ्ग्रेसले पनि यहि विषयसँग जोडेर मोदी सरकारको आत्मनिर्भर भारत अभियानप्रति आलोचना गरेको छ।

    काङ्ग्रेस प्रवक्ता रणदीप सिंह सुरजेवालाले आइपीएलमा चिनियाँ कम्पनीलाई प्रायोजक बनाइराख्नु भनेको दोहोरो मापदण्ड अपनाउनु हो भनेका छन्।

    सत्ताधारी भारतीय जनता पार्टीका पूर्व सांसद एवं दलित नेता उदित राजले पनि आलोचनात्मक ट्वीट गर्दै भनेका छन्, ‘लद्दाखमा हाम्रा २० सैनिक शहीद भएका बेला चिनियाँ मोबाइल भिभोको प्रायोजन फिर्ता हुने भनिएको थियो, भएन। ऊसँग २२०० करोड (भारु)को करार सम्झौता भएको छ। अमित शाह (गृहमन्त्री)का पुत्र बीसीसीआईका सचिव छन्।

    भारतीय जनता पार्टीसँग सम्बन्धित संघ परिवारकै हिस्सा स्वदेशी जागरण मञ्चका राष्ट्रिय सहसंयोजक अश्वनी महाजनले उक्त निर्णयको आलोचना गर्दै सारा संसारले चीनको बहिष्कार गरिरहेको तर आइपीएलले उसलाई संरक्षण गरेको टिप्पणी गरेका छन् ।

    उनले ट्वीटमा लेखेका छन्,‘आईपीएल एक व्यापार हो र यसलाई चलाउनेहरू राष्ट्र तथा उसको सुरक्षाप्रति असंवेदनशील छन्। सारा संसारले चीनको बहिष्कार गरिरहेको छ तर आइपीएलले उसलाई संरक्षण दिइरहेको छ। तिनले बुझ्नुपर्छ कि राष्ट्रभन्दा माथि केही पनि हुन सक्दैन, क्रिकेट पनि हुन सक्दैन। मानिसहरूले आइपीएलकै बहिष्कार गर्न सक्छन्।’

    के निर्णय भएको छ ?
    यही साता आइतवार बसेको आइपीएल सञ्चालक परिषद्को बैठकले भिभोलाई प्रायोजकमा निरन्तरता दियो । बीसीसीआर्इसँग भिभोको पाँच वर्षे करार सम्झौता भएको थियो जुन सन् २०२२ सम्मको निम्ति छ ।

    भिभो मोबाइल कम्पनीले करार अवधिमा बीसीसीआइलाई बर्सेनि लगभग ४४० करोड भारु तिर्छ । आईपीएलको १३ औँ संस्करण सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म संयुक्त अरब इमिरेट्सको दुबई, शारजाह तथा अबुधाबीमा खेलिनेछन् । यसका निम्ति बीसीसीआइले मोदी सरकारबाट जरुरी स्वीकृति पनि पाएको छ ।

    यसपटकको आईपीएलमा सबै टोलीहरूका निम्ति कडा स्वास्थ्य सुरक्षाका मापदण्ड लागु गरिने बताइएको छ ।

    मङ्गलबार, साउन २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.