• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

सुकुम्वासी र अव्यवस्थित बसोबासीले सङ्घर्षको कार्यक्रम घोषणा गर्नुपर्छ : पुरी


  •   बुधबार, जेठ २७, २०८३ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले सुकुम्वासी र अव्यवस्थित बसोबासीले तत्कालै सङ्घर्षको कार्यक्रम घोषणा गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

    Advertisement

    तीन किसान सङ्गठनले २०८३ जेठ २७ गते बुधबार अनामनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्दै उहाँले सो आवश्यकतामा जोड दिनुभएको हो ।

    ‘तपाईंहरूले अहिले जे गर्नुभएको छ, त्यो ठिक छ’ उहाँले भन्नुभयो– ‘अब यसको आधारमा तपाईंहरूले तत्कालै सङ्घर्षको कार्यक्रम घोषणा गर्नुपर्छ ।’

    तत्कालै कठोर कार्यक्रमको घोषणा गर्न नसकिए पनि यही अन्तरक्रिया कार्यक्रमलाई जिल्लास्तरमा पुर्‍याउनुपर्ने उहाँको सुझाव थियो ।

    उहाँले भन्नुभयो– ‘हामीले सुकुम्वासी बस्तीमा गएर तथा उनीहरूका सङ्गठनलाई सहभागी बनाएर आन्दोलनका कार्यक्रम सञ्चालन गर्नुपर्दछ ।’

    देशमा थुप्रै कम्युनिस्ट वा वामपन्थी पार्टी हुँदाहुँदै पनि सुकुम्वासी तथा अव्यवस्थित बसोबासीले समस्या व्यहोर्नुपरेको सन्दर्भमा उहाँले मुख्यत: साङ्गठनिक कमजोरीकै कारण त्यसो गर्न नसकिएको बताउनुभयो ।

    सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको पक्षमा सङ्घर्ष गर्न तीन राजनीतिक दलमाझ कुनै समस्या नरहेको उहाँको भनाइ थियो ।

    अर्कोतर्फ सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई ‘यिनीहरू हाम्रा भोटर होइनन्’ भन्ने मनोवृत्तिकै कारण अहिलेसम्म उनीहरूको पक्षमा सशक्त आन्दोलन उठ्न नसकेको उहाँको विचार थियो ।

    जेनजी आन्दोलनबाट साङ्गठनिक रूपमा नेपालको कम्युनिस्ट आन्दोलनसमेत धरापमा परेको स्पष्ट पार्दै उहाँले भन्नुभयो– ‘जेनजी आन्दोलनको ठुलो असर नेपालको कम्युनिस्ट आन्दोलनमा पर्‍यो । त्यही कारणले गर्दा सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको पक्षमा कम्युनिस्टले सशक्त आन्दोलन उठाउन सकेनन् ।’

    ठुला भनिएका वामपन्थी पार्टीमा सही विचार र राजनीतिक विवेक नभएकाले सुकुम्वासीमाथि ज्यादती हुँदा आन्दोलन उठाउन नसकेको उहाँको बुझाइ थियो ।

    निष्कर्षमा उहाँले भन्नुभयो– ‘सङ्घर्ष, सङ्घर्ष र सङ्घर्षको विकल्प छैन । त्यसैले सुकुम्वासी र अव्यवस्थित बसोबासीको आन्दोलन उठाउनुको विकल्प छैन ।’

    पहिलेपहिलेका सरकार अमेरिकापरस्त रहने गरेकोमा अहिलेको सरकार अमेरिकाको दलाल भएको कठोर टिप्पणी उहाँले गर्नुभयो ।

    सरकारको यस्तो चरित्रका विरुद्ध सङ्घर्ष, आन्दोलनको विकल्प नरहेको उहाँको ठम्याइ थियो ।

    बुधबार, जेठ २७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल
    नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते
    कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा
    एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा
    ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • २.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ३.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ४.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    • ५.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    • ६.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    • ७.
      डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

    • ८.
      २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.