• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

दिल्लीको चालबाजी काठमाडौँले नबुझ्दा


  •   बिहिबार, जेठ २१, २०८३ मा प्रकाशित
  • धनविर पुनमगर

    Advertisement

    इतिहास कहिल्यै केवल बितेको समय मात्रै हुँदैन, त्यो वर्तमानको छायाँ र भविष्यको संकेत पनि हो । राष्ट्रहरूबीचको सम्बन्धमा मित्रताको मुस्कानभित्र स्वार्थका तहहरू लुकेका हुन्छन् । कूटनीतिमा उच्चारण गरिएका शब्दभन्दा मौनताले धेरै कुरा बोलिरहेको हुन्छ । यही यथार्थलाई नबुझ्दा साना राष्ट्रहरूले बारम्बार मूल्य चुकाएका छन् । नेपालको सन्दर्भमा पनि यही सत्य हो ।

    नेपाल र भारतबीचको सम्बन्ध भूगोलले मात्र जोडेको सम्बन्ध होइन । यो संस्कृति, धर्म, भाषा, व्यापार र जनजीवनको गहिरो अन्तरसम्बन्धले निर्मित सम्बन्ध पनि हो । तर सम्बन्ध जति निकट हुन्छ, प्रभावको सम्भावना पनि त्यति नै गहिरो हुन्छ । ठूला राष्ट्रहरू आफ्‌ना हित सुरक्षित गर्न विभिन्न उपाय अपनाउँछन् । त्यो उनीहरूको स्वाभाविक राज्यनीति हो । अस्वाभाविक त तब हुन्छ, जब सानो राष्ट्रले आफ्‌नो हितको रक्षा गर्न असमर्थ हुन्छ र मित्रताको आवरणभित्र लुकेको स्वार्थ पहिचान गर्न असफल हुन्छ ।

    दिल्लीले नेपाललाई हेर्ने दृष्टिकोण भावनात्मक मात्र रहेको छैन । उसको दृष्टिमा नेपाल सामरिक महत्वको भूभाग भएता पनि उत्तरतर्फ फैलिएको हिमालय र त्यसपारिको चीनसँग जोडिएको सीमारेखाले नेपाललाई दक्षिण एसियाको भू–राजनीतिक खेलमा संवेदनशील बनाएको छ । यही कारण नेपालप्रति भारतको चासो केवल छिमेकीप्रतिको सद्भाव होइन, आफ्‌नो सुरक्षा र रणनीतिक हितसँग पनि जोडिएको देखिन्छ ।

    समस्या त्यहाँ उत्पन्न हुन्छ, जहाँ काठमाडौँले दिल्लीका कदमहरूलाई केवल सद्भावको चस्माबाट हेर्न थाल्छ । अन्तर्राष्ट्रिय सम्बन्धमा स्थायी मित्र वा शत्रु हुँदैनन्, स्थायी त केवल राष्ट्रिय हित हुन्छन् । तर नेपालका वर्तमान शासक वर्गले यही आधारभूत सत्य बिर्सिएका त छैनन् ! वर्तमानमा शंका आशंका उत्पन्न भएको छ । केही दिनपहिला सांसदहरूको जवाफमा प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्तिले आम नेपाली जनतामा आशंका उत्पन्न हुनु स्वभाभिक नै बनेको छ । सत्तासिनहरूले राष्ट्रिय हितभन्दा दलगत लाभ, व्यक्तिगत सम्बन्ध वा क्षणिक राजनीतिक फाइदालाई प्राथमिकता दिएका त छैनन् ? प्रधानमन्त्रीको राष्ट्रहित विरुद्धको अभिव्यक्ति आउनु, सोही समयमा सत्तासिन पार्टीका सभापति भारत भ्रमणमा जानुले एक आपसमा के अर्थ लाग्दछ ? त्यो त परिणामले नै पुष्टि गर्दै जाला ।

    सिक्किमको इतिहास यस सन्दर्भमा एउटा गम्भीर पाठ हो । एक समय स्वतन्त्र अस्तित्व बोकेको सिक्किम क्रमशः बाह्य प्रभावको घेराभित्र पुग्यो । आन्तरिक विभाजन, कमजोर राजनीतिक नेतृत्व र बाह्य शक्तिको रणनीतिक हस्तक्षेपको संगमले अन्ततः उसको सार्वभौम अस्तित्व समाप्त भयो । इतिहासका पानाहरू पल्टाउँदा थाहा हुन्छ—कुनै राष्ट्र बाहिरबाट मात्र कमजोर हुँदैन, पहिले ऊ भित्रैबाट कमजोर बनाइन्छ । जब राष्ट्रिय एकता खण्डित हुन्छ, तब बाह्य प्रभाव निर्णायक बन्न पुग्छ । कुनै पनि राष्ट्रको स्वतन्त्रता केवल संविधानमा लेखिएको शब्द होइन, त्यो राष्ट्रिय आत्मविश्वास, राजनीतिक परिपक्वता र जनचेतनाले सुरक्षित गर्ने मूल्य हो । यदि राज्यका निर्णयहरू आफ्‌नै राजधानीभन्दा बाहिरी शक्ति केन्द्रहरूमा बढी प्रभावित हुन थाले भने स्वतन्त्रताको अर्थ क्रमशः खोक्रो बन्दै जान्छ ।

    दिल्लीको चालबाजी भन्नु कुनै षड्यन्त्रको कल्पना मात्र होइन, बरु शक्ति राजनीतिका स्वाभाविक अभ्यासहरूको संकेत पनि हो । भारत–चीनले आ–आफ्‌ना हित हेर्छन्, अमेरिका र अन्य वाह्य शक्तिहरूले पनि आ–आफ्‌नो स्वार्थ । प्रश्न दिल्लीले के गर्‍यो भन्ने होइन, प्रश्न काठमाडौँले के बुझ्यो भन्ने हो । यदि काठमाडौँले आफ्‌नो राष्ट्रिय हित स्पष्ट रूपमा परिभाषित गर्न सकेन भने बाह्य शक्तिहरूको प्रभाव स्वाभाविक रूपमा बढ्छ । गत भदौ २३ र २४ को घटना एउटा ज्वलन्त उदाहरण हो ।

    वास्तविक चिन्ताको विषय दिल्ली–वेजिङ–वाशिङ्टन होइन, काठमाडौँको कमजोरी हो । राष्ट्रिय स्वाभिमान भाषणले होइन, सक्षम राज्य संरचनाले जोगिन्छ । राजनीतिक दलहरू राष्ट्रिय मुद्दामा विभाजित हुँदा, नेतृत्व विदेशी समर्थनलाई आन्तरिक वैधताको स्रोत ठान्न थालेपछि र बौद्धिक वर्ग तत्कालीन लाभका लागि मौन बस्न थालेपछि राष्ट्रको निर्णय क्षमता कमजोर बन्छ । त्यही कमजोरी बाह्य प्रभावका लागि सबैभन्दा ठूलो मूल बाटो बन्न पुग्दछ ।

    आजको विश्वमा कूटनीति भनेको कसैसँग टाढा हुने वा कसैको विरोध गर्ने कला होइन । यो सबैसँग मित्रता कायम राख्दै आफ्‌नो हित सुरक्षित गर्ने क्षमता हो । नेपालले भारत–चीन दुबै देशहरूसँग घनिष्ठ र सन्तुलित सम्बन्ध विस्तार गर्नुपर्छ, र विश्व समुदायसँग पनि सहकार्य गर्नुपर्छ । तर यी सबै सम्बन्धहरूको केन्द्रमा नेपालको राष्ट्रिय हित हुनुपर्छ, कुनै बाह्य शक्तिको अपेक्षा होइन । इतिहासले देखाएको छ—राष्ट्रहरू बाहिरी आक्रमणभन्दा बढी आन्तरिक असावधानीका कारण संकटमा पर्छन् ।

    जब काठमाडौँ आफ्‌नो राष्ट्रिय स्वार्थप्रति स्पष्ट, नेतृत्वप्रति उत्तरदायी र कूटनीतिमा परिपक्व बन्छ, तब कसैको चालबाजीबाट उसलाई भयको विषय रहँदैन । किनकि जागरूक राष्ट्रलाई कसैले सजिलै प्रयोग गर्न सक्दैन । इतिहासको सबैभन्दा ठूलो शिक्षा यही हो—स्वतन्त्रता सीमामा तैनाथ सेनाले मात्र होइन, सचेत चेतनाले पनि रक्षा गर्छ । र त्यो चेतना निदायो भने, दिल्ली मात्र होइन, संसारका सबै शक्ति केन्द्रहरूको चालबाजी बुझ्न काठमाडौँ असफल बन्छ । राष्ट्रको सार्वभौमिकता बाह्य हस्तक्षेपले भन्दा बढी आन्तरिक कमजोरीले जोखिममा पर्छ । त्यसैले कुनै पनि राष्ट्रका लागि सबैभन्दा ठूलो सुरक्षा भनेको जागरूक नागरिक, सक्षम नेतृत्व र स्पष्ट राष्ट्रिय दृष्टि हो । वर्तमानमा सत्तामा पुगेकाहरूसँग राष्ट्रिय दृष्टिको पक्ष कमजोर त छैन ? वर्तमानमा नेपाली जनताहरू शंकामा छन् ।

    बिहिबार, जेठ २१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसपी खड्काद्वारा रास्वपा सभापतिलाई कानुनी कारबाहीको चेतावनी
    १० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा
    एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति
    वेदकालीन समाज
    मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच
    एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • २.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ३.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ४.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ५.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ६.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ७.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ८.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.