• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

नयाँ ‘र्‍यापिङ पेपर’ मा पुरानै पुँजीवाद


  •   शनिबार, जेठ ०९, २०८३ मा प्रकाशित
  • आजको राजनीतिमा एउटा अनौठो विरोधाभास देखिन्छ । जसले समाजको गहिरो आर्थिक-राजनीतिक चरित्र र वर्ग-सम्बन्धलाई बुझेर ठोस रूपान्तरणको वकालत गर्छ, उसैलाई ‘समय र परिवर्तनको गति नबुझेको’ आरोप लगाइन्छ । जो सतही नारा, क्षणिक आवेग र सस्तो लोकप्रियताको जगमा उभिएको छ, उसैले आफूलाई ‘परिवर्तनको संवाहक’ घोषणा गर्छ । यो राजनीतिक अर्थशास्त्र र द्वन्द्वात्मक भौतिकवादी चेतमाथि आजको पपुलिस्ट (लोकरिझाईं) प्रवृत्तिले गर्ने सबैभन्दा ठूलो अन्याय हो । जब म “राजनीति पेसा होइन, सेवा र निष्ठा हो” भन्छु, तब म कुनै काल्पनिक आदर्शको कुरा गरिरहेको हुन्न । बरु, म राजनीतिको त्यो आधारभूत वर्ग-चरित्रको कुरा गरिरहेको हुन्छु, जहाँ राज्यसत्ता र नीतिहरू सिमित वर्गको नाफा कमाउने र जीवन धान्ने माध्यम (पेसा) बन्नु हुँदैन, बरु आम श्रमजीवी जनताको जीवनस्तर सुधार्ने साधन (सेवा) हुनुपर्छ । तर विडम्बना, बजारमुखी उपभोक्तावादले आज राजनीतिलाई पनि एउटा ‘स्टार्टअप बिजनेस’ जस्तो बनाउन खोज्दैछ, जहाँ विचार, सिद्धान्त र त्यागको लगानी होइन, केवल ‘मार्केटिङ’ र ‘भ्यूज’ को व्यापार गरिन्छ ।

    Advertisement

    मलाई ‘समयको गति नबुझेको’ आरोप लगाउने मित्रहरूले परिवर्तनको बोक्रालाई मात्र हेरेका छन्, यसको अन्तर्यलाई बुझ्न सकेका छैनन् । प्रविधि बदलिनु, बोल्ने शैली रोमान्टिक हुनु वा सामाजिक सञ्जालमा ट्रेन्डिङ हुनु मात्रै वास्तविक परिवर्तन होइन । समाजको आर्थिक उत्पादन सम्बन्ध, साधन र स्रोतमाथिको आम जनताको पहुँच र न्यायपूर्ण वितरणको व्यवस्था बदलिनु मात्रै साँचो अर्थमा परिवर्तन हो । द्वन्द्वात्मक भौतिकवादले सिकाउँछ कि संसार निरन्तर गतिशील छ र परिवर्तन अवश्यम्भावी छ । तर, परिवर्तनका दुईवटा रूप हुन्छन्: मात्रात्मक र गुणात्मक। पपुलिस्ट राजनीतिले केवल मात्रात्मक र बाह्य रूपलाई मात्र देख्छ । उनीहरू व्यवस्थाका विकृतिविरुद्ध आक्रोश त पोख्छन्, तर त्यो विकृति पैदा गर्ने आर्थिक-सामाजिक संरचनालाई बदल्ने कुनै ठोस खाका र वैचारिक धरातल उनीहरूसँग हुँदैन । जबसम्म आर्थिक संरचनामा रूपान्तरण आउँदैन, तबसम्म पात्र र प्रविधि बदलिएर मात्रै समाज गुणात्मक रूपमा बदलिँदैन । त्यसैले, वास्तविक परिवर्तनको गति र इतिहासको नियम बुझ्ने मान्छे कहिल्यै सतही नाराको पछि लाग्दैन ।

    पपुलिस्ट राजनीतिको सबैभन्दा ठूलो कमजोरी भनेको यसको वैचारिक खडेरी र उपभोक्तावादी चरित्र हो । यसले समाजका समस्यालाई ‘लक्षण’ का रूपमा मात्र हेर्छ, यसको आर्थिक र राजनीतिक ‘कारण’ सम्म पुग्ने सामर्थ्य राख्दैन । जसरी पेनकिलरले रोग निको पार्दैन, केही समयका लागि दुखाइ मात्र कम गर्छ; पपुलिस्ट राजनीति पनि समाजको संरचनागत संकटका लागि एउटा राजनीतिक पेनकिलर मात्र हो ।

    राजनीतिक अर्थशास्त्रको विद्यार्थी हुनुको नाताले म स्पष्ट देख्न सक्छु कि पपुलिजमले जनताको जायज आक्रोश र भावनालाई भजाएर शक्ति त प्राप्त गर्छ, तर ठोस आर्थिक नीति र वैकल्पिक मार्गचित्र नहुँदा अन्ततः त्यही पुँजीवादी व्यवस्थाको सारथी र व्यवस्थापन बन्न पुग्छ, जसको विरोध गरेर ऊ सत्तामा पुगेको हुन्छ । इतिहास साक्षी छ, सिद्धान्तहीन आक्रोश र भावनाको आयु निकै छोटो हुन्छ र यसले अन्ततः जनतामा चरम निराशा मात्र पैदा गर्छ । नेपाली राजनीतिमा अब क्रमश त्यहि हुदैछ ।

    त्यसैले, जसले मेरो वैचारिक अडानलाई ‘परिवर्तनविरोधी’ को पगरी गुथाउन खोज्छन्, उनीहरू वास्तवमा ‘परिवर्तन’ र ‘भ्रम’ बीचको भिन्नता छुट्याउन नसक्ने दृष्टिभ्रमबाट ग्रसित छन् । यदि यथास्थितिवादी पुँजीवादी आर्थिक सम्बन्धलाई नै नयाँ ‘र‍्यापिङ पेपर’ मा बेरेर आधुनिकताको नाममा बेच्नु परिवर्तन हो भने, हो– म त्यस्तो नक्कली परिवर्तनको विरोधी हुँ । यदि विचार, निष्ठा र जनताप्रतिको उत्तरदायित्वलाई तिलाञ्जली दिएर राजनीतिलाई कर्पोरेट पेसा र करियर बनाउनु गतिशीलता हो भने, हो– म त्यस्तो प्रवृत्तिको विरोधी हुँ । तर, यदि श्रमजीवी जनताको अधिकार सुनिश्चित गर्नु, उत्पादनका साधनहरूमा सामाजिकीकरण गर्नु र एउटा न्यायपूर्ण, वर्गविहीन समाजको निर्माणका लागि जग बसालिनु परिवर्तन हो भने, म त्यो परिवर्तनको अग्रपंक्तिको सिपाही हुँ ।

    संसारका ठूला-ठूला क्रान्ति र युगान्तकारी परिवर्तनहरू सामाजिक सञ्जालको ‘लाइक’ र ‘भाइरल’ लहरबाट भएका होइनन्, ती विचार, सिद्धान्त र वैज्ञानिक चेतको जगमा भएका हुन् । माक्र्सवादले हामीलाई समाजलाई वस्तुपरक ढंगले हेर्न र बुझ्न सिकाउँछ, भावनात्मक उत्तेजनामा बहकिन होइन । आज मलाई आउटडेटेड देख्नेहरूले बुझुन्– विचार र सिद्धान्त कहिल्यै पुरानो हुँदैन, केवल त्यसको प्रयोगको सन्दर्भ र वस्तुगत परिस्थिति बदलिन्छ । म परिवर्तनको गति नबुझेको मान्छे होइन, बरु परिवर्तनको नाममा भइरहेको दिशाहीन दौड र सस्तो लोकरिझ्याइँको गन्तव्य कति घातक हुन्छ भन्ने कुरा राजनीतिक अर्थशास्त्रको आँखाबाट पहिले नै देख्न सक्ने सचेत नागरिक हुँ । राजनीतिलाई पेसा बनाउनेहरूको भिडमा सेवा र सिद्धान्तको राजनीति गरिरहनु नै आजको समयको सबैभन्दा ठूलो र वास्तविक क्रान्तिकारी कदम हो ।

    शनिबार, जेठ ०९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.