मोरङ, २० वैशाख । स्रोत नखुलेको रु २६ लाख ९८ हजारसहित एक भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरिएको छ ।
Advertisement
शनिबार काठमाडौँ जान लागेका अवस्थामा विराटनगर विमानस्थलबाट भारतको माल्दा जिल्ला सुजागञ्ज सिन्धा चन्चलाका ३६ वर्षीय मोहिदिल अलीलाईरु १५ लाख ९८ हजारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयकी प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले जानकारी दिनुभयो ।
त्यसअघि शुक्रबार धरान उपमहानगरपालिका–१८ का ३५ वर्षीय दिलीप तामाङलाई सोही विमानस्थलबाट स्रोत नखुलेको रु ११ लाखसहित पक्राउ गरिएको उहाँले बताउनुभयो ।
दुवै जनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।