काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवमा पुनः रमेशकुमार सिलवाल नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले सदस्य सचिवमा सिलवाल र उपाध्यक्षमा शिव कोइरालालाई नियुक्त गरेको मन्त्रिपरिषद स्रोतले जनाएको छ ।
Advertisement
यसतै, सरकारले प्रधुम्न कार्की र निरज शाहीलाई एआईजीमा बढुवा गरेको छ । मन्त्रिपरिषद बैठकले डीआईजीद्वय कार्की र शाहीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय गरेको हो ।
यस्तै, सहसचिव मधुकुमार मरासिनी सचिवमा बढुवा भएका छन् । त्यसैगरी, सरकारले रेडियो नेपालको महाप्रवन्धकमा बुद्धिबहादुर कार्कीलाई नियुक्त्त गर्ने निर्णय पनि गरेको छ ।