• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

विश्वकप लिग–२ मा शतप्रतिशत जितको खोजीमा नेपाल


  •   बिहिबार, बैशाख १०, २०८३ मा प्रकाशित
  • काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग २ मा शीर्ष छ स्थानभित्र पुग्न नेपालका केही दिनपछि हुने दुई वटा श्रृङ्खलामा पाँच खेलमा सुखद नतिजा निकाल्नुपर्ने भएको छ । युएई, ओमान र नेपालवीचको एउटा श्रृङ्खलामा चार वटा खेल र स्कटल्याण्ड, अमेरिका र नेपालबीचको अर्को श्रृङ्खलामा थप चार वटा खेल गरी कुल आठ खेलबाट नेपालले यो प्रतियोगितामा शीर्ष छ भित्र प्रवेश गर्न कम्तिमा पाँच खेल जित्नु पर्नेछ ।

    Advertisement

    जम्मा २० खेलबाट १२ अङ्क जोडेर सातौँ स्थानमा रहेको नेपालका लागि आफूभन्दा माथिल्लो तालिकामा रहेका नामिबिया र क्यानडालाई उछिन्न कम्तिमा पाचौँ खेलको जित पर्याप्त हुनेछ भने चौथो स्थानमा रहेको नेदरल्याण्ड्सलाई भेट्टाउन सबै खेलमा राम्रो स्कोरका जित आवश्यक छ । २१ अङ्क जोडेर छैटौँ स्थानमा रहेको क्यानडा, २२ अङ्कसहित पाँचौँ स्थानमा रहेको नामिबियालाई तथा २८ अङ्कसहित चौथो स्थानमा रहेको नेदरल्याण्ड्सलाई पछाडि पार्न लगातार खेल जित्नुको विकल्प रहने छैन । अघिल्लो संस्करणको जस्तो खेलको नतिजा आए शीर्ष चारसम्म पुग्न ती आठ खेल नै काफि हुन्छन् । तर सधैँ त्यही खालको नतिजा आउँछ भन्ने हुँदैन ।

    यसपटकको खेलमा नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी उपकप्तान, कुशल भूर्तेल, आशिफ शेख, भिम विश्वकर्मा, आरिफ शेख, बासिर एहेमद, गुल्सन झा, सोमपाल कामी, सन्दीप लामीछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी छन् । मुख्य प्रशिक्षक स्टुआर्ट ल हुन् भने सहायक प्रशिक्षकहरुमा कलाम अली र बसन्त शाही रहेका छन् ।

    शीर्ष तीन टिमसँग भिड्न त्यत्ति सहज छैन
    अघिल्लो संस्करणभन्दा यसपटकको आइसिसी क्रिकेट विश्वकप लिग २ नेपालका लागि फरक देखिएको छ । यही वैशाखको १२ देखि जेठको ८ गतेसम्म हुने दुई वटा फरक–फरक श्रृङ्खला नेपालका लागि त्यति सहज हुने देखिएको छैन । विश्लेषकहरुका अनुसार पछिल्लो समय नेपालको एकदिवसीय म्याचमा प्रदर्शन राम्रो देखिएको छैन । नेपाल एक दिवसीय मान्यता जोगाउनै सङ्घर्षरत रहेको छ । धेरै नयाँ खेलाडी हुनु र तयारी पनि त्यत्ति पर्याप्त नहुँदा नतिजामा प्रभाव पर्न सक्छ । अहिले ५ औँ स्थानमा रहेको नामिबियाले २८ खेल खेलिसकेको छ, नेपालले राम्रो खेल्दै उसको स्थानमा जाने सम्भावना हुन सक्छ ।

    अघिल्लो संस्करणको भन्दा अवस्था फरक छ, नेपाल ‘वान डे’ स्टाटस् जोगाउन सङ्घर्षरत छ । क्यानडा र युएईसँगका खेल हार्नु नै नेपालका लागि चुनौती थपिएको हो । शीर्ष तीन स्थानमा रहेका अमेरिका, स्कटल्याण्ड र ओमानसँग वैशाख र जेठमा खेल्दै गर्दा उनीहरुसँगको नतिजा शतप्रतिशत आउँछ भन्ने ढुक्क छैन तर अगाडि बढ्न यसमा शतप्रतिशत नतिजा नआए शीर्ष छ भित्रै अटाउन कठिन बन्न सक्छ ।

    श्रृङखला–२ मा को कसबीच प्रतिस्पर्धी
    नेपाल, ओमान र यूएईबीचको श्रृङखला यही वैशाख १२ गतेदेखि २२ गतेसम्म हुने भएको छ । यसअघि नै हुने तय भए पनि इरान र अमेरिकाबीचको तनावका कारण भएको पश्चिम एसियाको सङ्कटका कारण स्थगित भएको थियो । नेपालले वैशाख १२ गते शनिबार युएईसँग, वैशाख १६ गते बुधबार ओमानसँग, बैशाख १८ गते शुक्रबार युएईसँग र वैशाख २२ गते मङ्गलबार ओमानसँग खेल्नेछ ।

    नेपालले गत नोभेम्बर र अक्टोबरमा भएको श्रृङ्खलामा यएईसँग दुबै खेल हारेको थियो भने ओमानसँग २०२४ को सेप्टेम्बरमा भएको प्रतिस्पर्धामा दुईमध्ये एक खेलमा पराजय भोगेको थियो अर्को खेल भने स्थगित भएको थियो । लिग २ तालिकामा नेपाल २० खेलमा पाँच जितसहित १२ अङ्कका साथ पुछारबाट दोस्रो अर्थात सातौँ स्थानमा छ । नेपालले दुई खेलबाट एक–एक अङ्क बटुलेको छ । स्कटल्याण्ड र ओमानसँगको एक–एक खेल रद्द भएर दुबै टिमले अक बाँडेका थिए ।

    ओमान २३ खेलमा १३ जित र ७ हारसँगै २९ अङ्कसहित तेस्रो स्थानमा छ । यसैगरी नेपाल जतिनै समान २० खेल खेलेको युएई ५ जित र १५ हारका साथ १० अङ्क बटुल्दै तालिकाको पुछारमा छ । यस्तै ओमान र युएई सम्मिलित श्रृङ्खला सकिएको अर्को सातामै फेरि नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित अर्को श्रृङ्खला सुरु हुनेछ । उक्त श्रृङ्खला बैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म चल्नेछ । नेपालले वैशाख २९ गते मङ्गलबार स्कटल्याण्डसँग खेल्नेछ । यसैगरी जेठ २ गते शनिबार अमेरिकासँग खेल्नेछ भने जेष्ठ ४ गते सोमबार पुनः स्कटल्याण्डसँग र जेठ ८ गते शुक्रबार पुनः अमेरिकासँग नेपालले प्रतिस्पर्धा गर्नेछ ।

    दुबै श्रृङ्खला त्रिवि क्रिकेट मैदानमा हुनेछ । सबै खेल बिहान ९ः३० बजे सुरु हुनेछ । नेपालले अमेरिकासँग यसअघि गत अक्टोबर–नोभेम्बरमा भएको प्रतिस्पर्धामा दुबै खेल हारेको थियो भने सन् २०२४ को अक्टोबर नोभेम्बरको दुबै खेलमा पनि नेपाल अमेरिकासँग स्तब्ध भएको थियो । गत जुनमा भएको श्रृङ्खलामा स्कटल्याण्डसँगको एक खेल जितेको नेपालले अर्को खेल भने उसैलाई सुम्पिएको थियो । सन् २०२४ को अक्टोबर नोभेम्बरको प्रतिस्पर्धामा १ खेल स्कल्याण्डसँग निराश बन्दा अर्को खेल रद्द हुँदा दुबैले अङ्क बाँडेका थिए ।
    तलिकामा अमेरिकाको दबदबा

    आइसिसी क्रिकेट विश्वकप लिग–२ तालिकामा अमेरिका २४ खेलमा १८ जित र छ हारका साथ ३६ अङ्क जोडेर शीर्षस्थानमा छ भने स्कटल्यान्ड २८ खेलमा १४ जित र आठ हारका साथ ३४ अङ्क जोडेर दोस्रो स्थानमा छ । स्कटल्याण्डले छ वटा खेलमा एक–एक अङ्क जोडेको छ । तेस्रो स्थानको ओमानसँग २४ खेलमा २९ अङ्क छ भने चौथो स्थानको नेदरल्यान्ड्सको २४ खेलमा १३ जित र नौ हारका साथ २८ अङ्क छ । उसको थप दुई अङ्क खेल रद्द हुँदा प्राप्त भएको छ । यसैगरी नामिबियाले २८ खेलबाट १० जित, दुई खेल नतिजाविहीन र १६ हारका साथ २२ अङ्क बनाएको छ । नामिबिया पाँचौँ स्थानमा छ । क्यानडा २४ खेलमा नौ जित, तीन नतिजाविहीन खेलको तीन अङ्कसँगै २१ अङ्कका छैटौँ स्थानमा छ । युएईले २० खेलमा पाँच जित र १५ हारबाट १० अङ्क मात्रै बनाएको छ । युएई तालिकाको पुछारमा छ ।

    अहिलेसम्म भएका खेलका नतिजा
    सन् २०२४ को फेब्रुअरीमा कीर्तिपुरस्थित त्रिवि मैदानमा आइसिसी क्रिकेट विश्वकप लिग २ अन्र्तगत नेपाल, नामिबिया र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा भएको थियो । जसमा नेपालले पहिलो खेलमा नामिबियासँग चार विकेटले हार्न पुग्यो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई नौ विकेटले हराउन सफल भयो । तेस्रो खेलमा गएर नामिबियासँग दुई विकेट पराजित हुँदा चौथो खेलमा नेदरल्याण्ड्सले नेपाललाई आठ विकेटले निरास बनाइदियो । यो श्रृङ्खलामा नेपालले मात्र दुई अङ्क जोड्न सक्यो ।

    सन् २०२४ को सेप्टेम्बरमा क्यानडामा भएको चार खेलमा नेपालले कुनै पनि खेल जित्न सकेन । सो टुरमा क्यानडाले पहिलो खेलमा एक सय तीन रनले तथा अर्को खेलमा पाँच विकेटले हरायो । ओमानसँगको पहिलो खेल एक विकेटले नेपाालले सुम्पियो । अर्को खेल रद्द हुँदा यो टुरमा नेपालको खातामा एक अङ्क मात्र रह्यो ।

    सन् २०२४ कै अक्टोबर र नोभेम्बरमा अमेरिकाको डल्लासमा भएको आईसीसी क्रिकेट विश्वकप लिग–२ को अर्को श्रृङखला पनि नेपालका लागि त्यत्ति सुखद रहेन । तैपनि नेपालले यो टुरबाट तीन अङ्क बटुल्यो । स्कटल्याण्डसँगको खेल नतिजावीहिन हुँदा नेपालले त्यसबाट एक अङ्क पायो भने अर्को खेलमा स्कटल्याण्डलाई नै पाँच विकेटले पाखा लगायो । घरेलु दर्शक र मैदानको साथ पाएको अमेरिकाले भने दुबै खेल आफ्नो पक्षमा पा¥यो । अमेरिकाले पहिलो खेलमा ३७ रनले तथा अर्को खेलमा तीन विकेटले नेपाललाई हरायो ।

    सन् २०२५ को जुनमा स्कटल्याण्डमा भएको श्रृङ्खला नेपालका लागि सुखद रह्यो । खेलेका चार खेलमा तीन खेल जित्दै अघिल्ला तीन वटा श्रृङ्खलाबाट प्राप्त जत्तिकै छ अङ्क बटुल्यो । नेपालले आयोजक स्कटल्याण्डलाई पहिलो खेलमा एक विकेटले हरायो भने अर्को खेलमा स्कटल्याण्डसँग दुई रनले हार्न पुग्यो । यी दुबै खेलमा अन्तिम बलले जित र हारको निर्णय गरेको थियो । यो टुरमा नेदरल्याण्ड्स दुबै खेलमा नेपालसँग पराजित भयो । पहिलो खेलमा पाँच विकेट र दोस्रो खेलमा १६ रनले नेदरल्याण्ड्स पराजित भयो ।

    सन् २०२५ को अक्टोबर नोभेम्बरमा युएईको दुबईमा भएको श्रृङ्खला नेपालका लागि पीडादायी रह्यो । युएई र अमेरिकासँगका सबै खेल नेपालले हार्न पुग्यो । युएईले पहिलो खेलमा चार विकेट र दोस्रो खेलमा पाँच विकेटले हरायो । यस्तै अमेरिकाले पहिलो खेलमा चार विकेट र दोस्रो खेलमा एक सय छ रनले पाखा लगायो ।

    रोहित एकदिवसीय मात्र कप्तान
    डब्लुसिएल–२ मा राम्रो नतिजा ल्याउनका लागि भनेर कप्तान रोहित पौडेललाई टी–२० फर्माटको कप्तानसहित खेलाडी सूचीबाटै हटाइएको छ । उनी यसअघि टी–२० र एकदिवसीय दुबै टिमका कप्तान थिए । क्यानले टी–२० को कप्तानका रुपमा दीपेन्द्र सिंह ऐरीलाई बनाएको छ । डब्लुसियलमा मात्र फोकस गरेर टिममा राम्रो नतिजा दिन यो निर्णय लिइएको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । कप्तान रोहितसहित केही अनुभवी र नियमित खेलाडी पनि टी–२०आई टोलीबाट हटाइएका थिए । रोहितसहित अनुभवी खेलाडीहरु करण केसी, सोमपाल कामी, ललित राजवंशी र आसिफ शेख टोलीमा नपरेपछि नयाँ युवा क्रिकेटरले अवसर ।

    बिहिबार, बैशाख १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ३.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ४.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ५.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ६.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ७.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ८.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.