काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारीका लागि आगामी भदौ १ गतेदेखि प्रशिक्षण गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रशिक्षण सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
Advertisement
समूहमा खेलिने घरेलु खेलकूद प्रतियोगिताका साथै खेलमैदानमा गरिने अन्य कार्यक्रम भने गर्न नपाइने उहाँले उल्लेख गर्नुभयो । यसबारे सरकारले अर्को बैठकमा निर्णय गर्नेछ ।
कोरोना भाइरसको महामारीका कारण गत वर्ष चैत पहिलो सातादेखि नै खेलकूद प्रतियोगिता आयोजना गर्न रोक लगाइएको थियो । उक्त अवधिमा खेलको सबै अभ्याससमेत बन्द गरिएको थियो । खेलाडी तथा प्रशिक्षक सरकारको अनुमति पर्खेर बसिरहेका थिए ।