• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन

अर्घाखाँचीको धनचौरमा प्रथम टी–१२ क्रिकेट प्रतियोगिता सुरु (फोटासहित)

अर्नब चक्रवात कमजोर हुँदै, नेपालमा आंशिक वर्षा र हिमपात हुन सक्ने

सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी


  •   सोमबार, फागुन २५, २०८२ मा प्रकाशित
  • काठमाडौँ । इरानमा नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी चयन भएका छन् । सो निर्णय असेम्बली अफ एक्सपट्र्सले गरेको हो ।

    Advertisement

    इरानको सरकारी सञ्चारमाध्यमका अनुसार ८८ सदस्यीय धार्मिक संस्था असेम्बली अफ एक्सपट्र्सको मुख्य जिम्मेवारी देशको सर्वोच्च नेता चयन गर्नु हो । संस्थाले जारी गरेको वक्तव्य सरकारी टेलिभिजनमा समाचारवाचकले पढेर सुनाएका थिए ।

    वक्तव्यमा भनिएको छ– “युद्धको अत्यन्त गम्भीर परिस्थितिमा र हाम्रो संस्थामाथि शत्रुबाट प्रत्यक्ष धम्की आइरहेको अवस्थामा पनि नेतृत्व चयन र घोषणाप्रक्रिया एक क्षणका लागि पनि रोकिएको छैन ।”

    वक्तव्यमा असेम्बली अफ एक्सपट्र्सको सचिवालय कार्यालयमाथि बम आक्रमण हुँदा त्यहाँ कार्यरत केही कर्मचारी र सुरक्षा टोलीका सदस्य मारिएका थिए । त्यसपछि एङ्करले “अल्लाहु अकबर, अल्लाहु अकबर, खामेनी नै रहबर” भन्ने नारा लगाएका थिए ।

    अली खामेनीको अमेरिका र इजरायलको हवाई आक्रमणमा मृत्यु भएपछि धेरैले मोज्तबा खामेनी पनि मारिएका हुन सक्ने आशङ्का गरेका थिए । तर मार्च ३ मा इरानको सरकारी मिडियाले मोज्तबा जीवित रहेको र देशका महत्त्वपूर्ण विषयमा परामर्श तथा समीक्षा मा संलग्न रहेको जनाएको थियो ।

    मोज्तबा को हुन् ?

    मोज्तबा खामेनेईको जन्म सेप्टेम्बर ८, १९६९ मा इरानको उत्तरपूर्वी सहर मशहदमा भएको थियो । उनी अली खामेनीका छ सन्तानमध्ये दोस्रो हुन् । उनले तेहरानको अलावी विद्यालयबाट माध्यमिक शिक्षा पूरा गरेका थिए ।

    इरानी मिडियाका अनुसार १७ वर्षको उमेरमा उनले इरान–इराक युद्धका क्रममा केही अवधिसम्म सेनामा सेवा गरेका थिए ।

    सन् १९९९ मा उनी धार्मिक अध्ययनका लागि कुम सहर पुगेका थिए, जुन शिया धर्मशास्त्र अध्ययनको प्रमुख केन्दू मानिन्छ तर उनले लामो समयसम्म धार्मिक पोसाक नलगाएको र ३० वर्षको उमेरपछि मात्रै मदरसा अध्ययन सुरु गरेको विषय पनि चर्चा भएको थियो ।

    हाल मोज्तबा मध्यस्तरका धर्मगुरु मानिन्छन् । पछिल्लो समय इरानका केही मिडिया र अधिकारीले उनलाई ‘आयतुल्लाह’ भनेर सम्बोधन गर्न थालेका छन् । केही विश्लेषकले यसलाई उनको धार्मिक हैसियत बढाएर नेतृत्वका लागि योग्य देखाउने प्रयासका रूपमा व्याख्या गरेका छन् ।

    विवाद र आरोप

    मोज्तबा खामेनीको नाम पहिलोपटक सन् २००५ को राष्ट्रपतीय चुनावका क्रममा सार्वजनिक रूपमा चर्चामा आएको थियो, जब महमुद अहमदीनेजाद विजयी भएका थिए ।

    सुधारवादी नेता मेहदी कर्रुबीले खुला पत्रमार्फत मोज्तबाले इस्लामिक रिभोल्युसनरी गार्ड कोप्र्स र बसिज मिलिसियाको सहयोगमा चुनावमा हस्तक्षेप गरेको आरोप लगाएका थिए ।

    २००९ को चुनावपछि देशभर भएको प्रदर्शनलाई ग्रिन आन्दोलन भनिएको थियो । केही प्रदर्शनकारीले मोज्तबा आफ्नो बाबुपछि सर्वोच्च नेता बन्ने सम्भावनाको विरोधमा नारासमेत लगाएका थिए ।

    भविष्यका चुनौती

    विश्लेषकका अनुसार मोज्तबा खामेनीले आफ्ना बाबु अली खामेनीको कडा नीतिलाई निरन्तरता दिन सक्छन् । केहीले युद्धमा आफ्ना परिवारका सदस्य गुमाएका कारण उनी पश्चिमी देशको दबाबमा सजिलै नझुक्ने अनुमान गरेका छन् तर उनको अगाडि सबैभन्दा ठुलो चुनौती भनेको इस्लामी गणराज्यको स्थायित्व कायम राख्नु र आर्थिक तथा राजनीतिक सङ्कटबाट देशलाई बाहिर निकाल्ने नेतृत्व प्रदान गर्नु हुनेछ । त्यसैगरी इरानको शासन वंशानुगत प्रणालीतर्फ गइरहेको भन्ने धारणा पनि जनअसन्तुष्टि बढाउने कारण बन्न सक्छ ।

    यसैबिच इजरायलका रक्षामन्त्रीले इरानका नयाँ उत्तराधिकारी पनि स्पष्ट रूपमा निसानामा रहने चेतावनी दिएका छन् । त्यसैले मोज्तबा खामेनी भविष्यमा पनि अमेरिका र इजरायको निशानामा पर्ने सम्भावना रहेको आशङ्का गरिएको छ । (एजेन्सी)

    सोमबार, फागुन २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने
    माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी
    स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु
    अमेरिकी निर्वाचन आयोगको प्रणालीमा साइबर हमला
    इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप
    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

    • २.
      हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

    • ३.
      सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

    • ४.
      नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

    • ५.
      मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन

    • ६.
      अर्घाखाँचीको धनचौरमा प्रथम टी–१२ क्रिकेट प्रतियोगिता सुरु (फोटासहित)

    • ७.
      अर्नब चक्रवात कमजोर हुँदै, नेपालमा आंशिक वर्षा र हिमपात हुन सक्ने

    • ८.
      सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.