तेहरान । सर्वोच्च नेता आयातुल्ला अली खामेनीको अमेरिका र इजरायलको आक्रमणमा मृत्यु भएपछि इरानले नयाँ सर्वोच्च नेता नियुक्त गर्ने प्रक्रिया अघि बढाइरहेको छ ।
विशेषज्ञसभाका सदस्य अहमद खातमीले सरकारी टेलिभिजनमा भने– ‘हामी सबै प्रयास गरिरहेका छौँ । ईश्वरको इच्छा भए नेतालाई चाँडै नै नियुक्त गरिनेछ । स्थिति युद्धको अवस्था भएकाले विवेक आवश्यक छ ।’
इरानी मिडियाका अनुसार अमेरिका र इजरायली हमलाले मङ्गलबार पवित्र सहर कोमको विधानसभासँग सम्बन्धित भवनलाई लक्षित गरेको थियो । यसअघि तेहरानस्थित निकायको मुख्य मुख्यालयलाई आक्रमण गरिएको थियो ।
खामेनीको सन् १९८९ देखि इरानको नेतृत्व रहेको थियो र उनको मृत्युको एक दिनपछि आधिकारिक रूपमा नेतृत्व परिवर्तन प्रक्रिया सुरु भएको हो ।
विशेषज्ञसभामा ८८ सदस्य रहेका छन् । उनीहरू प्रत्येक आठ वर्षमा निर्वाचित हुन्छन् ।
अहिले राष्ट्रपति मसुद पेजेस्कियान, न्यायपालिका प्रमुख घोलामहोसेन मोहसेनी एजेई र धर्मगुरु सदस्य अलिरेजा अराफीले अन्तरिम नेताको रूपमा काम गरिरहेका छन् । (रासस/एएफपी)





