लन्डन । कतारले कच्चा तेलको मूल्यवृद्धि गरेको छ । सरकारद्वारा सञ्चालित ऊर्जा कम्पनी कतार इनर्जीले सो निर्णय गरेको हो ।
Advertisement
आफ्ना दुई मुख्य ग्यास प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि तरलीकृत प्राकृतिक ग्यास उत्पादन रोकिँदा युरोपेली ग्याँसको मूल्यमा सोमबारदेखि वृद्धि भएको बताइ्रएको ।
युरोपका लागि ग्याँसको महत्त्वपूर्ण मानिने डच टिटिएफ प्राकृतिक ग्याँस सम्झौताअनुसार नै इरानी आक्रमणपछि ग्याँसको मूल्यमा लगभग ४५ प्रतिशतले बढेर ४६ युरोभन्दा बढीमा पुग्गेको छ ।
इरान युद्धका कारण खाडी क्षेत्रमा ग्यासको आपूर्ति कटौती हुने डरले ग्यासको मूल्य २० प्रतिशतभन्दा बढीले बढेको थियो । (रासस/एएफपी)