• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन

अर्घाखाँचीको धनचौरमा प्रथम टी–१२ क्रिकेट प्रतियोगिता सुरु (फोटासहित)

अर्नब चक्रवात कमजोर हुँदै, नेपालमा आंशिक वर्षा र हिमपात हुन सक्ने

सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

बोलिभियामा सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु


  •   शनिबार, फागुन १६, २०८२ मा प्रकाशित
  • लापाज । बोलिभियाको प्रशासनिक राजधानी लापाजनजिकै नगद बोकेको सैन्य कार्गो विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

    Advertisement

    दुर्घटनापछि सडकमा छरिएको पैसा उठाउन भिड जम्मा भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रयोग गर्नुपरेको थियो ।

    सी–१३० हर्कुलस यातायात विमान एल अल्टो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेबाट बाहिर निस्केर नजिकैको व्यस्त एभिन्यूमा खसेको थियो ।

    स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेको दृश्यमा विमानका भग्नावशेष सडकभर छरिएको, थुप्रै कार पूर्ण रूपमा नष्ट भएको र केही ट्रकमा क्षति पुगेको देखिएको छ ।

    विमान ठोक्किएपछि सडकमा छरिएका नगद सङ्कलन गर्न दर्शक हतारिएका थिए, जसलाई हटाउन प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । पछि अधिकारीले दुर्घटनास्थलमै आगो बालेर पैसा जलाएका थिए ।

    दुर्घटनाको कारण खुल्न सकेको छैन । प्रत्यक्षदर्शीले त्यस बेला मौसम अत्यन्त खराब रहेको बताएका छन् ।

    राष्ट्रिय दमकल विभागका कर्नल पावेल तोवरले पत्रकारलाई १५ देखि १६ जनासम्मको मृत्यु गणना गरिएको जानकारी दिए ।

    विमानस्थल परिसर र एभिन्यू दुवै स्थानमा मृत्यु दर्ता भएको जनाइएको छ । बोलिभियन एयर नेभिगेसन तथा एयरपोर्ट प्राधिकरण नाबोलले सी–१३० पूर्वी सहर सान्ताक्रुजबाट उडेको र एल अल्टो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको जनाएको छ ।

    घटनापछि विमानस्थलको सञ्चालन स्थगित गरिएको छ ।

    लकहिड मार्टिनद्वारा निर्मित उक्त विमानले बोलिभियन बैङ्कनोट बोकेको थियो, जुन दुर्घटनापछि प्रभावका कारण छरिएको थियो ।

    रक्षामन्त्रालयले जारी गरेको विज्ञप्तिमा विमानमा ओसारपसार गरिएको पैसामा कुनै आधिकारिक क्रमिक नम्बर नभएको र त्यसको कानुनी वा खरिद शक्ति नरहेको स्पष्ट पारेको छ ।

    दुर्घटनापछि सडकमा देखिएको अराजकताको फाइदा उठाएर केही व्यक्तिले लुटपाट गरेको सूचना प्राप्त भएको लापाज अभियोजकको कार्यालयले जनाएको छ । अभियोजक लुइस कार्लोस टोरेसले सोधपुछका लागि १२ जनालाई पक्राउ गरिएको जानकारी दिए ।

    दुर्घटनाका बेला चोक र उहाँको परिवार लुटपाटको डरले भग्नावशेष भएको गाडीभित्रै बसेका थिए । एल अल्टोका अस्पतालले घाइतेको उपचारका लागि रक्तदान अभियान सुरु गरेका छन् ।

    तीन हजार छ सय ५० मिटर उचाइमा अवस्थित लापाज एन्डियन चुचुराले घेरिएको विश्वकै सबैभन्दा अग्लो प्रशासनिक राजधानी हो ।

    रक्षामन्त्रालयले घटनाको औपचारिक अनुसन्धान सुरु गरिएको जनाएको छ । (रासस/एएफपी)

    शनिबार, फागुन १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने
    माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी
    स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु
    अमेरिकी निर्वाचन आयोगको प्रणालीमा साइबर हमला
    इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप
    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

    • २.
      हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

    • ३.
      सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

    • ४.
      नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

    • ५.
      मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन

    • ६.
      अर्घाखाँचीको धनचौरमा प्रथम टी–१२ क्रिकेट प्रतियोगिता सुरु (फोटासहित)

    • ७.
      अर्नब चक्रवात कमजोर हुँदै, नेपालमा आंशिक वर्षा र हिमपात हुन सक्ने

    • ८.
      सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.