• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

भीडतन्त्रको राजनीतिबाट सिद्धान्तनिष्ठ विकल्पतर्फ : राजमोको समसामयिक भूमिका


  •   बिहिबार, माघ १५, २०८२ मा प्रकाशित
  • विचार र निष्ठाको राजनीति कि भिडतन्त्र ?

    Advertisement

    आजको नेपाली राजनीति गम्भीर मोडमा उभिएको छ । सिद्धान्त, निष्ठा र ईमानदारिताजस्ता मूल्यहरूलाई पन्छाएर सस्तो लोकप्रियता, सामाजिक सञ्जालको दुरुपयोग र तामझामयुक्त भिडतन्त्रमार्फत सेलिब्रेटी बन्ने प्रवृत्ति तीव्र रूपमा मौलाउँदै गएको छ । विचार र दर्शनभन्दा प्रचार, नारा र देखावटी गतिविधिलाई प्राथमिकता दिने यो प्रवृत्ति दीर्घकालीन रूपमा राष्ट्र, राष्ट्रियता र लोकतान्त्रिक मूल्यका लागि खतरनाक संकेत हो ।

    राजनीति जनताको सेवा, समाजको रुपान्तरण र राष्ट्र निर्माणको माध्यम हुनुपर्नेमा आज व्यक्तिगत स्वार्थ, सत्तालोलुपता र बाह्य शक्तिसँगको आशीर्वाद खोज्ने साधन बन्दै गएको छ । चुनाव जित्न विदेशी प्रभुहरूको ढोका ढकढक्याउने, राष्ट्रिय स्वाभिमानभन्दा बाह्य समर्थनलाई ठूलो मान्ने प्रवृत्तिले सच्चा नेपाली नागरिक विशेषतः युवा पुस्ता, गरिब मजदुर र किसानका सपना कुण्ठित बनाइरहेको छ । यही कारण आज देश सिक्किम वा यूक्रेनजस्तै परिस्थिति तर्फ धकेलिन सक्ने हो कि भन्ने आशंका बढ्दै गएको छ ।

    सामाजिक सञ्जाल विचार आदान–प्रदान र जनचेतनाको माध्यम हुनुपर्नेमा भ्रम फैलाउने, घृणा उब्जाउने र भावनात्मक उत्तेजना सिर्जना गर्ने औजारमा रूपान्तरण हुँदै गएको छ । गहिरो अध्ययन, स्पष्ट दृष्टिकोण र जिम्मेवार अभिव्यक्तिको सट्टा ट्रेन्ड, लाइक र भाइरल हुने प्रतिस्पर्धाले राजनीतिलाई सतही बनाइदिएको छ । यसले जनतालाई सचेत नागरिकभन्दा अन्ध समर्थक बनाउने गम्भीर खतरा बोकेको छ ।

    सबैभन्दा दुःखद पक्ष के हो भने सहिदहरूले देखेको सपना, राष्ट्रिय आन्दोलन र युवा आन्दोलनको मर्म क्रमशः उपेक्षित हुँदै गएको छ । देशका लागि जीवन बलिदान गर्नेहरूको त्याग सम्झनामा सीमित बन्दै गएको छ, तर व्यवहारमा तिनका मूल्य र आदर्शलाई निरन्तर कुल्चिँदै लगिएको छ । सिद्धान्त र विचारलाई ओझेल पारेर शक्ति र पदको खेल खेलिँदा राष्ट्र र राष्ट्रियता कमजोर बन्ने निश्चित देखिन्छ ।

    यसकारण आज नेपाली जनताले, विशेषतः मतदाताले, गम्भीर रूपमा सोच्ने समय आएको छ । मतदान केवल अधिकार मात्र होइन, राष्ट्रप्रतिको जिम्मेवारी पनि हो। जात, क्षेत्र, भावनात्मक नारा वा क्षणिक आकर्षणभन्दा माथि उठेर उम्मेदवारको विचार, निष्ठा, ईमानदारिता र राष्ट्रप्रतिको प्रतिबद्धतालाई आधार मानेर विवेकपूर्ण निर्णय गर्न आवश्यक छ ।

    अब पनि सचेत नभए भविष्यले हामीलाई माफी दिने छैन । लोकतन्त्रको रक्षा, राष्ट्रिय स्वाभिमानको संरक्षण र भावी पुस्ताको सुरक्षित भविष्यका लागि सोचेर, बुझेर र जिम्मेवारीका साथ मतदान गर्नु आजको अपरिहार्य आवश्यकता हो । यही नै सहिदप्रतिको सच्चा सम्मान र राष्ट्रप्रतिको वास्तविक निष्ठा हुनेछ ।

    नेपाल आज राजनीतिक, आर्थिक र सामाजिक रूपमा अत्यन्त संवेदनशील मोडमा उभिएको छ । लामो राजनीतिक परिवर्तन, संघर्ष र बलिदानपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि जनताको जीवनमा अपेक्षित परिवर्तन अनुभूत हुन सकेको छैन । भ्रष्टाचार, बेरोजगारी, आर्थिक निर्भरता र राजनीतिक अस्थिरताले देशको भविष्यप्रति गम्भीर प्रश्न खडा गरेको छ । यही अवस्थाबीच नेपाली समाजमा सचेतनाको नयाँ तरङ्गका रूपमा जेन्जी आन्दोलन देखापरेको छ, जसले सुशासन, पारदर्शिता र समृद्ध नेपालको मागलाई मुखर बनाएको छ ।

    जेनजी आन्दोलन कुनै उमेर समूहको मात्र आन्दोलन होइन, यो विचार र चेतनाको आन्दोलन हो । भ्रष्टाचारलाई अस्वीकार गर्ने, दलाल पुँजीवादको विरोध गर्ने र युवालाई देशमै भविष्य निर्माण गर्ने अवसर उपलब्ध गराउनुपर्ने यसको मूल मर्म हो । तर यस्ता आन्दोलनलाई दिशानिर्देश दिन र संस्थागत परिवर्तनमा रूपान्तरण गर्न सिद्धान्तनिष्ठ र इमान्दार राजनीतिक शक्ति अपरिहार्य हुन्छ । यही सन्दर्भमा राष्ट्रिय जनमोर्चाको भूमिका विशेष रूपमा महत्वपूर्ण देखिन्छ ।

    राष्ट्रिय जनमोर्चा नेपाली राजनीतिमा सिद्धान्त, विचार र कर्मनिष्ठतामा आधारित पार्टीका रूपमा परिचित छ । यो पार्टी सत्ता प्राप्तिलाई राजनीति गर्ने मुख्य उद्देश्य ठान्दैन; बरु राष्ट्रहित, सामाजिक न्याय र श्रमिक वर्गको अधिकारलाई आफ्नो राजनीतिको केन्द्रमा राख्दछ । सत्ता भए पनि नहुँदा पनि, सडक र सदन दुवैबाट भ्रष्टाचार विरुद्ध निरन्तर आवाज उठाउँदै आएको इतिहास यस पार्टीको वैचारिक दृढताको स्पष्ट प्रमाण हो ।

    आजको नेपाली राजनीतिमा देखिएको चिन्ताजनक प्रवृत्ति भनेको सस्तो लोकप्रियताको राजनीति हो । चर्का नारा, भावनात्मक भाषण र सामाजिक सञ्जालको तडकभडकमार्फत जनताको ध्यान तान्ने तर स्पष्ट नीति र सिद्धान्तविहीन शक्तिहरूको उदयले दीर्घकालीन रूपमा राष्ट्रलाई गम्भीर क्षति पुर्याउने खतरा बढाएको छ । विगतमा भ्रष्टाचार, ठगी र अनैतिक कार्यमा संलग्न व्यक्तिहरूले नयाँ पार्टी खोलेर आफूलाई विकल्पका रूपमा प्रस्तुत गर्नु जनचेतनाका लागि गम्भीर चुनौती हो । इतिहासले प्रमाणित गरिसकेको छ । सिद्धान्तविहीन राजनीति अन्ततः विदेशी स्वार्थ र शक्तिकेन्द्रको औजार बन्न पुग्छ ।

    राष्ट्रियता नारामा होइन, व्यवहार र नीतिमा प्रकट हुनुपर्छ । राष्ट्रिय जनमोर्चाले राष्ट्रियताको मुद्दालाई सधैं व्यवहारिक र नीतिगत रूपमा उठाउँदै आएको छ । असमान सन्धि–सम्झौताप्रति आलोचना, विदेशी निर्भरता बढाउने नीतिप्रति असहमति र आत्मनिर्भर अर्थतन्त्रको वकालत यस पार्टीको स्पष्ट अडान हो । राष्ट्रिय स्वाधीनता, स्रोतसाधनको संरक्षण र स्वाभिमानी परराष्ट्र नीति यसको राजनीतिक दर्शनका मूल आधार हुन् ।

    नेपालको बहुसंख्यक जनसंख्या मजदुर, किसान र ग्रामीण क्षेत्रमा बसोबास गर्छ। तर यी वर्ग सधैँ राजनीतिक भाषणका विषय बने पनि राज्यको नीतिगत प्राथमिकतामा परेका छैनन् । किसानले उत्पादनको उचित मूल्य नपाउनु, मजदुरले श्रमको सम्मान नपाउनु र ग्रामीण युवाले अवसरको अभाव झेल्नु राजनीतिक असफलताको प्रत्यक्ष उदाहरण हो । राष्ट्रिय जनमोर्चाले यी वर्गलाई केवल मतदाता होइन, राष्ट्र निर्माणका आधारस्तम्भका रूपमा हेर्दै आएको छ । सहकारी प्रणाली, उत्पादनमुखी अर्थतन्त्र, भूमिसुधार र श्रमिक अधिकारप्रति यसको अडान यही दृष्टिकोणबाट प्रेरित छ ।

    युवाको व्यापक पलायन आज नेपालको गम्भीर समस्या बनेको छ । लाखौँ युवा रोजगारीका लागि विदेशिन बाध्य हुनु केवल आर्थिक समस्या मात्र होइन, राज्यको दीर्घकालीन नीति असफलताको परिणाम हो । युवालाई देशमै रोजगारी र स्वरोजगारका अवसर सिर्जना नगरी समृद्ध नेपालको सपना साकार हुन सक्दैन। राष्ट्रिय जनमोर्चाले लामो समयदेखि सीपमूलक शिक्षा, उत्पादनशील उद्योग र कृषिमा आधारित रोजगारीको आवश्यकता औँल्याउँदै आएको छ, जुन जेनजी आन्दोलनको चाहनासँग पूर्ण रूपमा मेल खान्छ ।

    समसामयिक रूपमा नेपाल कमजोर सुशासन, बढ्दो बेरोजगारी, आयातमुखी अर्थतन्त्र, सङ्घीय संरचनाको खर्चिलोपन र भ्रष्टाचारमा राजनीतिक संरक्षणजस्ता गम्भीर चुनौतीहरूको सामना गरिरहेको छ । यी समस्याको समाधान अनुहार परिवर्तन वा क्षणिक लोकप्रियताबाट सम्भव छैन । यसको लागि दीर्घकालीन सोंच, स्पष्ट नीति र इमानदार नेतृत्व आवश्यक छ, जुन राष्ट्रिय जनमोर्चाको राजनीतिक अभ्यासमा स्पष्ट रूपमा देख्न सकिन्छ ।

    आजको निर्वाचन कुनै सामान्य प्रक्रिया मात्र होइन, यो नेपाली जनताको चेतनाको परीक्षा हो । यदि जनताले भावनामा बगेर सिद्धान्तहीन शक्तिलाई रोजे, देशको भविष्य थप अनिश्चित बन्न सक्छ । तर यदि सही विचार, ईमान्दारिता र कर्मनिष्ठतालाई प्राथमिकता दिए, नेपाल आत्मनिर्भर, स्वाभिमानी र समृद्ध राष्ट्र बन्ने दिशामा अघि बढ्न सक्छ ।

    अन्ततः विकल्प धेरै देखिए पनि वास्तविक विकल्प स्पष्ट छ । इमान्दार राजनीति, भ्रष्टाचार विरोधी अडान, राष्ट्रियता तथा मजदुर–किसान र युवाको भविष्य सुनिश्चित गर्ने राजनीतिक शक्ति भनेको राष्ट्रिय जनमोर्चा हो । अब समय आएको छ—भीड होइन विवेक रोज्ने, नारा होइन नीति छान्ने र व्यक्ति होइन सिद्धान्तमा विश्वास गर्ने ।

    देशको भविष्य सुरक्षित गर्ने बाटो सिद्धान्तनिष्ठ राजनीतिबाटै सम्भव छ, र त्यसको एक सशक्त प्रतिनिधि राष्ट्रिय जनमोर्चा हो ।

    बिहिबार, माघ १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन
    कांग्रेस विभाजनपछि एमालेसहितका दलमा पनि विभाजनको खतरा : पूर्णबहादुर खड्का
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.