म्याड्रिड । स्पेनमा दुई दिनको अन्तरमा दुईओटै रेल दुर्घटना हुँदा ४२ जनाको निधन भएको भएको छ ।
आइतबार स्थानीय समयअनुसार बेलुकी ७:४५ बजे कोर्दोबा राज्यको अदमुजमा दुइटा तीव्र गतिका रेल आपसमा ठोक्किँदा ४२ जनाको मृत्यु भएको थियो।
दुर्घटनामा कम्तीमा एक सय ३१ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
इर्यो नामक निजी कम्पनीको रेल मलागाबाट राजधानी म्याड्रिड जाँदै थियो । त्यसमा झन्डै ३ सय यात्रु सवार थिए ।
रेन्फे कम्पनीको सरकारी रेल म्याड्रिडबाट दक्षिणपश्चिम तटीय सहर ह्वेल्वा जाँदै थियो । एउटा रेलमा झन्डै तीन सय यात्रु सवार थिए । अर्कोमा कति यात्रु थिए भन्ने खुलेको छैन।
निजी कम्पनीको रेल १२० किलोमिटर प्रतिघन्टाको गतिमा थियो । अदमुजमा उक्त रेलको अगाडिको तीनओटा डिब्बा पटरीबाट बाहिर खसेपछि विपरीत दिशबाट आउँदै गरेको सरकारी रेल ठोक्किएको थियो ।
दुई दिनपछि फेरि अर्को रेल दुर्घटना भएको छ । अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार मङ्गलबार स्थानीय समयअनुसार राति १० बजे बार्सिलोना नजिकै गेलिदा भन्ने स्थानमा अर्को यात्रुवाहक रेल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गेलिदाबाट सेन्ट सदुरनी दि एनोइया जाँदै थियो ।
रेलको अघिल्लो डिब्बा पटरीबाट खसेपछि भएको दुर्घटनामा चालकको मात्रै मृत्यु भएको छ । दुर्घटनामा ३७ जना घाइते भएको जनाक्ष्एको छ । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । (एजेन्सी)