प्युठान । अखिल नेपाल जनजाति सम्मेलनको एक महिने साङ्गठनिक अभियान साँगीमा सम्पन्न भएको छ ।
सम्मेलनले २०८२ पुस २१ गते प्युठान नगरपालिका वडा नं. ५ को झाँक्री टोलमा जनभेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रम सम्मेलनका केन्द्रीय अध्यक्ष निमबहादुर बुढाथोकीमगरको नेतृत्वमा सञ्चालित उक्त टोलीले प्युठानको विभिन्न पालिकाका वडा टोल, बस्तीहरूमा पुगी त्यहाँ रहेका जनसमुदायसँग अन्तरक्रिया, भेटघाट छलफल गर्दै देशको समसामयिक परिस्थितिका बारेमा सन्देश दिँदै हिँडीरहेको छ ।
सम्मलेनले जनताका घर दैलो टोलमा पार्टीका विचार सङ्गठनका विचार सम्प्रेसन गर्ने काम गरिरहेका छ ।
अहिले देशमा कायम भएको राजनीतिक व्यवस्था अन्तरर्गत पनि नेपाल बहुजातिय बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक देश भएकाले विगतमा जस्तो कुनै एक जाति विशेषको भाषा, धर्म संस्कृतिका एकाधिकार छैन । त्यसैले अहिले सबै “जाति जनजाति भाषा संस्कृति धर्मावलम्बीहरूका बिचमा आपसी एकता, सद्भाव कायम राख्ने कुरामा जनजाति सम्मेलनले संगठनात्मक अभियानका सिलसिलामा सदस्यता वितरण, संगठन विस्तार गर्दै आएको छ ।