अन्तर्राष्ट्रिय ऐक्यबद्धताको लागि नेपाली जनताको मञ्च जालन्धरको आयोजनामा हिजो २६ डिसेम्बर २०२५ को १३३ औं माओ दिवस मनाईएको छ।
Advertisement
मूल प्रवाहका केन्द्रीय सचिव एवं सुदुर पश्चिमोत्तर क्षेत्रीय सचिव कुल बहादुर बगालेको प्रमुख आथित्यतामा सम्पन्न सो कार्यक्रममा माओत्सेतुङको जीवनीबारे बारे व्यापक चर्चा गरिएको थियो ।
कार्यक्रममा मूल प्रवाहका केन्द्रीय महिला विभाग कि सदस्य शुष्मा खडका, केन्द्रीय परिषद सदस्य लक्ष्मण खड्का, महिला विभाग क्षेत्रीय सदस्य लक्ष्मी थापा, नगर समितिका राजेन्द्र थापा लगाएतले माओ जीवनी बारे प्रकाश पार्नु भएको थियो ।
कार्यक्रम लक्ष्मण केसीको सञ्चालनमा तथा जितमान थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा माधव खनालले स्वागत मन्तव्य राख्नु भएको थियो।