• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

साम्राज्यवादी खतरा विरुद्ध मोर्चाबन्दी आवश्यक

"युगदर्शन साप्ताहिक वर्ष १७, अंक १६, मा प्रकाशित सम्पादकीय "

  •   बिहिबार, पुष १०, २०८२ मा प्रकाशित
  • मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित भएसँगै नेपालमा अमेरिकी साम्राज्यवादको प्रत्यक्ष ‘इन्ट्रेस्ट’ छरप्रष्ट बन्न पुगेको थियो । त्यसलगत्तै अमेरिकाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) पनि लागु गर्न खोजेको थियो । तत्कालीन सत्तारूढ दल र सत्तानिकटका राजनीतिक दलले त्यो प्रस्तावलाई अस्वीकार गरेर यो सन्देश दिए : ‘अमेरिकी चाहनालाई पक्कै पनि सम्बोधन गरिनेछ तर पूरै चीनको विरुद्ध अमेरिकी पक्षधर भएर भूमिका खेल्न सकिँदैन’ । त्यसपछि अमेरिका झस्कियो किनकि उसले एमसिसीभन्दा अगाडि नै प्रष्ट शब्दमा भनेकै थियो : अमेरिकाको हिन्दप्रसान्त रणनीतिमा नेपालको महङ्खवपूर्ण भूमिका हुनेछ । त्यसका बाबजुद एसपिपी अस्वीकार गरिएपछि अमेरिकाले नयाँ विकल्पमा काम गर्न थाल्यो । त्यस क्रममा नेपालस्थित अमेरिकी दूताबास सक्रिय भयो । त्यसले भारतीय दूताबासले झैँ विकास, प्राविधिक सहयोग र परामर्शका नाममा विभिन्न परियोजना सञ्चालन गर्न थाल्यो । त्यसै क्रममा नेपालमा अमेरिकी युथ काउन्सिल गठन गरियो । आज त्यो काउन्सिलका ९० हजारभन्दा बढी सदस्य रहेको मानिएको छ । यिनै सक्रियतामाझ राष्ट्रिय स्वतन्त्र पार्टी गठन भयो । त्यस्तै काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको अमेरिकी दूताबास कनेक्सन पनि यथावत् रह्यो ।

    Advertisement

    २०८२ सालसम्म आइपुग्दा अमेरिकाले नेपालका पुराना राजनीतिक दलका विरुद्ध प्रशस्त गृहकार्य गरिसकेको थियो । त्यस क्रममा “नो नट अगेन”, “इनफ टू इनफ”, “नोप बेबी”, “अकुपाई बालुवाटार” जस्ता विभिन्न अभियान सञ्चालन भए । यीमध्ये कैयौँको कनेक्सन सिधै अमेरिकासँग जोडिएको थियो । यही सिलसिलामा जेनजी अगाडि आयो । त्यही जेनजीले भदौ २३ गते शान्तिपूर्ण प्रदर्शन गर्‍यो । भदौ २४ गते जेनजीको नाममा “नियन्त्रित विध्वंस” मच्याइयो, जसमा सेना मूकदर्शक बन्दा देशको इतिहास नै समाप्त पार्ने गरी संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, बालुवाटार, शीतलनिवास, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महान्यायाधीवक्ताको कार्यालयलगायत महङ्खवपूर्ण भौतिक संरचना ध्वस्त भए । त्यही ताण्डवनृत्यमाझ सांसद नभएका व्यक्तिलाई प्रधानमन्त्री बनाइयो र तिनै असंवैधानिक प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरियो । यसरी देशका संविधान, राष्ट्रियसभा र न्यायपालिका यथावत् भए पनि सरकार भने अन्तरिम प्रकारको बनाइयो । यो सरकारको काँधमा फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गराउने जिम्मेवारी छ ।

    अमेरिकी साम्राज्यवादले पुराना दललाई साइजमा ल्याउन चाहेको थियो । यही उद्देश्यका साथ जेनजीको नाममा विध्वंस मच्याइयो । नयाँ दललाई मजबुत बनाउन खोजियो । त्यस क्रममा रास्वपा अस्तित्वमा आयो । अब जेनजीलाई समेत त्यसमा सामेल गराएर पुराना दलको विकल्पमा यस्तो शक्ति उभ्याउने प्रयास भइरहेको छ, जसले चीनको विरुद्धमा अमेरिकी हिन्दप्रसान्त नीतिलाई कार्यान्वयन गरोस् । दलाई लामाद्वारा सुशीला कार्की सरकारलाई बधाईसँगै अमेरिकाको यस्तो कुत्सित मनसाय प्रष्ट रूपमा अगाडि आइसकेको छ । यस्तो लाग्दछ, अमेरिकाले यतिखेर घनीभूत रूपमा यस्तो अमेरिकी ॅकोरशक्ति’ निर्माण गर्न खोजेको छ, जो फागुन २१ गतेको निर्वाचनमा विजय प्राप्त गरोस् र त्यससँगै अमेरिकी हिन्दप्रसान्त रणनीतिलाई कार्यान्वयन गरोस् । यस्तो ग्यारेन्टी कार्यान्वयन गर्न अमेरिकाले सूक्ष्म ढङ्गले काम गरिरहेको छ । त्यसका बाछिटा बेलाबखत विभिन्न आवरणमा अगाडि आइरहेका छन् । त्यस क्रममा जेनजीका विभिन्न समूहका गतिविधि पनि सञ्चालन भइरहेका छन् । कथित स्वतन्त्र भनिएकाको बेग्लै सक्रियता छ ।

    यी सबै घटनाले देशमा अमेरिकी साम्राज्यवादको बढ्दो चलखेललाई नै बताउँछ । यस्तो अमेरिकी चलखेलले नेपाली राष्ट्रियतामाथिको गम्भीर खतरालाई पनि बताउँछ । देशमा गणतन्त्र, लोकतन्त्र र धर्मनिरपेक्षतामाथि प्रतिगामी दिशाबाट गम्भीर खतरा छँदै थियो, अब अमेरिकी साम्राज्यवादको तर्फबाट राष्ट्रियतामाथिको खतरा पनि त्यत्तिकै गम्भीर रूपमा अगाडि आएको छ । सम्पूर्ण देशभक्त नेपाली जनताको ध्यान यस दिशामा जानुपर्दछ । यससँगै साम्राज्यवाद विरोधी संयुक्त मोर्चा निर्माण गर्नमा बेलैमा सचेत हुनुपर्दछ ।

    बिहिबार, पुष १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन
    कांग्रेस विभाजनपछि एमालेसहितका दलमा पनि विभाजनको खतरा : पूर्णबहादुर खड्का
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.