• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट


  •   शुक्रबार, पुष ०४, २०८२ मा प्रकाशित
  • दमौली (तनहुँ) । जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका युवाहरू एकजुट भएका छन् । खेलमैदानमा विभिन्न बहानामा पटकपटक महोत्सव गर्न दिँदा खेलमैदान बिग्रिँदै गएपछि यहाँका युवा संरक्षणका लागि एकजुट भएका हुन् ।

    Advertisement

    खेलमैदान नहुँदा दमौलीमा खेलकुदका गतिविधि सञ्चालन गर्न कठिनाइ भइरहेको भन्दै खेलमैदानमा मेला/महोत्सव गर्न नदिने भन्दै यहाँका युवाले व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेलाई ज्ञापनपत्र बुझाएका छन् ।

    यही पुस २४ गतेदेखि खेलमैदानमा आदिवासी जनजाति महासङ्घ तनहुँले महोत्सव गर्न लागेकाले त्यसका लागि नगरपालिकाले अनुमति दिएपछि युवाहरूले महोत्सव गर्न नदिने भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।

    नगरपालिकाको रु ६० लाख बजेटबाट खेलमैदान सम्याउने, पानी निकासका लागि मैदानमुनि पाइप राख्ने, प्यारापिट बनाउनेलगायत काम भए पनि मेला/महोत्सव आयोजना हुँदा खेलमैदान बिग्रने भुवन गोशलीले बताउनुभयो । यहाँ मेला/महोत्सव सञ्चालन गर्ने सङ्घसंस्थालाई वैकल्पिक ठाउँको खोजी गर्न आग्रह गरिएको उहाँको भनाइ छ ।

    जिल्लास्थित विभिन्न युवा क्लबका तर्फबाट गोशलीले नगरप्रमुख न्यौपानेलाई ज्ञापनपत्र बुझाउँदै पुस २४ गते खेलमैदानमा महोत्सव गर्न लागिएकामा उक्त कार्य रोकी वैकल्पिक व्यवस्था गर्न आग्रह गरिएको जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “उक्त स्थानमा मेला, महोत्सव सञ्चालन गर्दा खेलमैदानको भौतिक संरचनामा क्षति पुग्ने र खेलकुद मैदानको विकासमा नकारात्मक असर पर्ने देखिन्छ । यसलाई संरक्षण गर्ने राज्यको प्रमुख दायित्व हो ।” नगरपालिकाका तर्फबाट खेलमैदानलाई स्तरोन्नति गर्न पटकपटक गरी रु ६० लाख लगानी गरिसकिएको जनाउँदै गोशलीले खेलमैदानमा महोत्सव गर्न रोक लगाउनुपर्नेमा जोड दिनुभयो ।

    स्थानीय वासु सापकोटाले युवाहरू जागरुक भएर खेलमैदान संरक्षणमा एकजुट हुनुपर्ने बताउनुभयो । आफ्नो पुस्ताले खेलमैदानको अभावमा खेलका गतिविधि सञ्चलन गर्न, खेल्न नपाएको बताउँदै मैदान संरक्षण नगरे अबको पुस्ताको अवस्था त्यस्तै हुने धारणा राख्नुभयो ।

    सोही कारणले खेलका गतिविभि नियमित गर्न र युवा खेलाडीका लागि अवसर सृजना गर्न खेलमैदान संरक्षण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सापकोटाले भन्नुभयो, “खेलमैदानलाई खेलमैदान मात्रै बनाइनुपर्छ, आज एउटा पक्षले दबाब दिएर महोत्सव गर्ला, भोलि फेरि अर्को आउँला । अब खेलमैदानलाई राजनीति गर्ने ठाउँ बनाउन दिँदैनाँै ।”

    व्यास नगरपालिकाका प्रमुख न्यौपानेले आदिवासी जनजाति महासङ्घलाई अन्तिम पटकका लागि महोत्सव गर्न दिइएको जनाउँदै महोत्सवबाट प्राप्त हुने रकम खेलमैदानको स्तरोन्नतिमा खर्च गरिने जानकारी दिनुभयो । दुवै पक्षसँगको बैठक बसी सहमति निकाल्ने उहाँले बताउनुभयो ।

    नगरप्रमुख न्यौपानेले भन्नुभयो, “मैदान नबिग्रार्ने सहमतिमा आयोजक पक्षले प्रतिबद्धता जनाएकाले अन्तिम पटकका लागि भनेर निर्णय गरेका हौँ । दुवै पक्ष बसेर सहमतिको निकास निकाल्नुपर्छ ।” युवाको माग र भावनामा आफू पनि सहमत रहेको बताउँदै उहाँले मेला/महोत्सवले मैदान आसपासका सरकारी कार्यालयमा समेत असर पारेको स्वीकार गर्नुभयो ।

    शुक्रबार, पुष ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.