काठमाडौं । लुम्बिनी लायन्सले गत उपविजेता सुदूरपश्चिम रोएल्सलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को नयाँ च्याम्पियन भएको छ । यससँगै सुदूरपश्चिम रोएल्स लगातार दोस्रो पटक उपविजेतामै समेटिएको छ ।
Advertisement
फाइनलसँगै लुम्बिनीले पछिल्लो ६ खेलमा लगातार जित हात पारेको छ । कुनै समयमा लिग चरणबाटै बाहिरिने खतरामा पुगेको लुम्बिनीले त्यसपछि सानदार पुनरागमन गर्दै एनपीएलकै उपाधि जितेको हो ।

फाइनलमा कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको साविक उपविजेता सुदूरपश्चिम रोएल्सले १९.१ ओभरमा ८५ रनमै अलआउट भएको थियो । सुदूरपश्चिमले दिएको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभरमै पूरा गर्दै च्याम्पियन बन्यो ।

