वापी । गुजरातको वापि पुर्वस्थित थडपेस थैलो कम्पनिमा लामो समयदेखि काम गर्दै आएका लिलबहादुर थापाको दुर्घटनामा परी उपचारको क्रममा निधन भएको छ । थापा नेपाल घर प्यूठान नपा ३ घुर्चुने निवासी हुन् ।
Advertisement
करिब ४५ वर्षका लिलबहादुर थापा तीन महिना पहिला कम्पनीमा काम गर्दैगर्दा एकासी चक्कर लागेर जमिनमा पलटिदा टाउकोमा गहिरो चोट लागेर बिहोस भएका थिए । उनको कम्पनिले हरिया हस्पिटलमा उपचार गरिरहेको थियो । तर थापाको डिसेम्बर ४, २०२५ का दिन दुःखद निधन भएको छ ।
मृतक थापाको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय महिला बिभाग कि संयोजक बिष्णु माया शर्मा, वापी पुर्ब नगर समितिका अध्यक्ष गन बहादुर राना लगाएत विभिन्न कार्यकर्ताहरूको उपस्थितिमा दमनको गंगा समसान घाटमा दाहसंस्कार गरिएको छ ।