पुना । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुना पूर्व नगर समिति अन्तरगत वाडगाव शेरीमा टोल समिति गठन गरिएको छ ।
भेलामा केन्द्रीय सचिवालय सदस्य गोबिन्द थापा, मध्य पश्चिम भारत क्षेत्रीय समितिका खेमराज राउत र धन बहादुर बिकको विषेश उपस्थिति रहेको थियो । नोवेम्बर २६, २०२५ का दिन सम्पन्न भेलाले भेलामा भारतमा नेपालीहरूको संगठनको आवश्यकता एवं मूल प्रवाहको लक्ष्य उद्वेश्य एवं विधानबारे प्रशिक्षण तथा छलफल गरियो ।
भेलाले संदिप सिंहको अध्यक्षतामा १७ सदस्यीय वाडगाव शेरी एरिया समिति गठन गरिएको छ । जसमाः उपाध्यक्ष विजय बिश्वकर्मा (ए), सचिव धोज बिक, सहसचिव मिना तिरूवा सुनार, कोषाध्यक्ष– लक्ष्मी विश्वकर्मा, सदस्यहरूमा उपेश विश्वकर्मा, जोगराज विश्वकर्मा, बिसाल विश्वकर्मा, सुरेश सिंह, बैकल्पीक सदस्यमा दिपा विश्वकर्मा, देवसरा बिश्व निर्मला, सल्लाकारमा योजना बोगटी, रमेश बोगटी, बिजय बिश्वकर्मा(बि) र लक्ष्मी सिंह रहनु भएको छ ।