भालुवाङ । गोबरडिया काष्ठ तथा फर्निचर उद्योग प्रा.लि. गढवा १ बडहराको आयोजनामा कार्तिक २९ गते देखि मंसिर ३ गते सम्म सञ्चालन भईरहेको दिगो वन व्यवस्थापन सम्बिन्धि तालिमको उद्घाटन शनिवार कात्तिक ३० गते सम्पन्न भएको छ ।
समारोहमा देउखुरी डिभिजन वन कार्यालय लमहिका प्रमुख श्री जीवन पंगेनिको प्रमुख आतिथ्यता रहेको थियो । पंगेनीले आफ्नो उद्घाटन मन्तव्यमा सामुदायिक वन समुहहरूले अत्यन्तै जिम्मेबारीका साथ सक्रिय भई सम्वद्र्वन प्रणालिमा आधारित तरिका अपनाइनु पर्ने बताए । ‘दिगो वन व्यवस्थापन गरेमा प्राकृतिक स्रोतको सहि सदुपयोग हुने र समुहलाई समृद्व बनाउन सकिने पंगेनीको धारणा थियो ।
‘वातावरणिय सहयोगमा पनि टेवा पुग्ने हेतुले लुम्बिनी प्रदेश सरकारको वन तथा वातावरण ऐन लागु भएको छ’ पंगेनीले बताए ।
सोहि उद्घाटन समारोहलाई सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष हरि भुसाल, प्रशिक्षक द्वय विजय जि.सि. र लिलाराज पौडेल, गढवा गा.पा. वडा नं. १ का वडा अध्यक्ष बाबुराम अधिकारी लगाएतले संवोधन गर्नुभएको थियो ।
गोवरडिया काष्ठ तथा फर्निचर उद्योग प्रा.लि. का अध्यक्ष नवराज शर्माको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन सचिव चित्र महतरा क्षेत्री र स्वागत मन्तव्य तिर्थराज ज्ञवालीले गर्नुभएको थियो ।
सो तालिममा गढवा गा.पा. अर्न्तगत सव–डिभिजन वन कार्यालय कालाकाटे अन्तर्गत १३ वटा सामुदायिक वन उपभोक्ता समुहका ८० जना प्रतिनिधिले २ ग्रुपमा प्रशिक्षण लिइरहेका छन् ।