खिमराज चालिसे
रोपड । भारतको पंजाब राज्यको रोपडमा मूल प्रवाहको देउसीभैलो समिक्षा भेला २ नोबेम्बर २०२५ को आईतबार सम्पन्न भएको छ ।
मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य एवं जनजाति नेता बिल बहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न सो समारोहमा मूल प्रवाहका केन्द्रीय परिषद सदस्य मदन थापा, सांस्कृतिक विभागको सदस्य रुपा कार्की, महिला क्षेत्रीय सदस्य तुलसी थापा, वरिष्ठ नागरिक श्यामबहादुर मल्ल, नगर सदस्य एवं सिटी एरिया अध्यक्ष रामचन्द्र शर्मा लगायतको आतिथ्यता रहेको थियो ।
विद्यार्थी संघकि प्रतीक्षा थापा, राधिका सापकोटा, मनिसा, नारायण सापकोटा, मोतिलाल गिरी, स्थानिय कलाकार मुस्कान शर्मा, मिनु बानिया, बिष्णु गिरी, गंगादेबी मल्ल, चन्द्रकला सापकोटा लगायतले आ–आफ्ना विचार राख्नु भएको थियो ।
कार्यक्रम भक्त बहादुर रानाको सञ्चालनमा तथा भिमबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियोे भने स्वागत विष्णु थापाले गर्नुभएको थियो । महिला क्षेत्रिय सदस्य तुलसी थापा, वरिष्ठ नागरिक श्याम बहादुर मल्ल, नगर सदस्य एवं सिटी एरिया अध्यक्ष रामचन्द्र शर्मा लगायतको आतिथ्यता रहेको थियो ।
