• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

  • ६. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ९. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • १०. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

रक्तिमको ४० वर्षे गौरवमय यात्रा


  •   सोमबार, कार्तिक १७, २०८२ मा प्रकाशित
  • हेमराज आश्रम ##

    Advertisement

    पृष्ठभूमि :

    रक्तिमका पूर्व अभियन्ता अम्बिका पुन (काठेखोला–४ तङ्ग्राम, बागलुङ) ले हालै “द भ्वाइस अफ नेपाल” सिजन–७ को पहिलो एपिसोडमा दिइएको केही अभिव्यक्तिको कारण, सामाजिक सञ्जालमा देखिएका केही भ्रम तथा अस्पष्टताको विषयमा स्पष्ट पार्नुपर्ने देखिएको छ । उनले बोलेका सबै कुरा गलत छैनन् तर यही विषयलाई लिएर आफ्‌नो राजनैतिक फाइदाको लागि उपयोग गर्नु गलत हो । म आफै रक्तिममा झन्डै ३० वर्ष योगदान दिँदै हाल महासचिवको जिम्मेवारीमा रहँदाको परिस्थिति र आफ्‌नै भूगोलसित सम्बन्धित रहेर यो प्रसङ्ग आउँदा विषयवस्तुलाई स्पष्ट पार्नुपर्ने आवश्यकता देखियो ।

    रक्तिम सांस्कृतिक अभियानले स्थापनाको ४० वर्ष पार गर्दैछ । रक्तिमले यो चार दशकमा विभिन्न राजनैतिक तथा सामाजिक आयाम देखेको छ । यसले जनजीविका तथा राष्ट्रियता, असमानता र अन्याय, अत्याचार, सुशासन आदिका विषयमा कलासाहित्यको माध्यमबाट स्पष्ट आवाज दिँदै आएको छिपेको विषय होइन ।

    विषयवस्तु :

    प्रारम्भमा नै यो स्पष्ट गर्न चाहन्छु, यहाँ मूलधारको गीत भन्नाले राष्ट्रिय, प्रगतिशील तथा जनवादी गीतसङ्गीतबाहेकका गीतलाई लिइएको छ ।

    जहाँसम्म अन्य गीत गाउन पाइदैनथ्यो भन्ने प्रसङ्ग छ, रक्तिम सांस्कृतिक अभियान शोषित वर्गको पक्षमा समर्पणभावले सञ्चालित अभियान हो । एक हिसाबले भन्दा मुक्ति र परिवर्तनको पक्षमा शिरमा कफन बाँधेर हिँडेको एक अनुशासित र मिलिटयान्ट सङ्गठन हो । यसका अभियन्ताले आफूमा निहित अनेकौँ प्रतिभा गरिबदुखी वर्गका मुक्तिको लागि समर्पण गर्नुपर्छ भन्ने मान्यता राख्दछन् । यो धारणा कतिपय अभियन्ताका लागि अन्यन्तै गाह्रो विषय हो । सोहीअनुरूप यी मान्यताबाट आफूले आफैलाई दीक्षित गर्ने यात्रीले आफ्‌ना सारा प्रतिभा विनास्वार्थ शोषित वर्गप्रति समर्पण गर्ने हो । यो कठिन यात्रामा हिँड्न आँट गर्ने यात्रीमा कहिल्यै पनि यो चाहना हुँदैन, मैले मूलधारका गीत पनि गाऊँ भनेर ।

    अर्को कुरा, हरेक सङ्गठनको आआफ्‌नै नियम हुन्छन् । उनीहरू सो सङ्गठनमा रहँदासम्म स्वतन्त्र हुँदैनन् । यो सङ्गठनको सामान्य नियम हो ।

    कलाकारहरू स्वतन्त्र हुनुपर्छ :

    सारमा हामी स्वतन्त्र हौँ भन्ने मान्यता आफैमा भ्रम हो । खासमा कुनै पनि मान्छे स्वतन्त्र हुँदैन । कुनै न कुनै पक्षको पक्षपोषण गरेकै हुन्छ । राजनीतिजस्तै कलाको विषयमा पनि विश्व दुई ध्रुवमा बाँधिएको छ । एउटा पक्षले ‘कला मात्र कलाको लागि’ भन्ने मान्यता राख्छ भने अर्को पक्षले ‘कला समाज या मानवताको लागि’ अर्थात् परिवर्तनको लागि भन्ने मान्यता राख्दछ । पहिलो मान्यता पुँजीवादी मान्यता हो भने दोस्रो मान्यता समाजवादी हो ।

    दोस्रो मान्यता रक्तिमको हो । शोषक वर्गले कलाले मनोरञ्जन मात्र दिनुपर्छ, कोही कुनै कुराको पनि विरोध गर्नुहुँदैन, कलाकार कतै पनि सङ्गठित हुनुहुँदैन भनेर स्रष्टाको मतिभ्रष्ट गरिदिन्छ र सोहीअनुरूप वातावरण बनाउँछ र स्रष्टालाई उपयोग गर्दै विभिन्न आर्थिक लाभ पनि दिन्छ । फलस्वरूप उसलाई सङ्गठित भएको मन पर्दैन किनभने सङ्गठनको रापतापमा उसको शोषण टिक्न सक्दैन । उसको साम्राज्य टिक्न सक्दैन तर रक्तिमले त्यो कुरा मान्दैन । कलाले शोषणको कुरा बोल्नुपर्छ, अन्याय, अत्याचार तथा असमानताको पोल खोल्नुपर्छ भन्दै जनतामा विद्रोहको चेतना भर्ने काम गर्दछ । त्यसैले कलाकार स्वतन्त्र हुनुपर्छ भन्ने मान्यता शोषक तथा पुँजीपति वर्गको आदर्श हो भने कलाकारले अन्यायको विरोधमा पनि सिर्जना गर्नुपर्छ भन्ने मान्यता शोषित वर्गको आदर्श हो, जुन रक्तिमको मुख्य सिद्धान्तजस्तै हो । स्वतन्त्र हुनुपर्छ भन्ने शोषक वर्गको भ्रमजाल मात्र हो ।

    ‘म पार्टीबाट निकालिएँ’ :

    यस विषयमा अम्बिकाजीको गलत बुझाइ हो । उहाँ रक्तिममा हिँड्दा सानै हुनुहुन्थ्यो । कुनै ठुलो जिम्मेवार पदमा नभएर कलाकारको भूमिकामा मात्र हुनुहुन्थ्यो । कलाकारलाई कुनै गम्भीर प्रकारको कारबाही हुने कुरा भएन ।

    उहाँले मूल धारको गीत गाउन सुरु गरेको मेरो विचारमा १०/१२ वर्ष अघिबाटै हो । यसमा रक्तिमको कुनै गुनासो छैन । यो व्यक्तिगत स्वतन्त्रताको कुरा पनि हो । अहिले धेरै कलाकार छन्, जो रक्तिम पृष्ठभूमि भईकन पनि मूलधारको गीत गाउँछन् तथापि रक्तिमप्रति मिठो सहानुभूति राख्दछन् ।

    रक्तिम पृष्ठभूमिका कलाकार :

    रक्तिमले आफ्‌नो ४० वर्ष लामो गौरवमय जीवनमा हजारौँ कलाकार तयार गरेको छ । गायन, नृत्य, वादन, अभिनय, साहित्य आदि अनेकौँ विधामा हजारौँ कलाकारले रक्तिममा योगदान दिइसक्नुभएको छ । विविध कारणले गर्दा सबै कलाकारले जीवनको अन्त्यसम्मै रक्तिममा योगदान दिने भन्नु सम्भव पनि हुँदैन । अहिले पनि आफ्‌नो साङ्गीतिक यात्रामा कतिपय साथीहरूले मूलधारको सङ्गीतको क्षेत्रमा काम गरिरहनु भएको छ । यसलाई हामीले नराम्रो कार्यको रूपमा पनि लिँदैनौँ ।

    अहिले नेपाली सङ्गीत बजारमा धेरै कलाकार भेटिन्छन्, जसको पृष्ठभूमि रक्तिम सांस्कृतिक अभियान थियो । त्यो रक्तिमको लागि गर्वको विषय पनि हो । आशिष अविरल, शङ्कर बिसी, सौगात सायर, योगेश काजी, कमल सौराग, नवीना केसी, झलक सङ्गीतम, विश्वास नेपाल, तारानाथ आचार्य, केशु पुन, प्रेमा राना, स्वयम् अम्बिका पुन आदि राष्ट्रियस्तरका कलाकारले मूलधारको सङ्गीतमा बलियो उपस्थिति जनाइरहनु भएको छ ।

    यसको अर्थ यो होइन, उहाँहरू रक्तिमको शत्रु हो । उहाँहरूको रक्तिमसँग गहिरो नाता वा साइनो छ । गहिरो सहानुभूति र गर्वको कुरा अहिले पनि गर्नुहुन्छ । उहाँहरू भन्नुहुन्छ– ‘रक्तिमले मलाई पूरा समाज पढायो, जीवन पढायो, नैतिकता र इमानदारिता पढायो, मिहिनेत र प्रतिबद्धता सिकायो र त्यसैको जगमा म यो ठाउँमा छु ।’ यो रक्तिम सांस्कृतिक अभियानका लागि सुन्दर पक्ष हो ।

    स्वतन्त्र भए नाम दाम कमाउने प्रसङ्ग :

    यो विषय सत्य हो । माथि चर्चा गरेझैँ शोषक वर्गको विरोध नगरेर गीत गाउँदा उनीहरूले हामीलाई विविध प्रकारका अवसर दिन्छन् । पुरस्कृत गर्छन् । सेलिब्रेटी बनाइदिन्छन् । सञ्चारमाध्यममा हेडलाइन बनाइदिन्छन् ।

    स्वतन्त्र कलाकारहरू व्यक्तिगत रूपमा त सम्पन्न नै होलान् तर उनीहरूको गीतले जनता, समाज र देशलाई कहिल्यै मुक्ति दिँदैनन् । जनतामा कहिल्यै नयाँ चेतना दिँदैनन् । त्यसको परिणाम जनताले सयौँ वर्ष दुःख सहिरहनुपर्ने हुन्छ । त्यसै प्रकारले रक्तिमका कलाकारलाई कहीँ कतैबाट त्यस्तो प्रकारका लाभ प्राप्त हुँदैन किनकि हाम्रो कलाले शोषण, दमन, असमानता, विभेद आदिको विरोध गरेको हुन्छ । त्यसले सत्ताधारीले हामीलाई जेलनेल दिन्छन् ।

    हाम्रा साथी त जनता हुन् । हामी तिनै भोकानाङ्गा जनताका गीत गाउँछौँ । हामी भोकाएकाको वेदनालाई सारङ्गीको धुनसँगै रेटेर हिँड्छौँ । हामीलाई थाहा छ, भोकानाङगा जनतासँग केही पनि छैन, छ त केवल एक मुठी सातु । जनतामाझ एक मुठी सातु खाएर गाउँदागाउँदै, नाँच्दानाँच्दै रक्तिम ४० वर्षे भइसकेछ । हामीलाई यसैमा आनन्द छ । यसले अझै सयौँ वर्ष गाउनुपर्नेछ, जबसम्म समाजमा शोषण रहन्छ, जबसम्म अन्याय र अत्याचार रहन्छ ।

    सोमबार, कार्तिक १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

    • ६.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.