गलकोट (बागलुङ) । बागलुङको गलकोट नगरपालिका वडा नम्बर ९ रिस्मीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
रिस्मी युवा समाज गलकोटको आयोजनामा २०८२ असोज १५ गते सो कार्यक्रम सम्पन्न भएको हो ।
नजिकिँदै गरेको बडादसैँ, तिहार र छठपर्वको अवसरमा सो कार्यक्रम आयोजना गरिएको आयोजनले जानकारी दिएको छ ।
कार्यक्रममा वडा नम्बर ९ का वडासदस्य नारायण सापकोटा, महिला वडासदस्य लक्ष्मी सापकोटा, लक्ष्मीनारायण आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेदिलाल सापकोटा, विष्णु आधारभूत विद्यालयका प्रधानाध्यापक प्रेमसागर सापकोटा, गलकोट माध्यमिक विद्यालयका शिक्षक सोमलाल सापकोटा, समाजका पूर्व अध्यक्ष एवम् सल्लाहकार दानबहादुर सापकोटालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम समाजका अध्यक्ष राजेन्द्र सापकोटाको अध्यक्षता, कोषाध्यक्ष भूवन सापकोटाको स्वागत र सचिव गणेश सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।
