नयाँदिल्ली । बंगलादेशी नागरिकहरू पछि अब भारतमा रहेका नेपाली मूलका नागरिकलाई चेकजाँचको नाममा सताउन थालिएको छ । कैयौँ नेपालीहरूसँग भारतीय पहिचान पत्रसँग सम्बन्धित कागजात बरामद भएका समाचारहरू पनि बाहिर आइरहेका छन् ।
केही दिन पहिला प्रहरीले नेपाली मूलका नागरिकको हैदराबादको ठेगानामा बनाइएको आधार कार्ड र मतदाता परिचय पत्र बरामद गरेको छ । प्रहरीले आरोपी युवकको साथबाट नेपालसँग सम्बन्धित पहिचान कागजात पनि बरामद गरेको छ । प्रहरीले घटनामा (एफआइआर) दर्ता गरी अनुसन्धान सुरु गरेको छ । साथै यी कागजात कसरी र कसको सहयोगमा बनाइएका थिए भन्ने जानकारी जुटाइरहेको छ । युवक पक्राउ गरी आधार र निर्वाचन आयोगलाई पत्र लेखिए बताइको छ ।

यसको जानकारी जुटाउन आधार कार्ड कार्यालय र निर्वाचन आयोगलाई पत्र लेखेर सहयोग मागिएको छ । प्रहरी उपाधीक्षक विचित्र वीरले बताए अनुसार, १५ सेप्टेम्बरमा नेपालबाट आउने फ्लाइटबाट एक यात्री इन्द्रगान्धी अन्तर्राष्ट्रिय एयरपोर्टमा पुगेका थिए । नेपाली मूलका डंबर बहादुर माजी इमिग्रेशनमा जाँचको लागि पुगेको बेला उनको साथमा भारतीय कागजात भएको पत्ता लागेको थियो ।