• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

वीरगञ्ज भन्सारबाट अत्यावश्यक वस्तुको जाँचपास थालियो


  •   शुक्रबार, भदौ २७, २०८२ मा प्रकाशित
  • वीरगञ्ज (पर्सा) । समूहको प्रदर्शनी र आन्दोलनका कारण देशमै  सबैभन्दा धेरै राजस्व सङ्कलन गर्ने वीरगञ्ज भन्सार कार्यालयको सेवा प्रवाह दुई दिन ठप्प हुँदा अर्बाैं राजस्व सङ्कलनमा नोक्सान बेहोर्नु परेको छ ।

    Advertisement

    दैनिक औसतमा रु ७२ करोड राजस्व सङ्कलन गर्ने कार्यालयको गत मङ्गलबार र बुधबार दुई दिन राजस्व सङ्कलन लगभग ठप्प भयो । बिहीबारदेखि भने अत्यावश्यक पेट्रोलियम पदार्थ र औषधिजन्य वस्तुको भन्सार जाँचपास प्रक्रिया सुरु भएको छ ।

    भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले आन्दोलनका कारण कार्यालयमा मानवीय र भौतिक क्षति नभएकाले काम गर्न सहन भएको बताउनुभयो ।  “जेनजी समूहको प्रदर्शन र आन्दोलनका कारण मङ्गलबार र बुधबार दुई दिन भन्सार जाँचपासको काम लगभग ठप्प जस्तै रह्यो”, उहाँले भन्नुभयो, “बिहीबार भने अत्यावश्यक पेट्रोलियम पदार्थ, ग्यासका बुलेट र औषधिजन्य पदार्थको जाँचपासको काम भएको छ । बिहीबार मात्रै करिब रु १० करोड भन्सार राजस्व सङ्कलन भएको छ ।”

    प्रमुख भन्सार प्रशासक ज्ञवालीले आज बिहानदेखि अत्यावश्यक वस्तुको जाँसपास प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । पहिलेकै अवस्थामा फर्किन केही समय लागे पनि नियमित काम गरिने उहाँले बताउनुभयो ।

    प्रमुख भन्सार प्रशासक ज्ञवालीले शुक्रबारदेखि भने अत्यावश्यक सामान, बारा र पर्सामा जाने औद्योगिक वस्तु तथा सामानको पनि भन्सार जाँचपास प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो । “हाम्रो एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाहमा आएका मालवाहक समानलाई सुरक्षित राखेका छौँ ।

    स्थानीय प्रशासनले जाँचपास भएका मालवाहक सवारीसहितको समानलाई लैजाने सुरक्षा प्रत्याभूति गर्छ भने हामीले सबै खालका सामान पठाउन तयार छौँ”, उहाँले भन्नुभयो, “अहिले भन्सार कार्यालयमा केही आपूर्तिकर्ता आ–आफ्नो मालसमानको भन्सार जाँचपास  प्रक्रिया अघि बढाउन आइरहनुभएको छ ।”

    भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई गत आव २०८१/८२  मा रु दुई खर्ब १८ अर्ब ९५ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो, तर लक्ष्यको ८० दशमलव ३५ प्रतिशत अर्थात् रु एक खर्ब ७५ अर्ब ९३ करोड राजस्व सङ्कलन गरेको थियो । यद्यपि, कार्यालयले अघिल्लो आव २०८०/८१ मा भने रु दुई खर्ब ४५ अर्ब ८८ लाख ५० हजार ८१ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । त्यस अवधिमा रु एक खर्ब ५७ अर्ब ४० करोड ३१ लाख २८ हजार रकम मात्र राजस्व सङ्कलन भएको थियो ।

    विभागले सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई गत आव आव २०८१÷८२  मा रु ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । त्यस अवधिमा रु ४९ अर्ब ८२ करोड राजस्व सङ्कलन गरेको छ ।

    विभागले अघिल्लो आवमा भने सुक्खा बन्दरगाहलाई रु ६५ अर्ब ९४ करोड एक लाख २२ हजार राजस्व लक्ष्य निर्धारण गरेकामा रु ४७ अर्ब ३१ करोड एक लाख ९० हजार सङ्कलन गरेको छ । चालु आवको साउन १ गतेदेखि भन्सार कार्यालय र सुक्खा बन्दरगाह भन्सार कार्यालय गाभिएर सेवा प्रवाह गर्दै आइरहेका छन् । चालु आवको साउन महिनामा गाभिएका दुवै भन्सार कार्यालयले रु १८ अर्ब ३९ करोड ६७ लाख राजस्व सङ्कलन गरेका छन् ।

    कार्यालयका अनुसार चालु आवको साउन महिनामा लक्ष्यको ८७  दशमलव ६८ प्रतिशत राजस्व सङ्कलन भएको छ । साउनमा रु २० अर्ब ९८ करोड २१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो । कार्यालयले गत आवको साउन महिनामा रु १५ अर्ब ९२ करोड राजस्व सङ्कलन गरेको  जनाएको छ । त्यसबेला रु दुई खर्ब ७३ अर्ब ३९ करोड ४८ लाख राजस्व सङ्कलन लक्ष्य निर्धारण गरिएको थियो ।

    शुक्रबार, भदौ २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.