काठमाडौँ । गोङ्गबु टाउन प्लानिङ क्षेत्रमा लुटपाटप्रयास गर्ने एक जनालाई स्थानीयवासीले समातेका छन् ।
Advertisement
२०८२ भदौ २७ गते शुक्रबार बिहान लुटपाट गर्दै गरेका एक जना चोरलाई उनीहरूले आफ्नो कब्जामा लिएका हुन् ।
सोही क्षेत्रमा होटल व्यवसाय गरिरहनुभएका दिवाकर सुवेदीका अनुसार बिहान ८ बजे ती चोरलाई स्थानीयवासीले समातेका छन् ।
‘बिहानै तीन जना मधेसी मूलका जस्ता देखिने चोरहरूले स्थानीय सुभाष खड्काको घरबाट गाग्री चोरेर लैजाँदै गरेको देखेपछि मर्निङवाकमा हिँडेका स्थानीयले ती चोरलाई छोपे । त्यसमध्ये दुई जना भाग्न सफल भए’ खड्काले युगदर्शनसित भन्नुभयो ।
स्थानीयवासीले स्थानीय प्रहरीलाई खबर गरेका छन् तर यो समाचार तयार पार्दासम्म प्रहरी आइसकेको छैन ।
सुवेदीका अनुसार ती चोरलाई हाल टाउन प्लानिङको कार्यालयमा राखिएको छ । चोरको नामठेगाना खुलिसकेको छैन ।
