• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

परम्परागत थारु पहिरन बिक्री गरेर जीविका चलाउदै चौधरी


  •   सोमबार, भदौ २३, २०८२ मा प्रकाशित
  • कञ्चनपुर । कैलालीको धनगढी उपमहानगरपालिका–७ जोखरतालका सुुशील चौधरी विगत एक दशकदेखि थारु समुदायका महिलाले लगाउने परम्परागत पहिरन बिक्री गर्दै आउनुभएको छ । उहाँ कञ्चनपुरका थारु बस्ती—पिपलाडी, बेलौरी, लालपुर, देखतभूली, जाई, बञ्जरिया, शान्तिपुरलगायतका क्षेत्रमा पुगेर बिक्री गर्नुहुन्छ । उहाँले थारु महिलाको परम्परागत लेहङ्गा, चोल्या, मादलमा लगाउने झालर तथा पुरुषले लगाउने धोती बेच्ने गर्नुहुन्छ । उहाँका अनुसार सामान्य समयमा थोरै बिक्री भए पनि दसँैं, तिहार लगायतका चाडपर्वका बेला बिक्री निकै बढ्छ । महिनामा रु ३० हजारदेखि ४० हजारसम्मको आम्दानी हुने उहाँ बताउनुहुन्छ ।

    Advertisement

    चाडपर्वमा भने आम्दानी तेब्बर हुन्छ । उहाँकी श्रीमती रुपा चौधरीले यी परम्परागत पोसाक तयार गर्ने गर्नुहुन्छ । रुपाले छ महिनाको सिलाइकटाइ तालिम लिएर थारु महिलाका लागि विशेष पहिरन बनाउँदै आउनुभएको छ । उहाँका अनुसार, लेहङ्गा र चोल्या बनाउन तीनदेखि पाँच दिनसम्म लाग्छ । पहिरन बनाउन सितारा, कटौती, गोठ, नेफा, टुना जस्ता कलात्मक डिजाइन र रङ्गीचङ्गी कपडा प्रयोग गरिन्छ ।

    सामान्य लेहङ्गा बनाउन करिब रु तीन हजार पाँच सय लागत पर्छ, भने बुट्टावाला लेहङ्गामा रु छ हजार पाँच सय लागत लाग्छ । ती लेहङ्गा क्रमशः रु चार हजार पाँच सय सात हजार पाँच सयमा बिक्री हुन्छन् । त्यस्तै, तीन सय लागतमा तयार हुने चोल्या पाँच सयदेखि सात सयमा बिक्री हुन्छ भने तीन सयमा तयार हुने धोती भने पाँच सयमा बिक्री हुने गरेको छ ।

    रुपाले बजारको अवस्था हेरेर र मागअनुसार चोल्या र लेहङ्गा तयार गर्ने बताउनुभयो । अरु बेला अन्य महिलाका कपडा जस्तै लेडिज सुट, ब्लाउज, पेटिकोट, मेक्सी पनि सिलाइ गर्ने कार्य उहाँले गर्दै आउनुभएको छ । चौधरी दम्पतीले हाल परम्परागत तथा आधुनिक कपडा तयार गर्ने पसलमा झण्डै रु १२ लाख लगानी गरेका छन् ।

    सुशीलले तयारी कपडा बेच्ने कार्यसँगै फुर्सदमा प्लम्बरको काम गरेर अतिरिक्त आम्दानी गर्दै आउनुभएको छ । चौधरी दम्पतीले कपडा व्यवसायबाट वार्षिक झण्डै रु छ लाख जति आम्दानी गर्दै आएका छन् ।

    उहाँका अनुसार थारु महिलाले मात्र लेहङ्गा–चोल्या लगाउने भएकाले चाहेजति बिक्री सम्भव हुँदैन । त्यसैले अन्य तयारी पोसाक सिलाइको गरेर जीविका चलाउनुपर्ने बाध्यता छ । “सिलाइकटाइ र परम्परागत कपडाको आम्दानीले परिवारको घरखर्च जेनतेन धानेको छ,” उहाँले भन्नुभयो ।

    सोमबार, भदौ २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    जेनजीले दिएको अविस्मरणीय घाउ : रेट्रोफिट हुन नसक्ने भएपछि सङ्ग्रहालय बनाइँदै
    मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
    सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र संकटमा : श्रेष्ठ
    मल किन्न भारत गएका दुई नेपाली २२ दिनदेखि भारतीय जेलमा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.