बुटवल । रुपन्देहीको प्रतिनिधिसभा क्षेत्र नं. ३ मा राष्ट्रिय जनमोर्चाले निर्वाचितकेन्द्रित भेला सम्पन्न भएको छ ।
राजमो रुपन्देही जिल्ला समितिका अध्यक्ष तानबहादुर केसीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीको प्रमुख आतिथ्य २०८२ भदौ १६ गते सोमबार सो कार्यक्रम सम्पन्न भएको हो ।
भेलाको उद्घाटन प्रमुख केसीले गमलामा पानी सिञ्चन गरेर गर्नुभएको थियो ।
भेलामा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको विशिष्ट आतिथ्य रहेको थियो ।
सो अवसरमा प्रशिक्षण दिँदै उहाँले अहिले देश अत्यन्तै कठिन स्थितिबाट गुज्रिरहेको बताउनुभयो ।
‘यो स्थितिबाट पार पाउन नीतिगत र सैद्धान्तिक रूपले स्पष्ट पार्टीको आवश्यकता छ’ उहाँले भन्नुभयो ।
चुनावलाई सैद्धान्तिक र राजनीतिक रूपले विचार गर्नुपर्ने आवश्यकतामा जोड दिँदै उहाँले क्रान्तिकारीहरूले जहिले पनि आमूल परिवर्तनलाई मध्यनजर गरेर तात्कालिक नीति तय गर्ने गरेको बताउनुभयो ।
‘दीर्घकालीन लक्ष्यलाई ध्यानमा राखेर चुनाव उपयोग वा बहिष्कार के गर्दा क्रान्ति र जनताको मुक्ति हुन्छ, त्यही रूपमा उपयोग गर्नुपर्छ’ उहाँले भन्नुभयो ।
रुपन्देही ३ नम्बर क्षेत्रको उपचुनावले राष्ट्रिय महत्त्व राख्ने बताउँदै उहाँल कुन पार्टी ठुलो छ वा सानो भन्ने कुराको निर्क्योल सङ्ख्याले गर्ने नभएर जुन पार्टीले नीतिसिद्धान्त र विचार सही लिन्छ, त्यही पार्टी नै असली रूपमा सही वा ठुलो हुने बताउनुभयो ।
‘सङ्ख्यात्मक रूपमा ठुलो पार्टी हुँदैमा यदि त्यसले गलत नीति लिएको छ भने त्यसको कुनै मायने हुन्न’ उहाँले भन्नुभयो– ‘जनताको आधारभूत समस्या समाधानका लागि जनवादी क्रान्ति सम्पन्न गर्नु हाम्रो तात्कालिक लक्ष्य हो । त्यसलाई प्राप्त गर्न हामीले सही क्रान्तिकारी कार्यनीति अवलम्बन गर्नुपर्दछ ।’
उहाँले थप्नुभयो– जनताको चेतना उठाउन सङ्घर्षको लागि वातावरण तयार गर्न, राजनीतिक भण्डाफोर गर्न, सङ्गठन विस्तार गर्न उपयोग गरेको खण्डमा मात्रै जनआधार तयार हुनेछ ।’
भेलालाई प्रमुख अतिथि चित्रबहादुर केसी, महासचिव मनोज भट्ट, राजमो केन्द्रीय सल्लाहकार आनन्द शर्मा र राजमो केन्द्रीय सल्लाहकार तथा क्षेत्र नं. ३ का उम्मेदवार बद्रे आलमले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा राजमो केन्द्रीय कार्यकारी अध्यक्ष रश्मिराज नेपाली, राजमो उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल, राजमो केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सांसद तारा थापा, राजमो केन्द्रीय सल्लाहकार चन्द्रबहादुर केसी, अखिल नेपाल बुद्धिजीवी सङ्घका सचिवालय सदस्य दुर्गानाथ खरेल र कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्यको आतिथ्य रहेको थियो ।
भेलाको सञ्चालन नेकपा (मसाल) रुपन्देहीका प्रवक्ता लालचन्द पन्थले र स्वागत राजमो रुपन्देही उपाध्यक्ष इन्दिरा ज्ञवालीले गर्नुभएको थियो ।
विभिन्न समिति गठन
भेलाले चेतनाथ आचार्य संयोजक रहनुभएको निर्वाचन परिचालन मूल समिति गठन गरेको छ । समितको सदस्यमा बद्रे आलम, टानबहादुर खत्री, शिवराम घिमिरे, लालचन्द पन्त, हीरालाल धामी, लीलबहादुर केसी, गणेश गौतम र लीलाराम खनाल रहनुभएको छ ।
प्रचारप्रसार समितिको संयोजक टानबहादुर केसी तथा सदस्यमा इन्दिरा ज्ञवाली, कृष्णप्रसाद पोख्रेल, गोपाल गैरे, गोपालप्रसाद बन्जाडे, लालबहादुर क्षेत्री, लीलावल्लभ खनाल, कृष्णबम मल्ल, हीरालाल धामी, एमबी कुँवर, कविराम भट्टराई, भीमबहादुर सुवेदी, भानु केसी, नरबहादुर केसी, रामकिसुन बानिया, सगीर आलम, श्याम कहार, लीलबहादुर केसी, भीम कुँवर, हेमन्तदास कुर्मी, सुनिताकुमारी कुर्मी, रेनु सुवेदी, लालचन्द पन्थ, गणेश गाौतम, गङ्गालाल सापकोटा, ढुण्डीराज शर्मा, भीमलाल न्यौपाने, प्रजापति सापकोटा, भुमा खनाल र माधव भुसाल रहनुभएको छ ।
त्यस्तै समितिमा नरबहादुर थापा, तुलसी उपाध्याय, रुकबहादुर पराजुली, विष्णु पराजुली, कृष्ण बराइली, विष्णु श्रीनेत, नरेन्द्रराज श्रीनेत, शिवराम घिमिरे, कविराज गिरी, सरिता जिसी, कमला बन्जाडे, विष्णु थापा, रामचन्द्र न्यौपाने, रामचन्द्र पौडेल, उमलाल बन्जाडे, पदम श्रेष्ठ, शशि पौडेल, कृष्णबहादुर पर्छाई, नारायण पुन, मेघबहादुर जिसी, भोला भुसाल, ज्ञानु पाण्डे, मिलन पोख्रेल, शङ्कर पोख्रेल, श्यामलाल पोख्रेल, इन्दल केवट, सानुवरी केवट, रज्जाक हुसेन, यमबहादुर परियार, खगेश्वर गिरी, मनबहादुर नेपाली, दुर्गा कुँवर, भीमबहादुर रायमाझी, दिलबहादुर नेपाली, धनु पाण्डे, पुरुषोत्तम कँडेल, हरि केसी, जितबहादुर विक, भोजराज विक, धनकुमारी थापा, भीमबहादुर थापा र हरि केसी सदस्य रहनुभएको छ ।
एवम् प्रकारले लक्ष्मी कुँवर, जयश्वर रेग्मी, कुलचन्द्र शर्मा, सागरजङ्ग एमसी, कल्पना क्षेत्री, अविनास खड्का, माधव विक, पूजा थापा, लक्ष्मी बन्जाडे, आफताब आलम, किरण सुनार, एरिना विक, सन्दीप विक, खगेश्वर भुसाल, हर्क टन्डन, उमा न्यौपाने, हरि राहडी, तुलसीराम खनाल, कल्पना मल्ल, तुलबहादुर गाहा, प्रेमलाल पुरी, नारायणदत्त उपाध्याय, धनञ्जय पोखरेल, रामबहादुर बस्याल, नन्दु पोखरेल, कोषप्रसाद शर्मा, दिलप्रसाद श्रेष्ठ, रामप्रसाद खनाल, लेमप्रसाद बन्जाडे, एकराज रिजाल, प्रेम आचार्य, माधव भुसाल, यमबहादुर अर्गेजामगर, मीना केसी, रनमया परियार, रेशम घिमिरे, यज्ञप्रसाद उपाध्याय, दीपक बस्नेत, दीपक योगी, गुनकुमारी रेस्मी, बलबहादुर रेश्मी, शेरबहादुर थापा, चन्द्रबहादुर छन्तेल, विमला खड्का, बसन्ता आचाय, प्रेम चालिस,े रामबहादुर विक र लेटबहादुर विक सो समितिको सदस्य रहनुभएको छ ।
एवम् रीतले राजेन्द्र आचार्य, वेदकली भण्डारी, तिलक खनाल, दिनेश पोखरेल, हुमकान्त अधिकारी, खडकबहादुर महत, भीम पौडेल, मुक्ति सापकोटा, बागवीर पुन, गामुध्वज मल्ल, दुर्गा काउचा, तारा थापा, कृष्णबहादुर हिताङ, विष्णु घिमिरे, देवी आचार्य, प्रेम पन्थ, विष्णु विक, हुमाकान्त न्यौपाने, दयानिधि पौडेल, माया खनाल, गीता बन्जाडे, फर्सुराम बन्जाडे, लक्षमी भुसाल, रेणु सिंह, कोपिला आचार्य, सीता खनाल बस्नेत, कमला केसी, केसर राना, लालबहादुर बुढाथोकी, विष्णु विक, अमृता पुन, मीरा पुन, सन्तबहादुर सुनार, झोकबहादुर रायमाझी, प्रेम शर्मा, गनिराम बिसी र जीवलाल भट्टराई पनि सदस्य रहनुभएको छ ।
भेलाले आर्थिक समितिको संयोजकमा ढुण्डीराज शर्मा तथा सदस्यमा लीलबहादुर केसी, गणेश गौतम, कविराम भट्टराई, रुकबहादुर पराजुली र पदम श्रेष्ठ रहनुभएको छ ।
त्यस्तै सूचना तथा सञ्चार सम्प्रेषण संयोजन समितिको संयोजकमा लिलबहादुर केसी तथा सदस्यमा सुमन अधिकारी, श्यामलाल पोखरेल, शङ्करप्रसाद पोखरेल, हीरालाल धामी, कृष्णबम मल्ल, गङ्गालाल सापकोटा, वीरेन्द्र कुँवर र सुरेन्द्र रेग्मी रहनुभएको छ ।
भेलाले उपनिर्वाचन अवधिभरि नियमित वा आंशिक रूपमा खट्ने साथीहरूको नामावली तयार गरेको बताइएको छ ।
त्यस्तै भेलाले विभिन्न स्थानमा निर्वाचनकेन्द्रित भेला तथा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न गर्ने आयोजकले जनाएको छ ।
