• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

सुदूरपश्चिमको विकासमा लगानी गर्न आह्वान


  •   शुक्रबार, भदौ १३, २०८२ मा प्रकाशित
  • काठमाडौँ । पर्यटकीय दृष्टिकोणले ‘भर्जिन ल्यान्ड’ का रूपमा रहेको सुदूरपश्चिममा लगानीका लागि सरोकार भएकाहरूले आह्वान गर्नुभएको छ । सुदूरपश्चिम  प्रदेश लगानी तथा विकास सम्मेलनको पूर्वसन्ध्यामा सुदूरपश्चिम सरकारसँगको आयोजना र नेपाल पर्यटन बोर्डको सहकार्यमा आज यहाँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा वक्ताहरूले सुदूरपश्चिममा लगानीकमा लागि आग्रह गर्नुभएको हो ।

    Advertisement

    पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले सुदूरपश्चिमको पर्यटकीय पूर्वाधारमा लगानीका लागि आह्वान गर्नुभयो । उहाँले त्यहाँ लगानीको वातावरण बनाउन सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी नी िनिर्माण र योजना कार्यान्वयनमा ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो ।

    पर्यटनमन्त्री पाण्डेले भन्नुभयो, “सुदूरपश्चिम पर्यटक आकर्षणका मुख्य आधार प्रकृति, संस्कृति र साहसिक यात्राको सम्मिश्रण भएको प्रदेश हो । त्यहाँ थुप्रै पर्यटकीय सम्भावना उजागर भइरहेका छन् । यस लगानी सम्मेलनमार्फत सुदूरपश्चिमका पर्यटकीय पूर्वाधारमा लगानी गर्न लगानीकर्ताहरूलाई आह्वान गर्दछु ।”

    उहाँले लगानी सम्मेलनका लागि निजी क्षेत्रलाई विश्वासमा लिने र लगानीको वातावरण सिर्जना गर्न कानुनी उल्झन समाधान गर्ने र लगानीमैत्री नीति बनाउनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सुदूरपश्चिको पर्यटन विकासका लागि सुदूरपश्चिममा नेपाल पर्यटन बोर्डको कार्यालय यही वर्ष स्थापना गर्न बजेट विनियोजन गरिएको पनि मन्त्री पाण्डेले जानकारी दिनुभयो ।

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार निजी क्षेत्रलाई लगानीका लागि स्वागत गर्न आतुर रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हामी सुदूरपश्चिमका सम्भावनालाई लगानी सम्मेलनमार्फत राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन चाहन्छौँ । यसका लागि स्वदेशका निजी क्षेत्रलाई लगानीका लागि आवश्यक कानुनी तथा लगानी सुरक्षाको ग्यारेन्टी गर्न सरकार प्रतिबद्ध छ ।”

    मुख्यमन्त्री शाहले लगानी सम्मेलनमा सहभागी हुन र त्यहाँका सम्भावनाको अध्ययन गर्दै लगानी गर्न आह्वान गर्नुभएको हो । सुदूरपश्चिममा आगामी मङ्सिर १ र २ गते धनगढीमा लगानी सम्मेलन आयोजना हुने भएको छ । यसै सन्दर्भमा विभिन्न विधामा लगानीका लागि प्रदेश सरकारले विभिन्न निकायसँग छलफल गरिरहेको उहाँले बताउनुभयो ।

    कार्यक्रममा सुदूरपश्चिम सरकारका तर्फबाट सुदूरपश्चिममा पर्यटकीय सम्भावना र लगानीको वातावरणको स्थितिबारे प्रदेश नीति तथा योजना आयोगका सदस्य नृपबहादुर सुनार र लगानी तथा विकास सम्मेलन परियोजना विज्ञ दिलिप भट्टले प्रस्तुतीकरण गरिएको थियो । अन्तरक्रियामा होटल सङ्घका अध्यक्ष विनायक शाहले सुदूरपश्चिममा लगानीको प्रचुर सम्भावना रहेको भन्दै लगानीको वातावरण बनाइनुपर्नेमा जोड दिनुभयो ।

    नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ)  दीपकराज जोशीले सुदूरपश्चिममा पर्यटन विकासका लागि एकीकृत ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

    नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) का महासचिव युविकाराज भण्डारी, नेपाल पर्वतारोहण सङ्घका उपाध्यक्ष ठाकुरराज पाँडे, सिद्धार्थ होटल एन्ड ग्रुप अफ कम्पनीका कार्यकारी निर्देशक कृष्ण न्यौपाने, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का महासचिव रामप्रसाद सेढाईं, नेपाल उद्योग परिसङ्घको पर्यटन समिति सभापति पम्फा धमला, नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज् (नारा) का महासचिव देवराज जोशीलगायत पर्यटन सम्बद्ध निकायका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

    कार्यक्रममा पर्यटनसम्बन्धी सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरूले सुदूरपश्चिममा लगानी गर्न आफूहरू तयार रहे भए पनि सरकारले आवश्यक नीति र लगानीको क्षेत्र पहिचान गर्नुपर्ने सुझाव दिनुभएको थियो ।

    सरकारले पछिल्लो समय सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमालहरूको आरोहण दुई वर्षका लागि निःशुल्क गरेको छ । सुदूरपश्चिमको धनगढी विमानस्थलको स्तरोन्नति र कञ्चनपुर विमानस्थल निर्माणको अन्तिम चरणमा रहेको जानकारी दिइयो । छलफलमा सुदूरपश्चिम धार्मिक दृष्टिले पनि पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्दै लगानीका लागि आह्वान गरिएको छ ।

    शुक्रबार, भदौ १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.