• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

सामुदायिक वनः ग्रामीण विकासका आधार


  •   बिहिबार, भदौ १२, २०८२ मा प्रकाशित
  • अर्घाखाँची । जिल्लाको शितगङ्गा नगरपालिकाले सामुदायिक वनमार्फत गाउँलाई हरित, विकसित र आत्मनिर्भर बनाइरहेको छ । सामुदायिक वनले सामाजिक उत्थान, रोजगारी सिर्जना, पूर्वाधार विकास, कृषि आधुनिकीकरण र आत्मनिर्भरता एकै साथ अगाडि बढिरहेका छन् ।

    Advertisement

    सामुदायिक वनले केवल हरियाली मात्रै होइन, आर्थिक सबलीकरण, पूर्वाधार निर्माण, रोजगारी सृजना र सामाजिक सेवाका विविध योजना पनि गाउँसम्म पुर्‍याउँदै आएको डिभिजन वन कार्यालय अर्घाखाँचीका वन अधिकृत केशव खड्काले बताउनुभयो । नगरपालिकाभित्र रहेका विभिन्न सामुदायिक वनहरू सडक निर्माणदेखि विद्यालय, सिँचाइ कुलो, विजुलीको व्यवस्था, घाटगद्दी, अर्गानिक मल उत्पादनजस्ता काममा जुटिरहेका छन् । सामुदायिक वनले विकास निर्माणका क्षेत्रमै नभई रोजगारी सिर्जनासमेतमा ठूलो योगदान दिएका छन् ।

    शितगङ्गा नगरपालिकाअन्तर्गतका सामुदायिक वनहरूले आफ्नै आम्दानीबाट सडक, सिँचाइ, विद्यालय भवन, विजुली, मल उत्पादन, घाट गद्दी, तटबन्धजस्ता आधारभूत पूर्वाधार निर्माण गरेको डिभिजन वन कार्यालयका सूचना अधिकारी केशव खड्काले बताए । यस वर्ष काठ दाउरा बिक्रीबाट सामुदायिक वनले रु छ करोड ३९ लाख ५० हजार ७३९ आम्दानी गरेका छन् । डिभिजन वन कार्यालयका अनुसार काठ दाउरा बिक्रीबाट सामुदायिक वनले रु छ करोड ३९ लाख ५० हजार ७३९ आम्दानी भएको छ । वनको आम्दानीको रकम ७५ प्रतिशत वनमा आबद्व समूहले प्राप्त गर्ने गरेको र अन्य २५ प्रतिशत रकम प्रदेश सरकारलाई जम्मा हुने प्रावधान छ ।

    मजुरेडाँडा सामुदायिक वन (शितगङ्गा–१२ पत्थरकोट)ले स्थानीय सरकारसँग सहकार्य गरी रु २५ लाखको लागतमा सडक कालोपत्रे गरेको छ । सामुदायिक वनबाट रु १५ लाख र नगरपालिकाबाट रु १० लाख गरी रु २५ लाखमा सडक कालोपत्रे गरेको सामुदायिक वनका अध्यक्ष प्रदिप विसीले बताउनुभयो । उहाँ भन्नुहुन्छ्, “वन संरक्षणले मात्र होइन, आर्थिक व्यवस्थापन र सामाजिक उत्तरदायित्वले समुदायलाई आत्मनिर्भर बनाउँछ ।”

    त्यस्तै, धिरेखोला सामुदायिक वन (शितगङ्गा–१३)ले गाउँमा विजुलीदेखि सिँचाइ कुलो, विद्यालय भवन, सडक निर्माण, साथै आधुनिक कृषि प्रवद्र्धनका लागि विभिन्न उपकरण वितरण गरेको छ । अध्यक्ष नारायण पौडेल भन्नुहुन्छ, “सामुदायिक वन उपभोक्ता समूहको आम्दानीबाट ‘गाउँमा पुग्ने मोटरबाटो, सिँचाइ योजना, खानेपानी, विद्यालय भवन निर्माण, इन्टरनेट विस्तार, विद्युत् विस्तारलगायतका कार्य भएका छन् ।’

    सडक निर्माण तथा मर्मत गर्ने कार्यमा झन्डै रु २० लाख खर्च भएको छ । गोरुसिङ्गे सन्धिखर्क सडकको डोहोटेबाट भङ्गाला गाउँमा जान सहज भएको छ । भङ्गाला गाउँको भित्री सडक पनि निर्माण तथा मर्मत भएका छन् । झन्डै रु ६० लाखको लगानीमा भङ्गाला सिँचाइ योजना पूरा भएपछि ५५ बिघा खेतमा सिँचाइ सुविधा पुगेको छ । सिँचाइले अन्नबाली मात्र हैन मौसमी तथा बेमौसमी तरकारी उत्पादन भएको छ ।

    कपिलवस्तु जिल्लाबाट रु १८ लाख खर्च गरेर गाउँमा बिजुली बत्ति पनि बालिएको छ । गाउँ अहिले झिलिमिली भएकोे छ । गाउँमा रहेको बालुकण्ठ आधारभूत विद्यालयमा केही वर्षअघि रु १२ लाखको लागतमा पाँचकोठे भवन निर्माण पनि सामुदायिक वनको आम्दानीबाट गरिएको छ । खानेपानी मर्मतमा वार्षिक रु ३० हजार खर्च हुन्छ । गाउँमा भगवती मन्दिर रु सात लाखको लागतमा निर्माण गरिएको छ ।

    उपभोक्ताको आयआर्जन बढाउनका लागि तरकारी खेती गर्ने, गाई/भैँसीपालन, बाख्रापालन, बङ्गुरपालन गर्ने कृषकलाई वार्षिक तीन प्रतिशत ब्याजदरमा ऋण लगानी पनि गरिएको छ । भैँसीपालनका लागि रु ७० हजार ऋण लिएका कृषक वसन्तप्रसाद भुसालले भन्नुभयो, ‘‘भैँसीपालन गरेर दूध बिक्री गरेर आम्दानी गरिरहेको छु ।” कृषि तथा पशुपालन गर्ने उपभोक्ताको हितका लागि उनीहरूको मागका आधारमा हातेट्याक्टर वितरण, घाँस काट्नको लागि चाप कटहर वितरण गरेको छ । बिउको लागि बोका पनि वितरण गरेको छ । रोजगारीका लागि वैदेशिक रोजगारीमा गएका युवाहरू गाउँमा फर्किएर स्वरोजगारका काम गरिरहेका छन् ।

    शितगङ्गा–१४ स्थित पावर सामुदायिक वनले पातपतिङ्गरबाट प्राङ्गारिक मल उत्पादन सुरु गरेको छ । यस पहलले गाउँमा अर्गानिक खेतीको विस्तारसँगै डढेलो नियन्त्रण र रोजगारी सिर्जनाको वैकल्पिक बाटो खोलिदिएको शितगङ्गा–१४ का वडाध्यक्ष दामोदर न्यौपानेले बताउनुभयो । डिभिजन वन कार्यालयको सहकार्यमा उक्त मल उत्पादन कार्यक्रमले अन्य सामुदायिक वनलाई पनि आकर्षण गरेको छ । अर्गानिक मलले स्थानीय कृषिमा नयाँ आशा पलाएको छ । आफ्नो मात्र हैन् नजिकैका अन्य चार वटा सामुदायिक वनसमेतको पातपतिङ्गर जम्मा गरी प्राङ्गारिक मल उत्पादनमा गरिएपछि जङ्गलमा डढेलो नियन्त्रण भएको छ ।

    डोहोटे सामुदायिक वन उपभोक्ता समूह (शितगङ्गा–१२)ले विद्यालयमा शिक्षकको तलब व्यवस्था, शौचालय निर्माण, सडक निर्माण तथा आयआर्जन वृद्धि गर्न सदस्यलाई बाख्रा वितरणजस्ता कार्यक्रम सञ्चालन गरेको छ । समूहका अध्यक्ष रेशमराज बन्जाडेले भन्नुभयो, “हामीले विदेशी काठ आयात बन्द गरेर स्वदेशी काठ प्रयोग गरे सामुदायिक वनको काठ बिक्री समस्याको समाधान हुन्छ ।”

    उहाँका अनुसार रोजगार सिर्जना भएपछि वैदेशिक रोजगारीबाट फर्किएका युवा अहिले गाउँमै स्थायी रूपमा बसेर काम गर्न थालेका छन् । बुद्ध सामुदायिक बन शितगङ्गा–१४ ले स्थानीयलाई रोजगारी दिएको छ । सामुदायिक वन सिँचाइ कुलो, सडक निर्माण, खोलाको कटान नियन्त्रण, पहिरो रोकथाम र घाटगड्डी व्यवस्थापनमा सक्रिय छ । गैडे सामुदायिक वन (शितगङ्गा–११) घाटगड्डी व्यवस्थापन, तटबन्ध निर्माणलगायतका कार्यमा संलग्न छ । यसले बाढी नियन्त्रण, जमिन कटान जोगाउने, स्थानीय संरचना जोगाउनेजस्ता अनुकरणीय काम गरेको वडाध्यक्ष नवराज भुसालको भनाइ छ ।

    घौवा महिला सामुदायिक वन समूह शितगङ्गाले समूहको आयबाट विभिन्न गरिबी न्यूनीकरणअन्तर्गत हातेट्याक्टर र पानी तान्ने पम्प वितरण गरेको छ । समूहका १५ जना विपन्नलाई ७० प्रतिशत समूहको अनुदानमा हातेट्याक्टर वितरण तथा चार जनालाई पानी तान्ने पम्प वितरण गरिएको हो । हातेट्याक्टर र पानी तान्ने पम्प पाएपछि स्थानीयहरु पनि खुशी भएका छन् ।

    अर्घाखाँचीका सामुदायिक वनहरूले देखाएको प्रयास केवल वन संरक्षणमा सीमित छैन, यो सम्पूर्ण गाउँको सामाजिक रूपान्तरणको अभियान हो । सामुदायिक वनहरूको आम्दानीबाट गाउँको पूर्वाधार निर्माण, कृषि यान्त्रीकरण, शिक्षामा लगानी, रोजगारी सिर्जना र वातावरण संरक्षणजस्ता काम सम्भव भएका छन् । सामुदायिक वन मात्र वन संरक्षणको यन्त्र नभई ग्रामीण विकासको मेरुदण्ड बन्ने सामर्थ्य राख्दछ भन्ने तथ्यलाई यहाँका सामुदायिक वनहरुले पुष्टि गरेका छन् ।

    बिहिबार, भदौ १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.