खिमराज चालिसे, (चन्डिगढ)
भारतको पंजाब राज्यको रोपडमा मूल प्रवाह महिला विभागले तिजी कार्यक्रम सम्पन्न गरेको छ ।
Advertisement
२४ अगस्त २०२५ आइतबारका दिन प्रगतिशील तिजी कार्यक्रम सम्पन्न भएको हो ।
“प्रवासी नेपालीहरूको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि सङ्घर्ष गरौँ, भारतस्थित नेपालीहरूको हकहित र सामाजिक सुरक्षाको लागी सङ्घर्ष गरौँ । “ भन्ने मूल नाराका साथ सम्पन्न सो समारोहको उदघाटन मूल प्रवाहका केन्द्रीय परिषद् सदस्य मदन थापाले ब्यानर खोलेर गरेर गर्नुभएको थियो ।
समारोहमा सुदूरपश्चिमोत्तर क्षेत्रीय सदस्य बिलबहादुर गुरुङ, महिला नगरकी लक्ष्मी गुरुङ र गौरव मल्लले शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रम हरिकला कँडेलको अध्यक्षतामा तथा रुपा कार्कीको सञ्चालनमा सम्पन्न भएको हो भने मिनु बाँनिया र कलाकारहरूले स्वागत गर्नुभएको थियो । 