दाङ । अखिल नेपाल जनजाति सम्मेलन घोराही उपमहानगर समिति दाङको बैठक अध्यक्ष जित बहादुर पुनको अध्यक्षता र पुर्व केन्द्रीय सदस्य राम बहादुर जिएम प्रमुख आतिथ्यतामा घोराहीमा बसेको छ ।
Advertisement
बैठकले आगामी असोज २० गतेसम्म वडाको बैठक तथा भेला गरि समिति गठन, पुनर्गठन गरिसक्नुपर्ने निर्णय गरेकोछ ।
जस अनुसार घोराही उपमहानगरपालिका अन्तर्गत वडा नम्बर १, २, ३, ७, १०, १३, १४, १७, १८ र १९ मा वडा समिति गठन, पुनर्गठन वा भेला गर्ने ठेगान भएको बताइएको छ ।
यही भाद्र २१ गते हुन गैरहेको दाङ जिल्ला अधिवेशन र असोज २६ देखि २८ सम्म चितवनमा हुने राष्ट्रिय महाधिवेशन भव्यताका साथ सम्पन्न पार्न आजैदेखि तयारीमा जुट्ने निश्चित गरिएको छ ।
समसामयिक राजनीति र सांगठनिक छलफलबाट अघि बढेको बैठकको सञ्चालन सचिव शेर बहादुर पुनले गर्नुभएको थियो ।