नवलपरासी । अखिल नेपाल जनजाति सम्मेलन नवलपरासीको जिल्ला अधिवेशन २०८२ असोज ३ र ४ गते हुने बताइएको छ।
भाद्र ४ गते अखिल नेपाल जनजाति सम्मेलन जिल्ला समिति नवलपरासी ( ब.सु.प.) का अध्यक्ष शेरबहादुर सुर्यबंशीको अध्यक्षता, केन्द्रीय अध्यक्ष निमबहादुर बुढाथोकीको आतिथ्य र राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सदस्य तिलक प्रसाद सुवेदीको विशेष उपस्थितिमा सुनवलमा बसेको बैठकले सो निर्णय गरेको हो ।
जिल्ला अधिवेशन भन्दा अगाडि जिल्ला अन्तर्गत पालिका अधिवेशनहरू गर्ने समेत निर्णय गरिएको जानकारी प्राप्त भएको छ ।
सो बैठकले अधिवेशन सफल गराउन शेरबहादुर सुर्यबंशीको संयोजकत्वमा २५ सदस्सीय तयारी समिति समेत गठन गरेको छ । जसमाः कृष्ण बहादुर थापा, कुलबहादुर थापा, नरबहादुर आले, मनरुपा रोक्का, हर्क ध्वज लिम्बू, जुगलाल बुढामगर, यमबहादुर थापा, प्रेम बहादुर थापा, यमुना थापा, युग बहादुर पुन, जंगबहादुर थापा, धनराज बुढाथोकी, देउमती थापा, तिलबहादुर थापा, होमबहादुर थापा, नरबहादुर राना, रेम राना, कुमारी रोक्का, लक्ष्मी राना, दिपक थापा, गोमा राना, राम सिंह लामा, राजकुमार थापा र मेनुका छन्त्याल रहनुभएको छ ।