खलङ्गा । अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घ प्युठानको प्रथम जिल्ला अधिवेशन आगामी २०८२ कात्तिक २८ गते शुक्रबार हुने भएको छ ।
महासचिवसमेत रहनुएका प्युठान जिल्ला अध्यक्ष कृष्णभक्त गिरीले सो जानकारी गराउनुभएको हो ।
गिरीका अनुसार गत साउन ३१ गते सम्पन्न जिल्ला समितिको बैठकले अधिवेशन सम्पन्न गर्नका लागि पालिकास्तरीय जिम्मेवारी पनि बाँडफाँट गरेको छ ।
बैठकले गौमुखी गाउँपालिकामा ज्ञामुराम न्यौपाने र प्रदीप विष्टलाई, झिमरुक गाउँपालिकामा भरत ढकाल र कमला जिसीलाई, मल्लरानी गाउँपालिकामा वासुप्रसाद श्रेष्ठ र सत्यमोहन रानालाई, प्युठान नगरपालिकामा झविन्द्र शर्मा, कमल पौडेल र प्रदीप विष्टलाई, स्वर्गद्वारी नगरपालिकामा गङ्गाराम बिसीलाई, ऐरावती गाउँपालिकामा कृष्णभक्त गिरी र प्रेम आचार्यलाई, माण्डवी गाउँपालिकामा प्रदीप विष्ट र कमल पौडेललाई, सरुमारानी गाउँपालिकामा झविन्द्र शर्मा र कमल पौडेललाई तथा नौबहिनी गाउँपालिकामा कृष्णभक्त गिरी र छविलाललाई जिम्मा तोकेको छ ।
गिरीका अनुसार जिल्ला अधिवेशनभन्दा अघि पालिकाको अधिवेशन गर्ने निर्णय भएको बताउनुभयो ।