कुवेत । कुवेतमा विषाक्त मदिरा पिउँदा १६ जना नेपालीको मृत्यु भएको छ ।
Advertisement
नेपाल पत्रकार महासङ्घ कुवेतले २०८२ साउन ३० गते जारी गरेको प्रेसविज्ञप्तिका अनुसार कुल २३ आप्रवासीको निधन भएकोमा १६ जना नेपाली रहेका हुन् ।
विज्ञप्तिमा जनाइअनुसार हाल एक सय ६० जना मदिरापीडित स्थानीय अस्पतालको सघन उपचार कक्षमा उपचाररत छन् ।
महासङ्घले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
विज्ञप्तिमा अध्यक्ष एकराज ढकाल र सचिव आङकाजी शेर्पाको हस्ताक्षर रहेको छ ।
