• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

चीनमा पहिलो अन्तर्राष्ट्रिय ‘ह्युमनोइड रोबोट’ खेलको प्रतिस्पर्धा सुरु


  •   शुक्रबार, साउन ३०, २०८२ मा प्रकाशित
  • विश्वकै पहिलो ‘ह्युमनोइड रोबोटु खेलको प्रतिस्पर्धा शुक्रबारदेखि बेइजिङमा सुरु भएको छ । मानिसको स्वरूपमा प्रस्तुत हुने यस खेलमा ५०० भन्दा बढी गैर–मानव (एन्ड्रोइड) खेलहरू समावेश गरिएका छन् । प्रतिस्पर्धामा १०० मिटर लामो दौडदेखि कुङ फूसम्मका स्पर्धालाई समेटिएको आयोजकले जनाएको छ ।

    Advertisement

    सन् २०२२ को शीतकालीन ओलम्पिकका लागि निर्माण गरिएको चीनको राजधानीको ‘नेसनल स्पिड स्केटिङ ओभल’मा १६ देशका सयौं रोबोटिक्स टोलीले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्दैछन् ।

    खेलहरूमा एथलेटिक्स र बास्केटबलजस्ता परम्परागत खेलका साथै औषधि वर्गीकरण र सफाइजस्ता व्यावहारिक कार्यहरू पनि समावेश छन् ।

    ‘मलाई विश्वास छ, आगामी १० वर्षमा रोबोट पनि मानिसकै स्तरमा हुनेछन्’ उत्साही १८ वर्षीय दर्शक चेन रुइयुआनले एएफपीसँग भन्नुभयो ।

    आधुनिक मानव खेलाडीहरू यस्ता गैर–मानव खेलका कारण अझै पनि आफ्नो भविष्यप्रति चिन्तित भइनसकेको अवस्थामा भएको यो स्पर्धालाई निकै चासोका साथ हेरिएको छ ।

    शुक्रबार बिहान पहिलो स्पर्धामध्ये एकमा पाँच–अलग फुटबलसहित सात–वर्षीय बच्चाहरूको आकारको १० रोबोटहरू ग्राउण्डको वरिपरि घुमिरहेका थिए । उनीहरूले प्रायः परम्परागत फुटबलमा खेलाडीहरूले गर्ने शारीरिक हाउभाउसमेत देखाएको भान हुन्थ्यो ।

    खेलअन्तर्गत पन्ध्र सय मिटर दौडमा घरेलु च्याम्पियन युनिट्रीको ह्युमोनोइड्सले सजिलैसँग आफ्ना प्रतिद्वन्द्वीहरूलाई पराजित गरेको छ ।

    स्पर्धामा तीव्र गतिको रोबोटले छ घण्टा २९ मिनेट ३७ सेकेन्डमा एक हजार ५०० मिटरको दूरी पार गर्न सफल भयो ।

    यो मानवस्पर्धाको पुरुषतर्फको तीन घण्टा २६ मिनेट सेकेन्डको विश्व रेकर्डभन्दा निकै ढिलो हो तर रोबोटको विकासको लागी उल्लेख्य उदाहरण हो ।

    दौडका क्रममा एक जना ‘मेकानिकल रेसर’ ले खेल सञ्चालनमा सघाइरहेका एक जना मानव अपरेटरलाई सीधै ठक्कर दिएपनि कुनै चोट भने लागेन ।

    – राष्ट्रिय रणनीति–

    चीनमा दशकौँदेखि रोबोट प्रतियोगिता हुँदै आएको छ, तर सन् २)२५ को अन्तर्राष्ट्रिय ह्युमनोइड रोबोट प्रतिस्पर्धा मानव शरीरसँग मिल्दोजुल्दो रोबोटमा विशेष ध्यान केन्द्रित गर्ने पहिलो खेल हो।

    चीन सरकारले रोबोटिक्स उद्योगको नेतृत्व गर्ने आशामा रोबोटको विकासमा ठूलो सहयोग र समर्थन गरेको छ ।

    इन्टरनेसनल फेडेरेसन अफ रोबोटिक्सले बिहीबार एक विज्ञप्ति जारी गरी भनेको छ, ‘बेइजिङले ह्युमनोइड्सलाई आफ्नो राष्ट्रिय रणनीतिको केन्द्रमा राखेको छ ।

    ‘सरकार प्रविधिको यस क्षेत्रमा आफ्नो क्षमता र विश्वव्यापी प्रतिस्पर्धात्मक क्षमता प्रदर्शन गर्न चाहन्छ’ विज्ञप्तिमा भनिएको छ।

    अधिकारीहरूले समाजभरि यस क्षेत्रको बारेमा जागरूकता बढाउन काम गरिरहेका छन् ।

    आफ्नो १० वर्षीया छोरीसँग रहेकी कुइ हानले एएफपीसँग कुरा गर्दै आफ्नो छोराको विद्यालयले खेलको सहयोगका लागि पैसा तिरेको बताउनुभयो ।

    ‘मलाई आशा छ, यसले मेरो छोरालाई यी नयाँ प्रविधिहरूको बारेमा थप सिक्न प्रोत्साहित गर्नेछ’, उहाँले भन्नुभयो ।

    मार्चमा चीनले रोबोटिक्स र एआईलगायत प्रविधिको उत्पादन र विकासका लागि सहयोग गर्न १० खर्ब युआनको कोषको योजना घोषणा गरेको थियो ।

    यो देश पहिले नै औद्योगिक रोबोटको लागि विश्वको सबैभन्दा ठूलो बजार भएको तथ्याङ्कले देखाउँछ । अप्रिलमा बेइजिङले विश्वको पहिलो ‘ह्युमोनोइड रोबोट हाफ म्याराथन’ आयोजना गरेको थियो।

    प्रत्यक्षदर्शी चेनले एएफपीसँग कुरा गर्दै आफू विश्वविद्यालयमा ‘अटोमेसन’को अध्ययन सुरु गर्न लागेको बताउनुभयो ।

    उहाँले भन्नुभयोे, ‘यहाँ आएर यो क्षेत्रप्रतिको लगाव जगाउन सकिन्छ । मेरो मनपर्ने खेल बक्सिङ हो र म वास्तवमा रोबोटहरू पहिलेभन्दा कसरी सुधार भएका छन् अध्ययन गर्न चाहन्छु ।’

    शुक्रबार, साउन ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो
    भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.