• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

इन्टरनेट अभावले सामाजिक सुरक्षाका लाभग्राहीको ‘बायोमेट्रिक’मा समस्या


  •   बिहिबार, साउन २९, २०८२ मा प्रकाशित
  • दार्चुला । शैल्यशिखर नगरपालिकाका विभिन्न वडामा इन्टरनेट सुविधा नहुँदा सामाजिक सुरक्षाका लाभग्राहीको नवीकरणमा समस्या भएको छ । सरकारले ज्येष्ठ नागरिकलगायत लाभग्राहीको बायोमेट्रिक प्रमाणीकरण गरेर मात्र नवीकरण गर्नुपर्ने व्यवस्था गरेपछि वडाहरुमा नविकरण गर्न समस्या भएको हो ।

    Advertisement

    वडा नं. १ का सचिव शेरसिंह खडायतका अनुसार इन्टरनेट विना बायोमेट्रिक सम्भव छैन । “समयमै इन्टरनेट नचल्दा ज्येष्ठ नागरिक वडामा आएर समस्यामात्र भोग्नुपरेको छ”, उहाँले भन्नुभयो । एकातिर दोहोरो वडाको जिम्मेवारी छ । अर्कोतिर इन्टरनेट छैन् । सेवाग्राहीले हामीलाई सेवा नदिएको गुनासो मात्रै गर्छन् । समस्याबारे स्थानीय सरकारले समयमै चासो नलिएको खडायतको गुनासो छ ।

    सामाजिक सुरक्षा लाभग्राही दिनहुँ वडामा पुगेर फर्किन बाध्य भएको शैल्यशिखर वडा नम्बर ७ का वडा सचिव भुपेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । वडामा राम्रो ल्यापटप कम्प्युटर छैन् । इन्टरनेट छैन् । सेवाग्राहीको मात्रै दिनहुँ भीड लाग्ने गरेको छ ।

    मोबाइल नेटवर्कको स्थिति पनि दयनीय छ । “नेटवर्कका लागि कार्यालय बाहिर मोबाइल झुण्ड्याएर काम गर्नुपर्छ, तर दुईवटा मोबाइल खस्दा बिग्रिसके”, जोशीको गुनासो छ ।” उहाँका अनुसार कम्प्युटर, ल्यापटप र इन्टरनेट भएमात्र सेवा प्रभावकारी हुन्छ ।

    “गत वर्षसम्म चिठीपत्र पठाउन मोबाइलमा रिचार्ज हालेटर डाटा प्रयोग गर्थे”, सचिव जोशीले भन्नुभयो”, मोबाइलबाट डाटा चलाएको रकमसमेत बेरुजु आयो, यस्तो अवस्थामा वडाले अहिले ज्येष्ठ नागरिकको बायोमेट्रिक प्रणालीबाट कसरी कामगर्न सक्छ, डाटा चलाउँदा रु पाँच हजार खर्च भएको थियो ।”

    वडा सचिव जोशीका अनुसार नगरपालिकाले वडासम्म इन्टरनेट पहुँच पुर्‍याउन सकेको छैन । वडा नम्बर ४, ५, ७ र ८ मा डाटासमेत राम्रो सँग चल्दैन् । यहाँका नौ वडामध्ये अन्य वडामा समेत डाटाले राम्रोसँग कामगरिरहेको छैन । वडा कार्यालयभित्र मोबाइल नेटवर्कसमेत आउँदैन ।

    नेटवर्कका लागि कार्यालयको बाहिर मोबाइल झुण्ड्याएर काम गर्नुपरेको जोशीको गुनासो छ । “दुईवटा मोबाइल नेटवर्कका लागि झुण्डयाएकै अवस्थाम खसेर बिग्रिसक्यो यो समस्या कसलाई सुनाउनु ? कार्यालयमा काम गर्न कम्प्युटर, ल्यापटप र इन्टरनेट भएमात्रै सेवा प्रभावकारी हुन सक्छ”, उहाँले भन्नुभयो ।

    वडा नं २ का सचिव मनोरथप्रसाद भट्टले पनि इन्टरनेट नचल्दा सेवाग्राहीलाई समयमै सेवा दिन नसकिएको बताउनुभयो । “बुढा आमाबुबालाई बोकेर कार्यालय ल्याउँदा पनि सेवा नदिएर फर्काउनुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो”, काम गरौंभन्दा पनि इन्टरनेटले काम नगर्दा हामीले समस्या भोग्नुपरेको छ ।”

    नगरपालिकाका एमआइएस अपरेटर राजमती खडायतका अनुसार वडा नं ४, ५, ७ र ८ मामोबाइल डाटा नै चल्दैन । यहाँका अन्य वडामा भने थोरै मात्र काम हुने अवस्था छ । “अहिलेको समयमा इन्टरनेट विना कुनै पनि काम सम्भव छैन, वडाको कामप्रभावकारी बनाउन र समयमै सामाजिक सुरक्षा लाभग्राहीको वायोमेट्रिक विवरण अपलोड गर्न वडामा इन्टरनेट र ल्यापटप तुरुन्तै उपलब्ध गराउनुपर्छ”, उहाँले भन्नुभयो । हाम्रा ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ताबाट बञ्चित हुने अवस्था आउने उहाँको भनाइ छ ।

    नगरपालिकाका सूचना अधिकारी भोजराज भट्ट वडासचिवले इन्टरनेटको समस्याबारे पटकपटक कुरा उठाएको बताउनुहुन्छ । “वडामा भौतिक पूर्वाधार समस्या विस्तारै कम हुँदै गए पनि इन्टरनेट, ल्यापटप लगायतका उपकरणको समस्या व्यहोरेका छन्, यो समस्याबारे कार्यपालिका बैठकमा जानकारी गराउँछु”, भट्टले भन्नुभयो ।

    नगर प्रमुख विजयसिंह धामीले नेपाल टेलिकमसँग इन्टरनेटको समस्या समाधानका लागि आग्रह गरे पनि समाधान नभएको बताउनुभयो । “नगरपालिकाले सबै वडामा फाइबर नेटवर्क तान्न सक्ने अवस्था छैन, यो निकै महंगो पनि छ”, उहाँले भन्नुभयो, “प्राइभेट इन्टरनेट जडान गरे पनि प्रभावकारी भएन् ।” अझै पनि वडामा इन्टरनेटको विकल्प खोजी भइरहेको छ ।

    ल्यापटप अभावबारे आफूलाई जानकारी नभएको बताउँदै नगर प्रमुख धामीले भन्नुभयो, “ल्यापटप छिट्टै पठाउँछौं, यो सामान्य कुरा कर्मचारीले पनि गर्न सक्थे, कार्यालय सञ्चालन खर्चबाट खरिद गर्दा समाधान निस्कन्थ्यो ।”

    बिहिबार, साउन २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • २.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ३.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ४.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ५.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ६.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ७.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ८.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.