• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

दाङमा राजमो एक नम्बर सक्रिय राजनीतिक शक्ति हो : आचार्य (भिडियो अन्तर्वार्ता)


  •   बुधबार, साउन २८, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले दाङको एक नम्बर सक्रिय राजनीतिक शक्तिमा राजमो रहेको दाबी गर्नुभएको छ ।

    Advertisement

    युगदर्शन मिडियालाई २०८२ साउन २६ गते भिडियो अन्तर्वार्ता दिँदै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

    ‘चुनावी सिटको हिसाबले हामी त्यति बलिया छैनौँ’ उहाँले भन्नुभयो– ॅतर राजनीतिक सक्रियता र कार्यकर्ता परिचालनको हिसाबले दाङमा राष्ट्रिय जनमोर्चा एक नम्बरमा छ ।’

    यो तथ्यलाई दाङको प्रशासनले पनि स्वीकार गरेको उहाँको भनाइ थियो ।

    प्रशासनलाई उद्धृत गर्दै उहाँले भन्नुभयो– ‘दाङका प्रशासनले भन्छ, संसदीय सिटको हिसाबले तपाईंहरू कति नम्बरमा पर्नुहुन्छ ? त्यो त हामीलाई थाहा छैन तर राजनीतिक सक्रियताको हिसाबले तपाईंहरू एक नम्बरमा हुनुहुन्छ ।’

    अध्यक्ष आचार्यले दाङको स्थानीय तहमा नौ जना जनप्रतिनिधि अहिले पनि सक्रिय रहेको जानकारी दिनुभयो ।

    ‘दाङको दश स्थानीय तहमध्ये छओटा स्थानीय तहमा हाम्रो साम्रो सङ्गठन छ । बाँकी चारमध्ये तीनओटा स्थानीय तहमा सम्पर्क छ’ उहाँले युगदर्शनसित भन्नुभयो ।

    सरकारको भूमिका कमजोर

    अन्तर्वार्ताको क्रममा उहाँले दाङ सरकारको उपस्थिति अत्यन्तै कमजोर रहेको विश्लेषण अगाडि सार्नुभयो ।

    ‘दाङमा सत्तासिन काङ्ग्रेस, एमाले र माओवादीका सांसद छन् । सरकार उनीहरूकै बन्छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री बनिसकेका शङ्कर पोखरेल पनि दाङकै हुन्’ उहाँले भन्नुभयो– ‘तर जनतालाई डेलिभरी दिने गरी उनीहरूले कुनै काम गर्न सकिरहेका छैनन् ।’

    दाङमा गतिलो एयरपोर्ट नभएको प्रसङ्ग अगाडि सार्दै उहाँले भन्नुभयो– ‘राजनीतिक दलबाट कुरा गर्दा दाङका सबै उपत्यकामा एयरपोर्ट बनाउने कुरा गरिन्छ तर एक स्थानमा पनि बन्दैन ।’

    संसदीय राजनीतिक गर्नेहरूले चुनावी भाषण गर्ने क्रममा दाङलाई स्मार्टसिटी बनाउनेसमेत बताएको उहाँले स्मरण गर्नुभयो ।

    सुन्दर दाङको परिकल्पना

    सुन्दर दाङ बनाउने परिकल्पना गर्ने हो भने तपाईंका योजना के छन् भन्ने प्रश्नको उत्तरमा अध्यक्ष आचार्यले त्यहाँ धेरै सम्भावना भएको बताउनुभयो ।

    ‘दाङमा धेरै सम्भावना छन् । प्रथमतः दाङ सुन्दर नगरी हो । यहाँको जमिनका उर्वराशक्ति राम्रो छ । प्रशस्त पर्यटकीय सम्भावना छ । दाङलाई शैक्षिक हब बनाउन सकिन्छ’ यस्ता धेरै सम्भावना रहेको बताउँदै उहाँले सोअनुसार यहाँका जनप्रतिनिधि र सरकारले काम नगरेको गुनासो गर्नुभयो ।

    दाङ एसियाकै दोस्रो महत्त्वपूर्ण उपत्यका भएको बताउँदै उहाँले यो सकारात्मक पक्षलाई पक्रिनुपर्नेमा जोड दिनुभयो ।

    साहित्य र मिडियाको क्षेत्रमा समेत दाङको अवस्था राम्रो रहेको उहाँको भनाइ थियो ।

    ‘राप्ती साहित्य परिषद् दाङको सक्रिय साहित्यिक सङ्गठन हो । नयाँ युगबोध दाङका पत्रिकाकै पर्यायवाची बनेको छ’ आचार्यले भन्नुभयो ।

    थारू समुदाय

    अन्तर्वार्ताको क्रममा दाङ थारू समुदायको ऐतिहासिक भूमि रहेको पनि उहाँको भनाइ हो ।

    ‘दाङ थारू जातिको ऐतिहासिक समुदाय हो’ उहाँले भन्नुभयो– ‘सम्भवतः दाङबाटै पश्चिमतर्फ थारू जाति फैलिएको हुन सक्दछ ।’

    थारू जातिको स्वशासनको सवालमा भने उहाँले अहिले सो स्थिति नरहेको बताउनुभयो । पहाडबाट बसाइँसराइ तराईतिर हुँदा मिश्रित बसोबासका कारण थारू जातिको प्रदेशस्तरीय स्वशासन सम्भव नभएको उहाँको भनाइ थियो ।

    फेरि पनि थारू समुदायको उम्मेदवार नहुँदा चुनाव जित्नै नसकिने प्रकारको अवस्था भने त्यहाँ रहेको उहाँको बुझाइ थियो ।

    गणतन्त्रको रक्षा मुख्य विषय

    केन्द्रीय सदस्यसमेत रहनुभएका आचार्यले राष्ट्रिय राजनीतिमा गणतन्त्रको रक्षा अहिलेको मुख्य विषय भएको विश्लेषण अगाडि सार्नुभयो ।

    गणतन्त्र, लोकतन्त्रसँगै राष्ट्रियताको रक्षा, धर्मनिरपेक्षताको रक्षा तथा भ्रष्टाचारको विरुद्धजस्ता विभिन्न विषयमा राजमो निरन्तर आन्दोलनमा रहेको उहाँको दाबी थियो ।

    नेपालमा राजनीतिक दलमा अत्यन्तै दलीय सङ्कीर्णता रहेको बताउँदै उहाँले यही सङ्कीर्णताका कारण सहकार्यको अभ्यास कमजोर रहेको उहाँको भनाइ थियो ।

    त्यस्तै, दलहरूको खराब चरित्रका कारण देशमा बेरोजगारी चरम रूपमा रहँदा युवाको विदेश पलायन बढ्दै गएको बताउनुभयो ।

    देशको अन्यौलपूर्ण राजनीतिको बारेमा जनचेतना फैलाउनुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो ।

    (अन्तर्वार्ताको पूर्ण पाठका लागि युगदर्शनको युट्युब च्यानल https://www.youtube.com/watch?v=hKq3TKq6mHA वाच गर्न अनुरोध गर्दछौँ)

    बुधबार, साउन २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.