रुपन्देही । रुपन्देहीको भैरहवा कारागार प्रशासनले रवि लामिछानेलाई प्रसस्तै सेवा सुविधा उपलब्ध गराउँदै आएको बताएको छ ।
२०८२ साउन २३ गते कारागार प्रशासक सुरेश भण्डारीले एक लिखित प्रेसविज्ञप्ती जारी गरी लामिछानेको बारेमा जानकारी गराएका हुन् ।
‘उहाँलाई भेट गरी समस्या तथा आवश्यकताका सम्बन्धमा सोधपुछ गर्ने गरेको र देखिएका समस्या समाधानसमेत गर्ने गरेको छ’ प्रेसविज्ञप्तिमा लेखिएको छ- ‘उहाँलाई पनि यस कार्यालयले सेवासुविधा उपलब्ध गराउँदै आएको छ । उहाँले चाहेको खण्डमा मात्र बाहिरबाट आउने व्यक्तिले भेट्न पाउने तथा सञ्चार सुविधा उपयोग गर्ने वातावरण मिलाइएको छ ।’
भण्डारीद्वारा लिखित विज्ञप्ती अनुसार यो स्पष्ट हुन्छ कि लामिछानेको चाहेना अनुसार नै कारागार प्रशासनले व्यवहार गर्दै आएको छ, तर उनले कारागार भित्रबाट आफु र आफ्नो पार्टीप्रति भरपुर मात्रामा सिम्पेथिक संकलन गर्ने कोशिसमा छन् ।
प्रेस विज्ञप्तीमा उल्लेख भए अनुसार लामिछानेलाई अन्य कैदीलाई भन्दा बसोबासका लागि छुट्टै कोठा, सुरक्षा, इन्टरनेट, फोन लगायतका सञ्चार सुविधाहरू व्यवस्था गरिएको छ । तर बाहिरी राजनीतिक वृत्त र सिंगो नेपाली समाजलाई विभिन्न पत्र पत्रिकामा प्रकासित गरिएका समाचारहरू र फोटाहरू केवल लामिछाने सम्वद्ध पार्टीले प्रोपगण्डा र प्रचार बाजीको आडमा राजनीतिक फाइदा उठाउने कोशिसमा जुटेको पनि बुझिन्छ ।
‘सुरक्षाका दृष्टिले संवेदनशिल क्षेत्र भएकोले कारागारसँग सम्बन्धित समाचार प्रकाशन, प्रसारण गर्दा सर्वसाधारणमा भ्रम सिर्जना हुने गरी चित्र तथा सामग्री नराखिदिनुहुन र कार्यालयसँग आधिकारीक सूचना लिइ सत्य तथ्य समाचारहरू मात्र प्रकाशन, प्रसारण गरिदिनुहुन सम्बन्धित सबैमा अनुरोध छ’ कारागार प्रशासक सुरेश भण्डारीले प्रेस विज्ञप्तीमा लेखेका छन् ।
प्रेस विज्ञप्तीको सकलः
