सेंटिनल टापु अण्डमान र निकोबार टापु समूहको भाग हो । यहाँ सेंटिनली जनजातिका मानिसहरू बस्छन्, जुन बाह्य संसारसँग सम्पर्क गर्नबाट टाढा रहन्छन् । उनीहरूलाई संसारका सबैभन्दा खतरनाक जनजातिहरूमा एक मानिन्छ । भनिन्छ, उनीहरूले बाह्य मानिसलाई देख्दा मात्र उसको हत्या पनि गर्दछन् । भारतीय महासागरको प्रतिबन्धित टापु सेंटिनलमा एक अमेरिकी पर्यटक कुनै खोजीका लागि पुग्दा उनको हत्या समेत भएको थियो ।
मिखाइल पोल्याकोव नामको व्यक्तिले सेंटिनल टापुको बसोबास गर्ने मान्छेहरूसँग भेट्ने प्रयास गरेका छन् । यसबाट सेंटिनल जनजातिका मानिसहरूप्रति संसारको ध्यान गएको छ, जसलाई अन्तिम प्रागैतिहासिक जनजाति मानिन्छ । यो जनजातिको बाह्य संसारसँग सम्पर्क अत्यन्त कम रहेको छ । उनीहरू आफैं आफ्नो क्षेत्रबाहिर जान्न हिचकिचाउँछन् र बाह्य संसारका मानिसहरूलाई पनि आफ्नो भूमि भित्र प्रवेश गर्न सक्दैनन् । उनीहरूले बाह्य व्यक्तिहरूलाई देख्ने बित्तिकै तिरद्वारा आक्रमण गर्द थाल्छन् ।
तर सेंटिनल जातिका बारेमा धेरै जानकारी छैन । किनभने उनीहरु संसारका सबैभन्दा छुट्टाछुट्टै बसोबास गर्ने आदिवासी मानिसहरू मानिन्छन् । यो जाति उत्तरी सेंटिनल नामको एक सानो टापुमा बस्छ । यो टापु भारतको अण्डमान द्वीपसमूहको हिस्सा हो । सेंटिनल जातिका पूर्वजहरू ५०,००० वर्षदेखि यो टापुमा बसिरहेको विश्वास गरिएको छ । यो टापु करिब ६० वर्ग किलोमिटरको छ र भारतबाट १,२०० किलोमिटर टाढा छ ।
सेंटिनलका मानिसहरूले कसरी जीवन यापन गर्छन् ?
सेंटिनल जातिका बारेमा बाह्य संसारले सधैं डुंगाबाट देखेर मात्र थाहा पाएको बताइन्छ । उनीहरूले प्रायः शिकार गर्छन् र रूखबाट खाना सङ्कलन गर्छन् । कतिपय समयमा तिनीहरूलाई समुन्द्री किनारमा माछा मारिरहेको पनि देखिएको छ । यद्यपि तिनीहरूको भाषा र परम्परा बाहिरका मानिसहरूका लागि एक रहस्य जस्तै छ । किनभने तिनीहरूले कुनै पनि किसिमको वाह्य सम्पर्कबाट टाढा रहन्छन् । तिनीहरूले आफ्नो नजिक आउने प्रयास गर्ने मानिसहरूलाई आक्रमण गर्ने हुनाले उनीहरुको नजिक जानबाट आम मानिसहरु डराउँछन् ।
करिब ६० वर्ग किलोमिटर रहेको सेंटिनल टापु भारत सरकारको अधिनमा आउँ छ । सन् १९५६ मा भारतले उत्तरी सेंटिनल टापुलाई एक आदिवासी क्षेत्रको रूपमा घोषणा गरेको थियो जो वर्तमानमा पनि कायम छ । सेंटिनल आदिवासी जनजातिलाई भारत सरकारले रेखदेख र संरक्षण गर्दै आएको छ । सन् १९५६ मा नै भारतले उत्तरी सेंटिनल टापुमा एक आदिवासी आरक्षित क्षेत्रको घोषणा गरेको थियो साथै यसको पाँच किलोमिटरको परिधिमा कुनै पनि यात्रा गर्न रोक लगाएको छ ।
हिन्द महासागरमा सबैभन्दा छुट्टै रहेको ‘नर्थ सेंटिनल आइल्याण्ड’ लाई संसारका सबैभन्दा खतरनाक टापुमा गनिन्छ । यस टापुमा आउने पर्यटकहरूले प्रायः सेंटिनली मानिसहरूको तीरकोको सामना गर्नुपर्दछ र उस्तै परेको अवस्थामा मर्नु पनि पर्दछ । यस्तो अवस्थामा सेंटिनल टापुको तीन माइलको परिधिमा पर्यटकको आगमनलाई गैरकानूनी मानिएको बताइन्छ ।
कैयौँले यहाँ जानको लागि प्रयास गर्दा उनीहरूले आफ्नो ज्यान गुमाउनुपरे घटनाहरु पनि सुन्नमा पाइन्छ । यस टापुको बारेमा अध्ययन गर्नेहरूले भनेका छन् कि ‘यी मानिसहरूले पहिलो पटक पिठ्यूँको बलमा बसेर अवांछित पाहुनालाई फर्कने संकेत गर्छन् र यदि अझै कसैले फर्कन नचाहे तीर चलाउँछन् ।’ सेंटिनलीज आज पनि झोपडीहरूमा बस्छन् र सदैव धनुष–तीर र भालाको साथमा रहेका हुन्छन् । खानेकुराको लागि पनि उनीहरूले जङ्गल र शिकारमा निर्भर रहन्छन् । नवभारत टाइमस्