• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

भएन ढुवान भित्र्याए किसानले चैते धान


  •   मङ्गलबार, साउन १३, २०८२ मा प्रकाशित
  • भजनी (कैलाली) । कैलालीको भजनी नगरपालिका–३ की सीतादेवी चौधरी यतिबेला धान काट्न व्यस्त हुनुहुन्छ । चैतमा रोपेको धान दोस्रोपटक काट्न उहाँ व्यस्त हुनुभएको हो । पहिलो चरणमा जेठमै धान भित्र्याएकी सीता दोस्रोपटक धान भित्र्याउन पाउँदा खुसी हुनुहुन्छ ।

    Advertisement

    ‘यस वर्ष वर्षा नभएपछि डुबान नहुँदा दोस्रोपटक धान फलेको हो’, उहाँ भन्नुहुन्छ, ‘चैते धान लगाएका अधिकांश किसानलाई आजभोलि धान भित्र्याउन भ्याइनभ्याइ छ ।’ किसानले पहिलोपटक काटेको धानको बोटमा नयाँ टुसा हालेर पुनः धानका बाला लाग्ने गर्छन् । अधिकांश किसान यतिबेला धान भित्र्याउन खेतमा व्यस्त देखिएका छन् ।

    यस वर्ष वर्षा कम भएपछि बाढी र डुबानमा पर्ने भजनीका फाँटमा पानी भरिएको छैन । तिनै खेतीयोग्य फाँटमा किसानले चैते धानखेती गर्दै आउनुभएको छ । डुबान नभएपछि चैते धान लगाएका अधिकांश क्षेत्र धानका लटरम्म बाला देख्न सकिन्छ । खेतमा बढी पानी भएको ठाउँमा किसानले आफैँ धान काटेर भित्र्याउन लागेका छन् । पानी नभएको क्षेत्रका कतिपय किसानले मेसिन लगाएर धान काट्ने काम गर्दै आएका छन् । ‘कतिपयलाई पानी नपरेर तनाव भए पनि हामी खुुसी छौँ ।’ सुनिता डगौरा भन्नुहुन्छ, ‘पानी नपरेकै कारण दोस्रोपटक धान भित्र्याउन पाएका छौँ । आजसम्म बाढी र डुबानका कारण विस्थापित भएर सडकमा आउनपरेको छैन ।’

    दोस्रोपटक भित्र्याउने धानमा किसानको लगानी शून्य हुन्छ । त्यसमा किसानले मलखाद, सिँचाइ, गोडमेलजस्ता कुनै काम गर्दैनन् ।

    उत्पादनको माया मारेको ठाउँबाट उत्पादन हुन थालेपछि किसान उत्साहित देखिन्छन् । खासगरी डुबान भएन र हेरचाह राम्रो पाएको खण्डमा किसानले एकै बालीबाट दुईपटक लाभ लिने उनीहरूको भनाइ छ । अझै पहिलोपटकको जस्तो हेरचाह भए पहिलोपटकको आधा उत्पादन दोस्रोपटक गर्न सकिने भजनी–८ का किसान जयप्रसाद ढुङ्गाना बताउनुहुन्छ । ‘केही लगानी नगरेर किसानले अहिले प्रतिबिघा पाँचदेखि १० क्विन्टलसम्म धान उत्पादन गरिरहनुभएको छ ।’ उहाँले भन्नुभयो, ’ढाइ बिघामा मेरो पनि करिब १२ क्विन्टलभन्दा बढी धान उत्पादन भएको छ । जहाँ मेरो कुनै लगनी थिएन ।’

    उत्पादनका हिसाबले बर्खे धानभन्दा चैते धान निकै उपयोगी छ । किसानले एक बिघामा ४० क्विन्टलसम्म चैते धान उत्पादन गर्न सक्छन् ।

    दोस्रोपटक त्यसैअनुरूपको हेरचाह गर्न सक्यो र डुबान भएन भने २० क्विन्टलसम्म उत्पादन गर्न सकिने किसान बताउँछन् । ‘बर्खे धानभन्दा लागत चैते धानमा बढी छ । त्यसैअनुसारको उत्पादनले पनि किसान सन्तुष्ट छन् । सोही ठाउँका किसान बुद्धिराम थारू भन्नुहुन्छ, “किसानले ढुक्कका साथ चैते धानखेती गर्ने भएका कारण पनि भजनी क्षेत्रमा यसको महत्त्व बढ्दै गएको छ ।’

    त्यतिमात्र नभई बाढी र डुबानको जोखिन नहुने भएपछि किसानले चैते धानमा लगानी गर्न कुनै कन्जुस्याइँ नगरेको पाइन्छ । बर्खे धान भित्र्याउने कुनै प्रत्याभूति नभएका किसानलाई चैते धान नै प्रमुख स्रोत हो भन्ने बुझाइ छ । “बर्खे बालीमा लगानी गर्न हामी डराउँछौँ । किनभने लागत नै उठ्ने कुनै ग्यारेन्टी हुँदैन, किसान कमला चौधरीले भन्नुभयो, ‘चैते धानमा लगानी गरेर पछुतो मान्नुपरेको छैन । बरु बिनालगानी उत्पादन दिइरहेको छ ।’

    भजनीमा चैते धान विस्तार कार्यक्रममा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ धनगढीले सहयोग गर्दै आएको छ । चैते धान विस्तार जोन नै सञ्चालन गर्दै आएको कार्यान्वयन एकाइका प्रमुख गोविन्दराज जोशीले एकपटक काटेको धान अर्कोपटक फल्नु धेरै राम्रो कुरा भएको बताउनुहुन्छ । ‘हामीले यसको विषयमा खोजबिन गरेका छैनौँ । यसको अध्ययन गरेर वास्तविकता बुझ्न सकिने कुरा हो ।’ उहाँले भन्नुभयो, ‘दोस्रोपटक सोचेजस्तो उत्पादन दिएको खण्डमा भविष्यका दिनमा किसानलाई थप प्रोत्साहन हुनेगरी कार्यक्रम सञ्चालन गर्न सकिन्छ ।’

    मङ्गलबार, साउन १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.