झापा । अत्यधिक मदिरा सेवन गरेर झापामा दुई जनाको मृत्यु भएको छ । एक जनालाई कनकाईको सडक किनारमा र अर्का व्यक्तिलाई विर्तामोडमा सुंगुरको खोरमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
Advertisement
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान कनकाई–४ स्थित सडक किनारमा ६० वर्षीय चन्द्र शिवाकोटी मृत भेटिएका हुन् ।
शिवसताक्षी नगरपालिका–११ घर भई हाल कनकाई–४ मा बस्दै आएका शिवाकोटीले अत्यधिक मदिरा सेवन गर्ने गरेको स्थानीयबाट जानकारी प्राप्त भएको छ । मृतकले कनकाईमा बसेर ज्यालादारीमा घर रङरोगनको काम गर्दथ्ये ।
यसैगरी, विर्तामोड नगरपालिका–६ शुभबिहानी टोलस्थित सुंगुर फार्ममा ६५ वर्षीय डम्बरबहादुर मगर मृत भेटिएका छन् । मगरको घर भारतको सिक्किम रहेको प्रहरीले जनाएको छ ।