• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

चित्रबहादुर एक्लै सङ्घीयताको विरोध गरिरहेका छन्, हाम्रा बिग्रे भन्छन् पूर्वेली : गौतम (भिडियोसहित)


  •   बिहिबार, साउन ०८, २०८२ मा प्रकाशित
  • प्रकाश थापामगर र गोविन्दकुमार शर्मा, काठमाडौँ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार टङ्क गौतमले पूर्वेली जनता सङ्घीयताको पक्षपाती नभएको दाबी गर्नुभएको छ ।

    युगदर्शन मिडियालाई २०८२ साउन ७ गते प्रतिक्रिया दिँदै उहाँले सो दाबी गर्नुभएको हो ।

    ‘काङ्ग्रेस, एमालेकै कार्यकर्ताहरू सङ्घीयता ठिक छैन भन्छन्’ उहाँले भन्नुभयो– ‘सङ्घीयता ठिक छैन भन्दै चित्रबहादुर केसी एक्लै लडिरहेका छन्, यी हाम्रा नेताहरू बिग्रेर पो पूर्वेलीहरू !’

    सङ्घीयता देशको लागि सही व्यवस्था नरहेको ठोकुवा गर्दै उहाँले त्यसको विरुद्धमा सङ्घर्ष आवश्यक रहेको बताउनुभयो ।

    कोशी प्रदेशमा जातिवादी र क्षेत्रीयतावादीको प्रभाव चर्को रहेको सन्दर्भमा उहाँले राजमोको सङ्गठन विस्तारका सामु प्रशस्त चुनौती रहेको उहाँको स्वीकार्नुभयो ।

    ‘यहाँ किराँत पहिचान चाहियो भन्दै हिँड्छन् तर हामी नेपाली पहिचान नै कायम राखौँ भनिरहेका छौँ’ उहाँले भन्नुभयो– ‘अर्कातिर उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले मधेस छोडो, पहाडिया पहाड चलो नारा लगाउँछ ।’

    उहाँले यी दुवै अतिवादी विचारको विरुद्ध राजमो निरन्तर सङ्घर्ष गरिरहेको दाबी गर्नुभयो ।

    आफू कम्युनिस्ट पार्टीको राजनीतिमा जोडिँदाको पृष्ठभूमिबारे चर्चा गर्दै उहाँले २०२६ सालतिर आफू सङ्खुवासभाको चैनपुरमा रहँदाको घटना स्मरण गर्नुभयो ।

    ‘पछि म झापा हुँदै विराटनगर झरेँ । सङ्खुवासभामा रहँदा गाउँमा माओत्सेतुङको लालबुक बाँडिएको थियो’ उहाँले भन्नुभयो ।

    उतिखेर गाउँमा काङ्ग्रेस भनेको धनी, सम्पन्न वर्गको पार्टी र कम्युनिस्ट भनेको सर्वहारा, मध्यम वर्ग र गरिबको पार्टी हो भन्ने धारणा रहेको बताउँदै उहाँले सोही आधारमा आफू कम्युनिस्ट पार्टीमा लागेको बताउनुभयो ।

    कम्युनिस्ट पार्टीमध्ये पनि नेकपा (मसाल) को राजनीतिमा कसरी लाग्नुभयो भन्ने युगदर्शनको प्रश्नको जबाफमा उहाँले भन्नुभयो– ‘पहिला मलाई कम्युनिस्ट पार्टी एउटै छ भन्ने लागेको थियो तर पछि नेपालमा धेरै कम्युनिस्ट पार्टी रहेको थाहा पाएँ ।’

    ‘काठमाडौँबाट केशव नेपालले मोहनविक्रम सिंहको अन्तर्वार्ता रहेको एउटा पत्रिका दिनुभयो’ उहाँले भन्नुभयो– ‘त्यो अन्तर्वार्ता पढेपछि कुन सक्कली कम्युनिस्ट पार्टी हो भनेर खोज्दै हिँड्दा मलाई मोहनविक्रम सिंहले नेतृत्व गरेको पार्टी मन पऱ्यो । त्यसपछि म मसालतिर लागेँ ।’

    घरको कमजोर अवस्थाका कारण आफू भारततिर रोजगारीका लागि लागेको बताउँदै उहाँले पानीपतमा पुगेर सन् १९९७ तिर हालको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा सङ्गठित भएको विगत पस्कनुभयो ।

    नेता गौतमले अहिले आफू राष्ट्रिय जनमोर्चाको कोशी प्रदेश समितिको सल्लाहकार, मोरङ जिल्ला समितिको उपाध्यक्ष र विराटनगर नगर समितिको अध्यक्ष रहेको जानकारी दिनुभयो ।

    बिहिबार, साउन ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.