वासिंगटन । नेपाली तेक्वान्दो खेलाडी एवम् अन्तर्राष्ट्रिय रेफ्री काजल श्रेष्ठलेले उत्कृष्ट रेफ्रीका तीन उपाधी जितेकी छिन् ।
Advertisement
काजलले अमेरिकास्थित क्यालिफोर्नियाको जुलाई १७ देखि १९ सम्म आयोजित २०२५ कुक्कीवन विश्व तेक्वान्दो हानमाडाङ युएसएमा उत्कृष्ट रेफ्री अवार्डबाट सम्मानित भएकी हुन् । सामाजिक सञ्जाल फेसबुकमा तीनवटा रेफ्री उपाधि (१. विश्व हानमाडाङ रेफ्री,२. अन्तर्राष्ट्रिय क्योरुगी रेफ्री, ३. अन्तर्राष्ट्रिय पुम्से रेफ्री) पाएकोमा साझा गर्दै अत्यन्तै खुसी भएको बताएकी छिन् ।
उनले आफ्नो खेल यात्राको साँच्चै अविस्मरणीय र खुसीको क्षण भएको बताएकी छिन् ।

