दाङ । दाङको घोराही वडा नम्बर १३ लम्मीडाँडामा अखिल नेपाल महिला सङ्घको भेला सम्पन्न भएर टोल समिति गठन भएको छ ।
२०८२ साउन ३ गते शनिबार सो भेला सम्पन्न भएको हो ।
Advertisement
भेलामा राष्ट्रिय जनमोर्चा दाङकी सहसचिव कृष्णा राना, राजमो दाङका सदस्य मेघराज भट्टराई र अखिल नेपाल जनजाति सम्मेलनका पूर्व केन्द्रीय सदस्य रामबहादुर जिएमको आतिथ्य रहेको थियो ।
भेलाले आशा घर्तीमगर अध्यक्ष रहनुभएको सात सदस्यीय टोल समिति निर्माण गरेको छ ।
समितिको उपाध्यक्ष धनमती बाँठा, सचिवमा जिता थापा, कोषाध्यक्ष प्रेमकुमारी घर्ती तथा सदस्यमा शारदा बुढा, शर्मिला घर्ती र मीना लिम्बु रहनुभएको छ ।
भेलामा महिलामाथि हुने अन्याय अत्यारको बारेमा राजमो जिल्ला सहसचिव रानाले र राजनीतिक विषयमा जिएमले प्रशिक्षण दिनुभएको थियो ।
भेलाको सञ्चालन राजमो नगर सदस्य शुद्धबहादुर बाठाले गर्नुभएको थियो ।